शुक्रबार, भदौ २७, २०८२

भारत-क्यानडा विवादमा अमेरिका क्यानडाको पक्षमा !

काठमाडौँ । खालिस्तानी समर्थक हरदीप सिंह निज्जरको हत्या प्रकरणलाई लिएर भारत र क्यानडाबीच तनाव चरम सीमामा छ । यसैबीच अमेरिकाले भारतले क्यानडालाई अनुसन्धानमा सहयोग नगरेको आरोप लगाएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतीय सरकारी अधिकारीको संलग्नता रहेको दाबी गरेका छन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले पत्रकार सम्मेलनमा भने, ‘यी आरोपहरू अत्यन्त गम्भीर छन् र यसलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ भनेर स्पष्ट पारेका छौं । हामी भारत सरकारले क्यानडालाई अनुसन्धानमा सहयोग गरोस् भन्ने चाहन्छौं।  पक्कै पनि उसले त्यो बाटो रोजेको छैन ।’

 

जुन १८, २०२३ को साँझ क्यानडाको सरे सहरमा रहेको गुरुद्वाराबाट निस्कने क्रममा हरदीप सिंह निज्जरको गोली हानी हत्या गरिएको थियो । गत वर्ष सेप्टेम्बर १८ मा क्यानडाका प्रधानमन्त्री ट्रुडोले निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आरोप लगाएका थिए जसलाई भारतले अस्वीकार गरेको थियो ।

 

यो विषयमा क्यानडाले भारतीय राजदुतसहित उच्च कुतिनितीज्ञलाई पत्र काटेर आरोप लगाएपछि यो विषय अहिले फेरी बढेको हो । क्यानडाको पत्रपछि आफुहरुलाई क्यानडा सरकारप्रति भरोसा नभएको भन्दै आफ्ना राजदुतलाई फिर्ता बोलाएको थियो । अब यो प्रकरण चर्किदै गएपछि अहिले दुवै देशले एक अर्काका ६-६ कुटनीतिज्ञलाई निष्कासन गरेका छन् ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१