नासको क्लिपर मिशन: बृहस्पतिको चन्द्रमा ‘युरोपा’ मा मानव बसोबासको सम्भावना खोजिदै

काठमाडौँ । नासाको क्लिपर मिसन बृहस्पतिको चन्द्रमा ‘युरोपा’ को यात्रामा गएको छ । यसले त्यहाँ मानिस बस्नका लागि उपयुक्त अवस्थाहरू छन् वा छैनन् भन्ने अध्ययन गर्ने छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बृहस्पतिको चन्द्रमा युरोपामा एउटा अन्तरिक्ष यान पठाएको छ, जसले त्यहाँ मानव बसोबासको सम्भावना के हो भनेर अनुसन्धान गर्ने बताएको छ । युरोपालाई हाम्रो सौर्यमण्डलमा पृथ्वी बाहिर जीवन खोज्ने सम्भावित स्थानहरू मध्ये एक मानिन्छ ।

नासाको यो मिसनले हिउँले ढाकिएको यस चन्द्रमामा जीवनको लागि अनुकूल अवस्था छ कि छैन भनेर जान्न प्रयास गर्नेछ । युरोपामा एक विशाल भूमिगत महासागर रहेको अनुमान वैज्ञानिकहरुले गरेका छन् । नासाको सौर्य उर्जाबाट चल्ने युरोपा क्लिपर अन्तरिक्ष यानलाई स्पेसएक्स फाल्कन हेभी रकेटमा केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको छ । यो गाडीमा नौवटा वैज्ञानिक उपकरण छन् । करिब साढे पाँच वर्षमा २.९ अर्ब किलोमिटरको यात्रा गरेपछि युरोपा क्लिपर सन् २०३० मा बृहस्पतिको कक्षमा प्रवेश गर्नेछ । अमेरिकामा मिल्टन आँधीका कारण यसो प्रक्षेपणमा ढिलाइ भएको थियो ।

वैज्ञानिकहरूले युरोपाको बरफको सतह मुनि रहेको नुनिलो पानीको महासागरमा चासो राखेका छन्, जुन अहिलेसम्म भएका खोजहरूमा अनुमान गरिएको छ । नासाको जेट प्रोपल्सन ल्याबका ग्रह वैज्ञानिक र मिसनका उपप्रमुख बोनी बुरातीले जीवनका लागि आवश्यक तत्वहरू युरोपामा अवस्थित छन् भन्ने धेरै बलियो प्रमाणहरू रहेको बताउदै त्यहाँ गएर अनुसन्धान गर्नुपर्ने बताएका छन् । बुराटीले यो जीवन पत्ता लगाउने मिशन नभएर केवल जीवनको लागि अनुकूल परिस्थितिहरू खोजिरहेको स्पष्ट गरेका छन् ।

युरोपा क्लिपर नासाको सबैभन्दा ठूलो अन्तरिक्ष यान हो जुन ग्रहको मिशनको लागि बनाइएको हो । यसको लम्बाइ लगभग सय फीट, चौडाई लगभग ५८ फीट रहेको छ भने यसको वजन लगभग ६ हजार किलोग्राम छ । यो रकेट बास्केटबल कोर्ट भन्दा ठूलो छ, किनभने यसमा ठूला सौर्य प्यानलहरू छन् जसले वैज्ञानिक उपकरण, इलेक्ट्रोनिक्स र अन्य प्रणालीहरूलाई ऊर्जा प्रदान गर्दछ ।

यो रकेट मंगल ग्रह र त्यसपछि पृथ्वीको नजिकबाट जानेछ, जसका कारण यी ग्रहहरूको गुरुत्वाकर्षण प्रयोग गरेर आफ्नो गति बढाउन सक्षम हुनेछ । यसको विज्ञानका लागि तीन मुख्य उद्देश्यहरू छन्: युरोपाको बाहिरी बरफ तहको मोटाई र यसको तलको सतहसँग यसको अन्तरक्रिया अनुमान गर्नु, बृहस्पतिको यो चन्द्रमाको संरचना निर्धारण गर्नु, र यसको भूविज्ञान बुझ्नु रहेको छ ।

नासाको योजना अनुसार यो अन्तरिक्षयानले तीन वर्षको अवधिमा युरोपा वरिपरि ४९ पटक उडान भर्नेछ । युरोपाको व्यास करिब ३,१०० किलोमिटर छ, अर्थात् पृथ्वीको चन्द्रमाको लगभग ९० प्रतिशत रहेको छ । युरोपाको बरफको क्रस्ट १५-२५ किलोमिटर बाक्लो मानिन्छ, र यसको मुनि ६०-१५० किलोमिटर गहिराइमा महासागरहरू रहेको विश्वास गरिएको छ ।

युरोपालाई ‘सामुद्रिक संसार’ मानिन्छ । यद्यपि युरोपा पृथ्वीको व्यासको एक चौथाई मात्र छ, यसको भूमिगत महासागरमा पृथ्वीको महासागर भन्दा दोब्बर पानी हुन सक्छ।वैज्ञानिकहरू विश्वास गर्छन् कि युरोपा, यसको कडा र चिसो सतहको बावजूद, जीवनलाई समर्थन गर्न सक्षम रहेको छ । जीवनको निर्माणका लागि तीनवटा मुख्य आवश्यकताहरू तरल पानी, केही रसायनहरू विशेष गरी कुनै पनि आदिम जीवहरूको लागि खानाको रूपमा काम गर्न सक्ने जैविक यौगिकहरू र ऊर्जा स्रोत आवश्यक रहेको छ ।

युरोपाले पृथ्वीको सौर्य विकिरणको ४ प्रतिशत मात्र प्राप्त गर्छ किनभने यो सूर्यबाट पाँच गुणा टाढा छ । तर बृहस्पतिको बलियो गुरुत्वाकर्षणले युरोपालाई यसको कक्षामा झुकाउँछ, जसले यसलाई गर्मी प्रदान गर्दछ ।

युरोपा महासागरको तल, जहाँ पानी चट्टानी सतहसँग मिल्छ, त्यहाँ थर्मल भेन्ट्स हुन सक्छ, अर्थात् तातो पानी, जहाँ तापले रासायनिक ऊर्जा निकाल्छ । यो पृथ्वीको गहिरो महासागरहरूमा थर्मल भेन्ट्स जस्तै हुन सक्छ, जहाँ आदिम जीवन अवस्थित छ र सम्भवतः त्यहाँबाट पृथ्वीमा जीवनको सुरुवात भएको हो ।

अन्तरिक्ष यानको मसपेक्स उपकरणले युरोपाको महासागर, सतह र वायुमण्डलीय रसायनको अध्ययन गर्न ग्याँसहरूको नमूना गर्नेछ । मासपेक्सले आदिम जीवहरूको लागि खानाको रूपमा काम गर्न सक्ने जैविक अणुहरू खोज्नेछ । बृहस्पति हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह हो । यसमा ९५ वटा चन्द्रमा छन्, जसलाई आधिकारिक रूपमा मान्यता दिइएको छ । यी मध्ये युरोपा चौथो ठूलो हो । गानीमेडे, काल्लिस्टो र इओ  युरोपा भन्दा ठूला छन् । युरोपाले बृहस्पतिबाट करिब ६,७१,००० किलोमिटरको दूरीमा परिक्रमा गर्छ । यस्ता खोजी अभियानमा कल्पनासमेत नगरेको कुरा प्रकाशमा आउने नासाले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित

काठमाडौँ,  थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत साता आयोजित विश्वप्रसिद्ध अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका नेपाली धावकद्वय सनमाया बुढा र रनमाया बुढालाई नेपाली राजदूतावास बैङ्ककले सम्मान गरेको छ ।   उक्त अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगिता विश्वकै सबैभन्दा प्रतिष्ठित र चुनौतीपूर्ण...

एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो । महाधिवेशनको उद्घाटन सत्रपछिका बाँकी कार्यक्रम...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २४ पैसा र बिक्रीदर १६९...

धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित

काठमाडौँ,  थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत साता आयोजित विश्वप्रसिद्ध अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका नेपाली धावकद्वय सनमाया बुढा र रनमाया बुढालाई नेपाली राजदूतावास बैङ्ककले सम्मान गरेको छ ।   उक्त अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगिता विश्वकै सबैभन्दा प्रतिष्ठित र चुनौतीपूर्ण...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए । उनले भने, “उपाधि जित्छौँ भन्ने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९