इङल्याण्डविरुद्धको टेस्टमा पाकिस्तानको राम्रो शुरुवात

काठमाडौँ । पाकिस्तानले इङल्याण्डविरुद्धको टेस्टमा राम्रो शुरुवात गरेको छ ।टेस्ट सिरिजको पहिलो खेलको पहिलो दिनमा पाकिस्तानले टस जितेर पहिला ब्याटिंग गर्दै ४ विकेट गुमाएर ३२८ रन बनाएको छ ।पाकिस्तानका लागि कप्तान शान मसूदले १५१ रन बनाए भने ओपनर अब्दुल्लाह शफिकले १०२ रन बनाए ।त्यस्तै बाबर आजमले ३० र साउद शकीलले ३५ रन बनाएर खेलिरहेका छन् । त्यस्तै इङल्याण्डका बलर गस एटकिनसनले २ विकेट लिए भने क्रिस वोक्स र ज्याक लीचले एक एक विकेट लिए ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१