Baigyanik Media

Advertisement

Skip Ad

चिया काट्दै इलामका किसान

बर्खा मौसममा उत्पादन हुने चियाको उत्पादन बन्द भएको छ । उत्पादन बन्द भएपछि इलामका किसान यतिबेला चिया काट्न व्यस्त छन् । वैशाख महिनादेखि उत्पादन सुरु हने चिया मङ्सिर महिनादेखि नै उत्पादन बन्द हुन्छ । यस सिजनमा चियालाई काँटछाँट गर्नुपर्ने हुन्छ । चिया किसानहरू यतिबेला चिया काँटछाँटमा लागेका छन् । किसानले बर्खामा पलाउने झारलाई समेत यही मौसममा फाल्ने गरेका छन् । चियालाई काँटछाँटपछि गोडमेल गर्नुपर्ने हुन्छ । आफ्नै ज्ञानअनुसार पुरानै तरिकाबाट चिया काँटछाँट गर्दै आएका किसान पछिल्लो समय प्राविधिक तालिमपछि आधुनिक तरिकाले चिया काट्न थालेका छन् । चिया तथा कफी विकास बोर्डले गएको सालदेखि किसानलाई तालिम दिन सुरु गरेपछि उनीहरूले आधुनिक तरिकाबाट चिया काट्दै आएका छन् । चियाको गुणस्तर र उत्पादन वृद्धिका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम दिएपछि किसानहरू चिया खेतीप्रति उत्साहित बन्न थालेका छन् । बीचमा चिया खेतीप्रति चासो घटाएका किसानहरूले पुनः चियाबाट भविष्य खोज्न थालेका छन् ।

 

बोर्डले समूह निर्माण गरेर प्राविधिकमार्फत चियाको काँटछाँटसहित मौसमअनुसारको काम सिकाउँदै आएको छ । हरियो पत्ती सङ्कलन र उत्पादन गर्ने चिया सहकारीमा आबद्ध किसानलाई समूह बनाएर चिया बगानमै काँटछाँट र गुणस्तरीय टिपाइबारे तालिम दिइएको बोर्डका कार्यकारी निर्देशक विष्णुकुमार भट्टराईले बताउनुभयो । उहाँले चियाको कटिङ र गुणस्तरीय टिपाइसम्बन्धी स्थलगतरूपमा नै तालिम दिइएको छ । गएको वर्षदेखि सञ्चालित नेपाली चियाको दीगो निर्यात अभिवृद्धि परियोजनाअन्तर्गत बोर्डले प्रयोगात्मक रूपबाटै चिया किसानलाई गुणस्तरीय टिपाइबारेको तालिम प्रदान गरेको हो । तालिममा चिया रोप्नेदेखि, काँटछाँट, मलजल, टिपाइ, ढुवानी, प्रशोधन, प्याकेजिङलगायत सबै क्षेत्रमा प्रयोगात्मक सीप सिकाउँदै आएको निर्देशक भट्टराईले बताउनुभयो । बोर्डले दुई हजार सात सय ९० जना चिया किसानलाई चिया काँटछाँटबारे तालिम प्रदान गरेको जनाइएको छ । सूर्योदय नगरपालिकाको फिक्कल, देउमाई नगरपालिकाको मङ्गलबारे, इलाम नगरपालिका, शान्तिडाँडा, जस्बिरे, साँखेजुङलगायतमा फिल्डमा पुगेर चिया किसानलाई चियासम्बन्धी ज्ञान प्रदान गरेको हो । नेपाल सरकारले लागू गरेको चियाको लोगो लिएका १७ वटा चिया उद्योगमा हरियो पत्ती प्रदान गर्ने किसानहरूलाई तालिम प्रदान गरिएको जनाइएको छ ।

 

पछिल्लो समय नेपालले आफ्नै लोगोमा तेस्रो मुलुकमा चिया निर्यात गरिरहेको छ । पछिल्लो समय मलखादको व्यवस्था, गोडमेल, काँटछाँट जस्ता कामको शैलीमा परिवर्तन भएको छ । परम्परागतरूपमा चिया काट्दै आएका किसानहरूले बोर्डले दिएको सीपसँगै प्राविधिक उपकरणको प्रयोगसमेत बढाएका छन् । परम्परागतरूपमा चिया काट्दा जनशक्तिको समेत अभाव हुने भएपछि आधुनिक उपकरणबाट चिया काट्दा समयसमेत कम लाग्ने गरेको छ । बोर्डले चियाको बोटदेखि किसानको ओठसम्म चियामा परिवर्तन ल्याउने गरी काम अगाडि बढाएको हो । परियोजनाअन्तर्गत रु १८ करोड विनियोजन भएको छ । परियोजनाले तयारी चियामा गुणस्तर कायम राख्न उपभोक्तादेखि बिक्रेता हुँदै किसानसम्म नै परिवर्तन हुनुपर्ने बताउँदै आएको छ । नेपालमा उत्पादन हुने चिया १० प्रतिशत नेपालमा नै खपत हुने तथ्याङ्कमा उल्लेख छ । अन्य करिब २० प्रतिशत तेस्रो मुलुक र बाँकी रकम भारत जाने गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार इलाममा आठ हजार आठ सय ७६ किसान चियामा आश्रित छन् । इलामको सात हजार दुई सय ३६ हेक्टर जमिनमा चिया खेती गरिँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...

अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त

वाशिङ्गटन डिसी (अमेरिका) ।  विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन वाशिङ्गटन डिसीमा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार र मङ्गलवार विभिन्न भेटघाट तथा छलफलमा सहभागिता जनाउनुभएको छ । मङ्गलबारमात्र मन्त्री खनालले अमेरिकाका उपव्यापार प्रतिनिधि व्रायन स्वीजरसँग भेटघाट गर्नुभएको थियो । उक्त भेटको...

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

गलकोट (बागलुङ),  जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गतवर्ष एक लाख २६ हजार बिमामा आबद्ध भएकामा हाल...

चीनमा सुरुङ भत्किएपछि तीन मजदुरको मृत्यु, अनुसन्धान जारी

झेनपिङ, शानक्सी, चीनको शानक्सी प्रान्तको झेनपिङ काउन्टीमा रहेको कोइला खानीको सुरुङ भत्किएर फसेका तीनै जना मजदुरको शनिबार बिहान मृत्यु भएको छ । बिहीबार भएको उक्त दुर्घटनामा आठ जना मजदुरहरू मर्मतसम्भारको काम गर्दै थिए । पाँच जना मजदुर सुरक्षित रूपमा बाहिर निस्कन सफल भए भने...

असोजमै फुल्यो ‘पलम’

तुलसीपुर (दाङ), दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ । स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोजको १५ गतेदेखि फुल्न थालेको हो । विगतमा फागुन÷चैतमा फुल्ने गरेको भए पनि यसवर्ष भने असोजमै पलम फुल्न थालेकाले आफूहरू अच्चमित भएको स्थानीय प्रविर पुनले बताउनुभयो...

फलामखानी सञ्चालन गर्न पदमार्ग निर्माण

पर्वत,  महाशिला गाउँपालिका–६ मा रहेको फलामखानी सञ्चालनको तयारीका लागि खानीसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । निवर्तमान सरकारको मन्त्रिपरिषद्को बैठकबाट फलामखानी सञ्चालनका लागि मन्त्रालय र सचिवलाई निर्देशन दिएपछि अध्ययन, अनुसन्धान गर्नका लागि आउने टोलीलाई खानीसम्म पुग्न सहज होस् र सञ्चालन भइसकेपछि पनि प्रशोधन केन्द्रसम्म...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

कैलालीमा डर लाग्दो हत्या: केशर बुढाको टाउको लिएर प्रहरीमा पुगे दुई युवक!

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना गए राति करिब...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

म्याग्दी, मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई...

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

गलकोट (बागलुङ),  जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गतवर्ष एक लाख २६ हजार बिमामा आबद्ध भएकामा हाल...

नेपालसँग कुवेत पराजित

काठमाडौँ,  आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी—१ मा आज सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपाल कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले प्रस्तुत गरेको १४२...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९