बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिकामा संचालित श्री महुन्याल माध्यामिक विद्यालयले आर्थिक वर्ष २०७८/७९ को सामाजिक परीक्षण सार्वजनिक गरको छ । पालिकाकै सबै अभिभावकहरूको मन जित्न सफल सामुदायिक विद्यालयका रूपमा स्थापित विद्यालयले शनिबार आफ्नो सामाजिक लेखा परीक्षण सार्वजनिकीकरण गरेको हो ।
शिक्षक अभिभावक संघका अध्यक्ष विनोद कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य हिक्मत बहादुर कठायत रहेका थिए । यसैगरी कार्यक्रममा अतिथिमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष ध्वज बहादुर सुनारले भने सामुदायीक र संस्थागत विद्यालयमा पढ्ने बालबालिकाको कति विभेद भएको छ त्यो सबै लाई थाहा भएकै कुरा हो बोडिङ्ग स्कुलमा पढ्ने बालबालिकालाई स्कुल विहान पुर्याउन जाने साँझ ल्याउन जाने अभिभावक सरकारी विद्यालयमा वर्षमा एक दिन पनि आफ्ना छोरा छोरीको पढाई कस्तो छ भनेर बुझन आउनु हुन भनेर दुःखेसो अभिभावकका माझ पोख्नु भयो । पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष धिरेन्द्रा जोशी, लगाएतका अतिथिहरूको सहभागिता रहेका थिए ।
विद्यालयका प्रधानाध्यापक चन्द्रिका जोशीको स्वागत मन्तव्यसङ्गै सुरु भएको कार्यक्रमलाई सम्बोधन गर्दै वडा सदस्य कठायतले पालिकाको अग्रणी सामुदायिक विद्यालयको रूपमा स्थापित महुन्याल माध्यामिक विद्यालयको उच्च प्रससा गरे ।
उनले सामुदायिक विद्यालयको माझमा बालबालिकालाई गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गर्न सफल भएको भन्दै पालिका मात्र नभई देशकै नमूना विद्यालयका रूपमा स्थापित गौरवको विशय भएको भन्दै थप सफलताको कामना गरे । उनले यस विद्यालयको वृद्धि विकास र समृद्धिका लागि आफुले सदैभ सक्दो सहयोग गर्ने बताए ।
उनले शिक्षाका साथै जवाफदेहिता र पारदर्शीताका क्षेत्रमा महुन्याल माध्यामिक विद्यालयले गरेको काम अग्रणी रूपमा रहेको बताए । आर्थिक वर्ष २०७८/७९ को सामाजिक परीक्षण सार्वजनिकीकरण कार्यक्रममा २ करोड ३० लाख ६१ हजार ८ सय ९७ रूपैयाँ ७३ पैंसा विद्यालयका सामजिक परीक्षण उप-समिति सदस्य पुष्कर सुनारले आर्थिक प्रतिवेदन प्रसतुत गरेका थिए । महुन्याल माध्यामिक विद्यालयले २०६४ सालमा प्राबिको अनुमति पाएको थियो । २०४६ सालमा स्थापना भएको विद्यालयमा अहिले सम्म अध्यनरत विद्यार्थी १२ सय जना छात्र छात्रा छन ।


































































































































































