कैलाली । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । टिकापुर उपशाखाले वीमा साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
कैलालीको टिकापुर स्थित नयाँ टिकापुर शिविरमा रहेको श्री कर्णालेश्वर आधारभुत विद्यालयका १५ जना अशाहे, टुहुरा गरिव, जेहेन्दार बालबालिकाहरुलाई एक कार्यक्रमका विच शैक्षिक सामाग्री समेत वितरण गरेको छ । कम्पनीको ७ औं बार्षिक उत्सवको उपलक्ष्यमा सामाजीक उत्तरदायीत्व अन्र्तगतको कार्यक्रम गरेको कार्यक्रममा जीवन वीमाको महत्व तथा सुविधाको बारेमा टिकापुर उपशाखा प्रमुख विष्णु प्रसाद भण्डारीले प्रकाश पारेका थिए ।
कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड टिकापुर उपशाखा प्रमुख विष्णु प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति विद्यालय व्यावस्थापन समितीका अध्यक्ष चन्द्र भण्डारी रहनु भएको थियो । भने कार्यक्रमको विशिष्ट अथिति सोही विद्यालयका प्रधानाध्यापक शारदा तिमिल्सेनाले कम्पनीको ७ औं बार्षिक उत्सव सफलता पुर्वक सम्पन्न होस भन्दै कम्पनीको उत्तरत्तर प्रगतिको कामना गरेकी थिइन् ।
अभिकर्ता हर्क बहादुर घर्तिमगरले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य अभिकर्ता हेम कुमारी राना मगरले गरेकी थिइन् । कार्यक्रममा टिकापुर कार्यालयका कर्मचारी एकेन्द्र बहादुर खत्री अभिकर्ताहरु शान्ती खनाल, राधिका पाण्डे, गंगा न्यौपाने,सुरत टमट्टा ,हेम कुमारी रानामगर , कालु चौलागाई र अमर थापा लगायतको उपस्थिति रहेको थियो ।






























































































































































