इजरायलले इरानका तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?

काठमाडौँ । इरान र इजरायलबीचको पछिल्लो बढ्दो तनावले कच्चा तेलको बजारमा सबैभन्दा ठूलो असर पार्ने सम्भावना देखिएको छ । जसका कारण विश्वभर तेलको मूल्यमा भारी वृद्धि हुनसक्ने विश्लेषण गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको बयानपछि भने यो आशंका अझ बढेको छ । बाइडेनले इजरायलले इरानको तेल प्रशोधन केन्द्रलाई निशाना बनाउन सक्ने र यस सम्भावित आक्रमणको बारेमा अमेरिकामा छलफल भएको बताएका छन् । बाइडेनलाई अमेरिकाले इरानको तेल केन्द्रमा इजरायली आक्रमणलाई समर्थन गर्छ ? भनेर सोधिएको थियो । तर बाइडेनले भने यसबारे छलफल गरिरहेको बताए ।

इजरायल-इरान तनावको पछिल्लो अवस्था

इरानले यो हप्ता मङ्गलबार राति इजरायलतर्फ सयौं मिसाइल प्रहार गरेको थियो । त्यसयता दुई देशबीच तनाव बढेको छ । इजरायलको विदेश मन्त्रालयका अनुसार इरानले इजरायलमा १८१ ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो र त्यसमा एक प्यालेस्टाइनीको मृत्यु भएको छ । पाँच महिनाअघि अप्रिलमा इरानले इजरायलमाथि करिब ११० ब्यालेस्टिक मिसाइल र ३० क्रुज मिसाइलहरू प्रहार गरेको थियो । इरानको पछिल्लो मिसाइल हमलापछि इजरायली सुरक्षा मन्त्रिपरिषद्को बैठक बंकरमा भएको थियो, जसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले ठूलो गल्ती गरेको र त्यसको मूल्य चुकाउनुपर्ने बताएका थिए ।

 

जुलाईमा हमासको राजनीतिक शाखाका प्रमुख इस्माइल हानियाको तेहरानमा हत्या भएको थियो । इरानले यसका लागि इजरायललाई दोष दिदै आएको छ । तर, यो हत्यापछि इरानले इजरायलविरुद्ध कुनै आक्रामक कदम चालेको थिएन । त्यस पछि, यस वर्ष सेप्टेम्बर २७ मा हिजबुल्लाह नेता हसन नसरल्लाह लेबनानमा इजरायली आक्रमणमा मारिए । यी दुवै नेतालाई इरानका समर्थक मानिन्थ्यो ।उनको हत्यापछि इरानलाई पनि जवाफ दिन आफ्नै देशभित्रबाट दबाब परेको बताइएको छ ।  इरानले यी दुई हत्याको बदला लिन इजरायलमा मिसाइल प्रहार गरेको बताएको छ ।

 

बुधबार इजरायली सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार इजरायलले केही दिनभित्रै इरानका केही महत्वपूर्ण रणनीतिक लक्ष्यलाई निशाना बनाउने तयारी गरेको छ । यी आक्रमणहरूमा इरानको महत्त्वपूर्ण तेल साइटहरूमा आक्रमणको पनि अनुमान गरिएको छ ।  मध्यपूर्वमा अहिलेको तनावका बीच यदि इरानको तेलको कुवा र भण्डारमा आक्रमण भयो भने यसको असर ठूलो मात्रामा पर्ने विश्लेषण गरिएको छ । यसले तेल आपूर्तिमा मात्रै असर गर्दैन, रणनीतिक हिसाबले महत्वपूर्ण धेरै सडक बन्द हुन सक्छन् । जसका कारण लागत र मुद्रास्फीति बढ्ने भएकाले अन्य वस्तु ढुवानीका लागि लामो दुरी तय गर्नुपर्ने हुनसक्छ ।  समग्रमा यसको प्रत्यक्ष असर नेपाल, भारतसहित दक्षिण एशियाका देशहरुमा ठुलो पर्ने देखिन्छ ।

विश्व तेल बजारमा इरानको महत्व

इरान संसारको सातौं ठूलो तेल उत्पादक हो । यसले आफ्नो तेल उत्पादनको आधा निर्यात गर्छ । यसको प्रमुख बजार चीन समावेश छ । तर, चीनमा तेलको कम माग र साउदी अरेबियाबाट पर्याप्त मात्रामा तेलको आपूर्तिले यस वर्ष तेलको भाउ निकै बढेको छ । इरानसँग विश्वको चौथो ठूलो तेल भण्डार छ । जबकि इरानसँग विश्वको दोस्रो ठूलो ग्यास भण्डार छ ।  इरान पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन (ओपेक) मा तेस्रो ठूलो उत्पादक हो र प्रति दिन लगभग ३ मिलियन ब्यारेल तेल उत्पादन गर्दछ । यो कुल विश्वव्यापी उत्पादनको करिब तीन प्रतिशत हो ।इजरायलले इरानको तेल प्रशोधन केन्द्रलाई निशाना बनाएर ध्वस्त पारेमा तेल आपूर्तिमा असर पर्ने र विश्वभर तेलको मूल्यमा ठूलो वृद्धि हुने डर छ ।

 

आर्थिक प्रतिबन्धका कारण चीनले हाल इरानबाट सबैभन्दा बढी तेल किन्ने गरेको विश्वास गरिन्छ भने अर्को ठुलो देश भारतले अहिले रुसबाट ठूलो मात्रामा कच्चा तेल खरिद गरिरहेको छ । तर इरानबाट तेल नआएमा चीनमा अन्य देशबाट यसको माग बढ्छ र यसले तेलको मूल्यमा असर पार्छ । हसन नसरल्लाहको हत्यापछि इरानको क्षेप्यास्त्र आक्रमणको डर थियो, त्यही समयमा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य करिब ५ प्रतिशतले बढेको तथ्यबाट पनि यो प्रभाव बुझ्न सकिन्छ । यस्तो अवस्थामा इजरायलले इरानको तेल प्रशोधन केन्द्रलाई निशाना बनाएमा यसको अन्तर्राष्ट्रिय तेल बजारमा व्यापक असर पर्न सक्छ ।

 

‘ब्रेन्ट क्रूड’ तेलको अन्तर्राष्ट्रिय मूल्यको बेन्चमार्क हो । यस अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानको तेल आधारमा दिएको बयानपछि कच्चा तेलको मूल्य पाँच प्रतिशतले बढेको छ । ‘ब्रेन्ट क्रुड’का अनुसार सोमबार इजरायलमा इरानको मिसाइल हमलापछि कच्चा तेलको मूल्य अहिलेसम्म १० प्रतिशतले बढेर प्रति ब्यारेल ७७ डलरको हाराहारीमा पुगेको छ । यद्यपि यो यो वर्षको अधिकतम मूल्यभन्दा अझै कम छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

रुपन्देहीमा करिव रु २३ लाख बराबारको अवैध सामान बरामद

देवदह (रुपन्देही),  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।यही कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी रु २२ लाख ८८ हजार २२८ बराबरको सामान...

‘प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्नु प्रदेश सरकारको पनि दायित्व हो’

गण्डकी, गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घ सरकारले आगामी फागुन २१ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन सफल पार्नु प्रदेश सरकार पनि दायित्व रहेको बताउनुभएको छ । गण्डकी प्रदेशसभा बैठकलाई आज सम्बोधन गर्दै उहाँले संविधानतः हुने निर्वाचन प्रक्रियालाई सहयोग गर्न प्रदेशसभा सदस्य, राजनीतिक दल,...

लिम्चुङबुङ उदयपुरको प्रमुख सुन्तला जोन क्षेत्र बन्दै

गाईघाट (उदयपुर), यहाँका पहाडी गाउँपालिकामध्ये लिम्चुङबुङ दुई वर्षदेखि जिल्लाको प्रमख सुन्तला जोन क्षेत्र बन्दै गएको छ । लिम्चुङबुङ–५ बलाम्ता चलेसटेम्माका सुन्तला उत्पादक कृषक रेसराज राईका अनुसार पाँच वर्षअघिसम्म गाउँमा ८०० देखि एक हजार २०० बोटभन्दा बढी सुन्तला थिएनन् ।   पाँच वर्षयता प्रत्येक घरका कृषकले २००...

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस,सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक भ्रमणका लागि वासिङ्टन पुग्नुभएको छ । सिरियाको सरकारी समाचार एजेन्सीका अनुसार यो भ्रमण अमेरिकी सरकारले राष्ट्रपतिलाई ‘आतङ्कवाद कालोसूची’ बाट हटाएको एक दिनपछि सम्पन्न भएको हो ।   गत वर्षको अन्त्यमा लामो समयका शासक बशर अल–असदलाई अपदस्थ...

‘अपाङ्गता भएका महिलाहरूलाई सहजरूपमा न्याय दिन न्यायिक निकायको व्यवहार बदलिनुपर्छ’

काठमाडौँ, अपाङ्गता भएका महिलाहरूको न्यायको पहुँचलाई सहज बनाउन न्यायिक निकायहरूले सहयोगी र भेदभावरहित व्यवहार गर्नुपर्ने एक अध्ययन प्रतिवेदनले देखाएको छ ।‘एक्सेस प्लानेट’द्वारा अनुसन्धान गरिएको ‘किनाराका आवाजहरू : नेपालमा अपाङ्गता भएका महिलाहरूको न्यायमा पहुँचको स्थिति अनुसन्धान’ मा २०० सहभागीमध्ये ९५ जनाले न्यायिक निकायहरूले सहयोगी र...

रुपन्देहीमा करिव रु २३ लाख बराबारको अवैध सामान बरामद

देवदह (रुपन्देही),  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।यही कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी रु २२ लाख ८८ हजार २२८ बराबरको सामान...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक शिक्षालयलाई विद्यार्थी पाउन हम्मेहम्मे

तम्घास, गुल्मीमा स्थापना भएको प्राविधिक शिक्षामा विद्यार्थी पाउनै मुस्किल परेको छ । जिल्लाको इस्मा गाउँपालिका–५ मा स्थापना भएको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको अभाव देखिएको छ । गाउँमै प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत रहेर २०७६ सालमा...

थालेसेमियाका बिरामीको स्वास्थ्य बिमा शुल्क हस्तान्तरण

चितवन,  भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरुको स्वास्थ्य बिमा गर्दै आएको चितवन सहायता कोष बेल्जियमले ६९ बिरामीको बिमावापतको रकम हस्तान्तरण गरेको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेललाई समाजका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले बिमावापतको रकम हस्तान्तरण गर्नुभएको हो ।   कँडेलले उनीहरुको स्वास्थ्य बिमावापतको रु दुई लाख...

हङकङ इन्टरनेशनल सिक्सेसः नेपाल युएईसँग पराजित

काठमाडौँ, हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएको छ । युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९