कैलाली । कैलालीमा एक जना बेपत्ता भएका छन्। जिल्लाको लम्कीस्थित बल्चौर चौराहबाट ५३ वर्षीय लक्ष्मीप्रसाद आचार्य बेपत्ता भएका हुन्। उनी यही असोज २१ गतेदेखि सम्पर्कविहिन भएको आफन्त लक्ष्मी आचार्यले बताएकी हुन्। बोल्न र सुन्न नसक्ने उनको खोजीकार्यमा सहयोग गरिदिन परिवारका सदस्यले सबैमा आग्रह गरेका छन्। ती पुरुषलाई देख्ने महानुभावले ९७६८४६५०५३ मा सम्पर्क गरिदिन आग्रह समेत गरिएको छ।






















































































































































