काठमाडौँ । काठमाडौंबाट लमजुङ जाँदै गरेको हाइलक्स शिवपुरी ८ काफलडाँडामा दुर्घटनामा परेको छ ।दुर्घटनाग्रस्त बा १४ च ३८५४ नम्बरको हाइलक्स गाडीमा ६ जना सवार थिए ।प्रहरीका अनुसार दुर्घटनामा एक जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । त्यस्तै हाइलक्समा सवार अन्य चार जना सकुशल रहेका छन् ।
         
        
                                                
                                                
                                                
                                                
                                                
                                                
































                    
                    
                    
                    
                    



























































































































