साउथहम्पटनमाथि आर्सनलको सहज जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले साउथहम्पटनलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा आर्सनलले साउथहम्पटनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।आर्सनलको जितमा काइ हाभर्ट, गाब्रियल मार्टिनेली र बुकायो साकाले एक एक गोल गरेका थिए । त्यसैगरी साउथहम्पटनका लागि क्यामरुन आर्चरले एक गोल गरेका थिए ।यो जितपछि आर्सनलको ७ खेलमा १७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी साउथहम्पटनको भने यस सिजनमा यो छैटौं हार हो । ७ खेलमा एक अंकसहित साउथहम्पटन १९औं स्थानमा छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१