
कैलाली । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं बार्सिकोत्सबको पुर्ब सन्ध्यामा श्री कालिका माध्यमिक विद्यालय लम्कीचुहा नगरपालिका वडा नं १ लम्की कैलालीमा अध्यनरत विद्यार्थी संग एक दिने बित्तीय साक्षरता सम्बन्धी कार्यासाला गोष्ठी सम्पन्न भएको छ । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाको आयोजनामा भएको कार्यक्रममा सन नेपालफ इन्स्योरेन्सका प्रदेस प्रमुख लक्ष्मी कान्त जैसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन लम्की शाखाका मार्केटिङ प्रमुख डम्मर बुढाले गर्नु भएको थियो । कार्यक्रममा बिमा कर्मचारी र कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख जैशीले बिमाको महत्त्व, बिमा साक्षरताले मानिसको जिबनमा के उपलब्धि हुन्छ , बचत किन गर्ने भन्ने विषयमा उपस्थित विद्यार्थीहरु सङ्ग छ्लफल र सहजीकरण गर्नु भएको थियो।
कम्पनीको बार्सिकोत्सब यहीँ असोज ६ गते रहेको र उक्त दिन देश भरीका कार्यालयहरुमा हर्सोउलास्का साथ विभिन्न कार्यक्रम गर्ने समय तय भएको जानकारी प्राप्त भएको छ । आज सस्थाले देसैभरी विभिन्न ठाउँमा कार्यक्रम गरी बित्तीय साक्षरता सम्बन्धी कार्यासाला गोष्ठी मनाएको छ।