महोत्तरीको बर्दिवास यसरी बन्दै छ मुर्रा भैसीको हव

बर्दिवास नगरपालिकाका पुर्व नगरप्रमुख विदुर कार्कीले भारतको हरियानावाट मुर्रा जातको ११ वटा रागाँहरु लिएर आउँदा नगर क्षेत्रमा  ट्रोल नै वन्यो ।`३ बर्ष अगाडि निक्कै चर्को आलोचना खेप्नुपर्‍यो  ।´ कार्कीले  सम्झदै भने । `तर म अडिग थिए कि यिनै राँगाहरुवाट किसानहरुको आर्थिक उपार्जनमा महत्वपूर्ण कोशेढुंगा सावित हुनेछ ।´तत्कालिन समयमा उन्ले किसानहरुको जिवनस्तर माथी उकास्न वनाएको रणनीतिक दीर्घकालीन योजनाको परिणाम अहिले  धमाधम देखिन थालेपछि आलोचना गर्नेहरु आजकाल प्रशंसा गर्न थालेका छन ।

 

झन्डै ३३ लाख खर्चेर ल्याएका ११ वटा राँगाहरुवाट गर्भधारण गरेका  ५ हजार भैसीहरुले उत्पादन गरेका मुर्रा जातका पाडापाडी अहिले किसानहरुको गोठहरुमा बाक्लै देखिन थालेका छन ।

 

राँगाहरुको विर्यवाट  कृतिम गर्भाधान भन्दा पनि अहिले किसानहरुले भैसीलाई प्राकृतिक गर्भाधान प्रक्रियामा सहभागी गराएका छन ।´ स्थानिय युवा किसान विवेक अधिकारीले भने । `दूध वढी उत्पादन हुने भएकाले अहिले अधिकांश  किसानहरुको रोजाई मुर्रा जातको भैंसी नै वनेको छ, मैले पनि नगरवाट ल्याएको एउटा राँगो पालेको छु । बार्षिक ३ सय भैंसी हाम्रै राँगोवाट गर्भाधान भएको छ ।´

 

एउटा मुर्रा भैसीले १ वेतमा २ हजार देखि ३ हजार लिटरसम्म दूध दिने हुँदा आम्दानीको महत्वपूर्ण आधार वनेपछी नगर क्षेत्रमा कतिपय किसानहरुले हरियाना पुगेर यो जातको भैंसी ल्याएका छन । पुर्व नगरप्रमुख कार्कीले त भारतवाट यहीँ जातको भैंसी ल्याएर व्यवसायिक भैसीपालन गरेका छन । उन्को गोठमा अहिले १५ वटा भन्दा बढी भैंसी छन । यिनै भैसीवाट उत्पादन भएका पाडापाडीहरुको कारण पनि नगर क्षेत्र मुर्रामय वन्दै गएको छ ।

 

एक तथ्यांकअनुसार अहिले नगर क्षेत्रमा ६ हजार भन्दा बढी भैंसी उत्पादन भैइसकेका छन । किसानहरुलाई प्रति वडामा वितरण गरिएको ११ वटा राँगावाट बार्षिक औसतरुपमा ३ हजार भैंसी गर्भाधान हुने पशु स्वास्थ्य चिकित्सक मोहन खडकाले वताए ।

 

यही अनुपातमा शतप्रतिशत उत्पादन भए बर्दिवास नगर क्षेत्र हरियाना, पंजाव जस्तै मुर्रा उत्पादनको हव वन्न सक्ने पशु चिकित्सकहरुको आकलन छ ।एउटा भैसीले दैनिक २० लिटरसम्म दुध दिने हुँदा थोरै मेहनतले भनेजस्तो आम्दानी हुने र त्यसवाट उत्पादन भएका राँगा र पाडाहरुको मूल्य समेत उच्च रहेको हुँदा अन्य जातको भैसीहरुको तुलनामा यो भैंसीप्रती आकर्षण बढ्दै गएको छ ।

 

`मैले पनि पुर्व नगरप्रमुख विदुर कार्कीसगैँ गएर एउटा भैंसी ल्याएको थिए । मेरो घरव्यवहार यसैवाट चलेको छ ।´ स्थानिय युवा नेता निरोज अधिकारीले भने । ` दैनिक यो भैंसीले १४ लिटर दूध दिन्छ, एउटै भैसीवाट मलाई पारिवारिक आधारभुत आवस्यक्ता परिपुर्ति गरेर केही पैसा बचाउने आधार समेत वनेको छ  ।´

 

पुर्व नगरप्रमुख कार्कीले त्यतिवेला वनाएका योजनाहरुको अहिले परिणाम आएको देख्दा खुसी लागेको वताउदै अधिकारी  जनप्रतिनिधिहरुले किसानहरुको आधारभूत समस्या पहिचान गरेर योजना वनाउनुपर्ने वताउछन ।

 

तर नगरप्रमुख कार्कीले मुर्रा जातको राँगा ल्याएर प्राकृतिक गर्भाधानको लागि प्रयोग गर्ने भने योजना थिएन । उच्च गुणस्तरको जमेको वीर्य उत्पादन गरी भैंसीलाई कृत्रिम गर्भाधान कार्यका लागि किसानहरुलाई उपलब्ध गराउने उन्ले योजना वनाएका थिए । मोडेल एग्रो भिलेजको रेखदेखमा राखेर उक्त राँगाहरुलाई नगरले नै संरक्षण गर्ने भनिएतापनी व्यापक विरोध आएपछि उन्ले किसानहरुलाई वितरण गरेका थिए ।

 

‘११ वटा राँगाबाट तीन वर्षपछि वार्षिक एक लाख २० हजार लाख डोज वीर्य उत्पादन भई कम्तीमा एक लाख भैंसीलाई कृत्रिम गर्भाधान गराउंन सकिने र किसानहरुलाई  नश्ल सुधार अभियानमा लगाउने योजना वनाएको थिए  ।’ उन्ले भने । ‘भैंसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि गर्ने र आर्थिक रुपान्तरण गर्ने उदेश्य जे होस परिणाममा नै देखिदै छ ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९