अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ गरेको छ । सुनसरी, कोशी गाउँपालिका-१ यादव टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ९ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-१७ बस्ने २४ वर्षीय समिम मिँया र रामधुनी नगरपालिका-३ बस्ने २८ वर्षीय अमित चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लौक‍ही समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.६ प ३०६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 

 

यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ लौकही भन्सार कार्यालयस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २१ ग्राम ८ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईनरूवा नगरपालिका-५ बस्ने ३० वर्षीय रबिन पोखरेल र सिन्धुपालचोक मेलम्ची नगरपालिका-१० बस्ने २९ वर्षीय बिकास अधिकारी रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले बा.४९ प ७७८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 

 

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१६ नौलो बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित २ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ बस्ने ३४ वर्षीय सन्दिप चापागाइ र सोही उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीय अर्जुन बिक रहेका छन् । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 

 

झापा, मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचिपुल सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित इलाम सुर्योदय नगरपालिका-६ बस्ने २८ वर्षीय अनिल प्रधानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो ।

 

 

यसैगरी झापा, भद्रपुर नगरपालिका-९ घोडामारा चोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय सरेन किश्‍कुलाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी घोडामाराबाट खटिएको प्रहरीले भद्रपुरबाट घोडामारतर्फ साईकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा मेचिनगर नगरपालिका-१४ बस्ने २९ वर्षीय रबिन ढोली, कमल गाउँपालिका-२ बस्ने २४ वर्षीय साहिल दर्नाल र भद्रपुर नगरपालिका-९ बस्ने २१ वर्षीय सामेल मगरले उक्त लागूऔषध खरिद गर्ने भन्ने खुल्न आएपछि उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

 

 

कैलाली, लम्कीचुहा नगरपालिका-७ नयाँ बस्तिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ गुलरा बस्ने ३७ वर्षीय जनक कुमार मिजार र बर्दगोरिया गाउँपालिका-४ बस्ने २६ वर्षीय तेज परियार रहेका छन् । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 

 

यसैगरी कैलाली, घोडाघोडी नगरपालिका-१ सुखडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम सहित २ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा घोडाघोडी नगरपालिका-१ डेरा गरी बस्ने जानकी गाउँपालिका-५ घर भएका ३५ वर्षीय फैयाज अलिजागा र भारत तिकुनिया घर बताउने २१ वर्षीय मोहित अलि रहेका छन् । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ : संयोजक दाहाल

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । लोकआस्था, सामाजिक एकता र प्रकृतिप्रतिको कृतज्ञताका महान् पर्व छठको पावन अवसरमा आज स्वदेश तथा विदेशमा...

देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् : उपराष्टपति यादव

काठमाडौँ, उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भनी कामना गर्नुभएको छ । छठ महापर्व–२०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “छठ महापर्वले राष्ट्रिय एकता र अखण्डताको सूत्रलाई बलियो र थप सुदृढ बनाउँदै सम्पूर्ण नेपालीलाई सद्भाव,...

अमेरिका–भारत व्यापार सम्बन्धमा उच्चस्तरीय छलफल

क्वालालम्पुर, १० कात्तिक (रासस/एएफपी) : व्यापार विवाद तीव्र बन्दै गएपछि संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियो र भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्करबीच सोमबार मलेसियामा महत्त्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ । यो भेट दुई देशबीचको व्यापार वार्ता अगाडि बढाउने र अमेरिकाले भारतमाथि लगाएको सजायात्मक भन्सार शुल्कका...

अर्जेन्टिनाका राष्ट्रपति मिलेईको चुनावी जितपछि सुधारको वाचा

ब्युनस आयर्स, १० कात्तिक (रासस/एएफपी) : अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले आइतबार सम्पन्न मध्यावधि आमनिर्वाचनमा आफ्नो दलको ऐतिहासिक जितपछि राष्ट्रलाई ‘निर्णायक मोड’ मा पुगेको बताउँदै राज्यको आकार घटाउने र अर्थतन्त्रलाई पूर्ण रूपमा उदारीकरण गर्ने आफ्नो एजेन्डालाई अघि बढाउने वाचा गर्नुभएको छ । मिलेई नेतृत्वको ला लिबर्टाड...

मिथिलामा सामाचकेवा पर्व सुरु

महोत्तरी,  महोत्तरीसहित मिथिला क्षेत्रमा सामाचकेवा पर्व सुरु भएको छ । दाजुभाइप्रति समर्पित सामाचकेवा पर्व मिथिलानी (मिथिलाका नारी)ले आइतबार रातिदेखि मनाउन थालेका हुन् । छठको दोस्रो दिन अर्थात् कात्तिक शुक्ल पञ्चमीकै दिन सामाचकेवा मनाउन थाल्ने परम्परा छ । कात्तिक पूर्णिमासम्म जम्मा ११ दिनको यो पर्वमा...

देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् : उपराष्टपति यादव

काठमाडौँ, उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भनी कामना गर्नुभएको छ । छठ महापर्व–२०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “छठ महापर्वले राष्ट्रिय एकता र अखण्डताको सूत्रलाई बलियो र थप सुदृढ बनाउँदै सम्पूर्ण नेपालीलाई सद्भाव,...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

गण्डकी प्रदेशमा ६५ सवारीसधान चोरी, १७ मात्र भेटिए

गलकोट (बागलुङ),  गण्डकी प्रदेशमा सवारी साधन चोरी भएका सवारी सङ्ख्याको तुलनामा कमै मात्र भटिएको छ । गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा चारपाङ्ग्रे दुई वटा सवारीसाधन चोरी भएको थियो भने दुई पाङ्ग्रे ६५ वटा चोरी भएको थियो । हराएका या चोरी भएका कूल ६५ सवारी...

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

लुम्बिनी , लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तिहार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र...

जातीय विभेदको मुद्दामा फरार प्रकाश चन्द दिल्लीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै

बैतडी । जिल्ला अदालत बैतडीबाट जातीय विभेदको कसुरमा दोषी ठहर भई ४ महिनाको कैद सजाय सुनाइएका प्रकाश चन्द भारतको दिल्ली गुडगावस्थित बजाज कम्पनीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै आएका छन् । जता जहाँ गए पनि विवादास्पद क्रियाकलाप गर्ने उनी घरपरिवारको नजरमा समेत घृणित सदस्यका रूपमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञद्वारा सेवा सुरु

दार्चुला, यहाँ पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन थालिएको छ । जिल्ला अस्पताल स्थापना भएयता पहिलो पटक स्त्रीरोग विशेषज्ञका रूपमा डा स्मृति शाहीले सेवा थाल्नुभएको हो । गत असोज ९ गते डाक्टर शाही जिल्ला अस्पतालमा हाजिर हुनुभएको हो । विसं २०४२ मा स्थापना...

अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौँ,  बङ्गलादेशमा जारी सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा अफगानिस्तानसँग नेपाल पराजित भएको छ । ढाकामा आज भएको खेलमा अफगानिस्तानले नेपाललाई ३–० को सोझो सेटमा हराएको हो । अफगानिस्तानले नेपाललाई खेलको पहिलो सेटमा २५–१८ ले पराजित गरेको थियो भने नेपाल दोस्रो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९