
काठमाडौँ । सनथ जयसूर्या श्रीलंकाको पुर्णकालिन मुख्य प्रशिक्षक नियुक्त भएका छन् । श्रीलंका क्रिकेट बोर्डले जयसूर्यालाई २०२६ को क्रिकेट विश्वकपसम्मका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।यस अघि गत जुलाईदेखि जयसूर्या अस्थायी रुपमा श्रीलंकाको प्रशिक्षकको रुपमा रहेका छन् ।उनको नेतृत्वमा श्रीलंकाले पछिल्लो समयमा भारत, इङल्याण्ड र न्यूजील्याण्डविरुद्धको सिरिज खेलेको थियो । अब जयसूर्याले पूर्ण रुपमा प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि श्रीलंकाले घरेलु मैदानमै वेस्ट इन्डिजविरुद्ध सिरिज खेल्दै छ ।