बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ बौनियाँमा रहेको श्री महालक्ष्मी ग्रामीण विद्युत सहकारी संस्थाको १४ औं वार्षिक चुनावी साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष अमर बहादुर बमको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर – २ का वडाअध्यक्ष गोबिन्द विक प्रमुख अतिथि रहेका थिए । यस्तै,बिशिस्ट अतिथिमा बर्दगोरिया धार्मिक तथा संरक्षण समितिका अध्यक्ष रामनारायण थारु र समाजसेवी नैन बहादुर चौधरी रहनु भएको थियो ।
कार्यक्रममा वडा सदस्य तथा कार्यपालिका सदस्य कलवती रेग्मी, वडा सदस्य धौली विक,मोहन चौधरी,निवर्तमान वडा सदस्य भर्थरी थारु, जय महाकाली ग्रामीण विद्युत सहकारी संस्थाका प्रबन्धक बिष्णु जोशी, बालकन्या माध्यामिक विद्यालय शिक्षक लाल बहादुर गड्सिला, झकडपुर गाउँका भलभान्सा बिन्तिराम चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा लेखा समितिका संयोजक संगम साउँदले आर्थिक वर्ष २०७८/७९ को कुल ६८ लाख ४५ हजार ६ सय ८३ रुपैयाँ ५४ पैंसा आयब्यय अनुमोदन गरिएको छ । यस्तै संस्थालाई बिभिन्न सहयोग गरेको भनेर पुर्व वडा अध्यक्ष भेखू चौधरी लाई संस्थाले सम्मान गरेको छ ।
संस्थाका कोषाध्यक्ष कर्मा देवी सिंहले स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन संस्थाका सचिव लाल बहादुर चाैधरीले गरेका थिए । संस्थामा अहिले सम्म ७४२ उपभोक्ता रहेका छन् । आजै संस्थाले नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ जसको अध्यक्षमा अमर बहादुर बम उपाध्यक्षमा भिम बलायर,कोषाध्यक्षमा किसमती चौधरी, सचिवमा संगम साउँद सदस्यहरुमा दानबहादुर बम,भक्त बहादुर वीसि,चित्र सधासंकर ,धना देवी सर्मा र भुमिसरा भण्डारी रहेका छन् । लेखा समितिको संयोजकमा मान बहादुर बुढा सदस्यमा नवीन ढुंगाना र सुरेश टमम्ट्टा रहेका छन ।
































































































































































