सङ्कटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउँछु : उपप्रधान तथा अर्थमन्त्री पौडेल

नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गर्नुभएको छ । सोमबार राष्ट्रपति कार्यालयमा सपथ ग्रहणपछि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहणपछि पौडेलले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै सङ्कटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन र व्यवस्थित गर्नका लागि आफूले काम गर्ने बताउनुभयो । “अर्थतन्त्रका अहिलेका चुनौतीहरू के हुन् ? ती चुनौती सिर्जना हुनुको कारण के हो ? त्यसका राष्ट्रिय र अन्तर्राष्ट्रिय कारण के हुन् ? र तिनको समाधानका लागि के कदम चाल्नुपर्छ ? भन्ने विषयमा सबै क्षेत्रका विज्ञसँग सघन छलफल गर्नेछौँ”, उहाँले भन्नुभयो, “अर्थतन्त्रका समस्या पहिचान गर्ने र त्यसको समाधान गर्ने आत्मविश्वासका साथ यो जिम्मेवारीमा आएको छु ।” अर्थतन्त्रलाई लयमा फर्काउन विगतका अनुभवबाट पाठ लिने तथा अर्थतन्त्रसँग जोडिएका सबै क्षेत्र र विज्ञहरूसँग राय सल्लाह लिएर अघि बढ्ने उहाँको भनाइ छ । त्यस्तै, नेपालको अर्थतन्त्र सम्हाल्नै नसकिने अवस्थामा पुगिनसकेको पनि उहाँले बताउनुभयो । “अर्थतन्त्रका अघि देखा परेका चुनौतीहरू काबु बाहिर छैनन् ।

 

तिनलाई समाधान गर्न सकिन्छ । राष्ट्रिय अर्थतन्त्रलाई सबल ढङ्गले अघि बढाउन सकिन्छ भन्ने विश्वास पनि दिलाउन चाहन्छु”, पौडेलले भन्नुभयो । सार्वजनिक खर्चको दायरालाई कसरी कम गर्ने र पूँजीगत खर्च कसरी बढाउन सकिन्छ भन्नेतर्फ आफ्नो ध्यान केन्द्रीत हुने पनि उहाँको भनाइ छ । दलहरूको भागबन्डामा परेर आफू अर्थमन्त्री बनेको नभई निर्वाचनपछि जनताले दिएको जिम्मेवारी पूरा गर्न आएको पनि उहाँको भनाइ छ । “हामी भागबण्डामा होइन कर्तव्य निर्वाहमा विश्वास गर्छौं । निर्वाचनको नतिजास्वरूप यो सरकार बनेको हो र मुलुकलाई नेतृत्व गर्ने अभिभाराअनुसार हामी आएका हौँ”, उपप्रधान एवं अर्थमन्त्री पौडेलले भन्नुभयो । जिम्मेवारी सम्हाले लगत्तै पौडेलले अर्थ मन्त्रालय र मातहतका निकायको कार्यसम्पादनलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । उहाँले आफ्नो पहिलो निर्णयका रूपमा अर्थमन्त्रालय र अन्तर्गतका निकायको कार्यसञ्चालन व्यवस्थापन प्रणालीलाई डिजिटलाइजेसन गर्नेसम्बन्धी निर्णय गर्नुभएको हो । “अर्थमन्त्रालयअन्तर्गतका सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउनका लागि डिजिटल प्रणाली कार्यान्वयनमा गर्नेसम्बन्धी निर्णय भएको छ”, अर्थसचिव कृष्णहरी पुष्करले भन्नुभयो । पौडेलको उपप्रधानमन्त्रीका रूपमा दोस्रो र अर्थमन्त्रीका रूपमा यो तेस्रो कार्यकाल हो ।

 

पौडेलको स्थायी ठेगाना बुटवल उपमहानगरपाकिा ८, रुपन्देही रहेको छ भने हाल ललितपुरमा बस्दै आउनुभएको छ । बाबु देवीलाल पौडेल र आमा रेवती पौडेलको छोराका रूपमा उहाँको जन्म २०१६ मङ्सिर १५ गते स्याङजा भएको थियो । उहाँको श्रीमती दोमाया पौडेल र एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँ रुपन्देही –२ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोओर्डिनेशन कमिटी (माले) को सदस्य भएर २०३५ साल असोजमा राजनीतिमा प्रवेश गर्नुभएका उहाँले २०३५ मङ्सिरदेखि पूर्णकालीन सदस्य भएर काम गर्नुभएको थियो । विसं २०४१ मा नेकपा (माले) को जिल्ला कमिटी सचिव, नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य भएर २०४७ र २०५९ मा एमाले स्थायी कमिटी सदस्य भएर काम गर्नुभयो । उहाँले २०६५ सालमा एमाले सचिव, २०७१ सालमा नवौँ महाधिवेशनपछि एमाले उपमहासचिव तथा २०७५ सालमा नेकपाको महासचिवको जिम्मेवारी लिएर काम गर्नुभएको थियो । उहाँले संविधान अभिलेख अध्ययन तथा निक्र्योल समिति सभापति (२०७०) काम गर्नुभएको थियो । अर्थमन्त्री पौडेलले युवा खेलकुद तथा संस्कृतिमन्त्री (२०५३), जलस्रोतमन्त्री (२०६५), रक्षामन्त्री (२०६०), अर्थमन्त्री (२०७२) भएर काम गर्नुभएको थियो । राजनीतिमा प्रवेश गर्नुअघि उहाँ शिक्षक हुनुहुन्थ्यो । उहाँको अर्थ र विकासमा विशेष रुचि रहेको छ । उपप्रधान तथा अर्थमन्त्री पौडेलले राजनीतिक घटनाक्रमका क्रममा २०३५ देखि २०४६ सम्म भूमिगत जीवन बिताउनुभयो । उहाँले २०३७ मा तीन वर्ष जेल र रु तीन हजार जरिवाना गरिएको थियो । उहाँले ४५ दिनमै जेल विद्रोह गर्नुभएको थियो । एमालेका प्रभावशाली नेताका रूपमा परिचित उपप्रधानमन्त्री पौडेल चार दशकदेखि राजनीतिमा क्रियाशील हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रचार ठूलो, प्रमाण कमजोर? दीपक भट्ट प्रकरणमा सम्पत्ति शुद्धीकरण विभागमै अन्योल

काठमाडौं — उच्च राजनीतिक पहुँच, शेयर बजारमा प्रभाव तथा बैंकिङ–बीमा क्षेत्रसँगको सम्बन्धका कारण चर्चामा रहेका व्यवसायी दीपक भट्टविरुद्ध अघि बढाइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान अहिले नै प्रश्नको घेरामा पर्न थालेको छ। प्रारम्भिक चरणमा व्यापक प्रचारसहित अघि बढाइएको अनुसन्धान प्रमाण संकलनकै चरणमा कमजोर देखिन थालेपछि विभागभित्रै...

प्रचार ठूलो, प्रमाण कमजोर? दीपक भट्ट प्रकरणमा सम्पत्ति शुद्धीकरण विभागमै अन्योल

काठमाडौं — उच्च राजनीतिक पहुँच, शेयर बजारमा प्रभाव तथा बैंकिङ–बीमा क्षेत्रसँगको सम्बन्धका कारण चर्चामा रहेका व्यवसायी दीपक भट्टविरुद्ध अघि बढाइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान अहिले नै प्रश्नको घेरामा पर्न थालेको छ। प्रारम्भिक चरणमा व्यापक प्रचारसहित अघि बढाइएको अनुसन्धान प्रमाण संकलनकै चरणमा कमजोर देखिन थालेपछि विभागभित्रै...

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ,   स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा रु चार हजार ५०० र चाँदी रु ३३० ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

प्रचार ठूलो, प्रमाण कमजोर? दीपक भट्ट प्रकरणमा सम्पत्ति शुद्धीकरण विभागमै अन्योल

काठमाडौं — उच्च राजनीतिक पहुँच, शेयर बजारमा प्रभाव तथा बैंकिङ–बीमा क्षेत्रसँगको सम्बन्धका कारण चर्चामा रहेका व्यवसायी दीपक भट्टविरुद्ध अघि बढाइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान अहिले नै प्रश्नको घेरामा पर्न थालेको छ। प्रारम्भिक चरणमा व्यापक प्रचारसहित अघि बढाइएको अनुसन्धान प्रमाण संकलनकै चरणमा कमजोर देखिन थालेपछि विभागभित्रै...

किरणराज ढुङ्गाना र मिना जैशीद्वारा विवाहको अवसरमा १० लाखको बीमा योजना खरिद

कैलाली । पछिल्लो समय जन्मोत्सव, विवाह, वर्षगाँठ तथा अन्नप्राशनजस्ता विशेष अवसरहरूमा तडकभडकपूर्ण खर्च गर्ने प्रवृत्तिभन्दा भविष्य सुरक्षित गर्ने उद्देश्यले बीमा पोलिसी उपहार दिने संस्कार समाजमा विस्तारै बढ्दै गएको छ। यसले बचत गर्ने बानी, आर्थिक अनुशासन तथा सकारात्मक सोचको विकासमा महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरू बताउँछन्।     यसैक्रममा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

युवा समाजसेवी खेम जोशी लागू औषध दुर्व्यसन रोक्न मैदानमा, युवालाई ४३ हजार बराबरको खेल सामग्री वितरण

कैलाली — पछिल्लो समय ग्रामीण क्षेत्रमा युवा तथा बालबालिका लागू औषध दुर्व्यसन, कुलत तथा मोबाइलको अत्यधिक प्रयोगतर्फ आकर्षित भइरहेका बेला कैलालीका युवा समाजसेवी खेम जोशीले खेलकुदमार्फत समाज परिवर्तनको अभियान सुरु गरेका छन्।   बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ तथा जोशीपुर गाउँपालिका वडा नम्बर ६ र ७...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

अमेरिकाविरुद्ध भुर्तेलद्वारा शतक प्रहार

कीर्तिपुर (काठमाडौँ),  नेपाली ओपनिङ ब्याटर कुशल भुर्तेलले शतकीय पारि खेलेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा आज भइरहेको आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु शृङ्खलामा उनले अमेरिकाविरुद्ध शतक प्रहार गरेका हुन । उनले अमेरिकी बलर मोहम्मद मोहशिनको बलमा एक रन लिँदै शतक पूरा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९