जोटाको निर्णायक गोलमा लिभरपुल विजयी

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले क्रिस्टल प्यालेसमाथि जित हासिल गरेको छ ।शनिबार सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।लिभरपुलको जितमा खेलको नवौं मिनेटमा डिओगो जोटाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।यो जितपछि लिभरपुलको ७ खेलमा १८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम छ ।त्यसैगरी क्रिस्टल प्यालेसको भने यो यस सिजनमा चौथो हार हो । यो खेलपछि क्रिस्टल प्यालेसको ७ खेलमा ३ अंक रहेको छ र लिगमा १८औँ स्थानमा छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१