शुक्रबार, भदौ २७, २०८२

शेख हसिनासहित ४५ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य ४५ विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।वारेन्ट जारी गरिएकाम पुर्व सत्तारुढ दल अवामी लिगका धेरै शीर्ष नेताहरु रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।  उनीहरुमाथि हालैको विद्यार्थी आन्दोलनका क्रममा मानवता विरुद्धको कथित अपराधको आरोप छ । न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारको अध्यक्षतामा रहेको न्यायाधिकरणले अभियुक्तलाई पक्राउ गर्न अभियोजन पक्षले दायर गरेको दुई निवेदनमा यस्तो आदेश दिएको हो ।

 

 

न्यायाधिकरणले शेख हसिनासहित ४६ जनालाई नोभेम्बर १८ सम्ममा पक्राउ गरी पेश गर्न अधिकारीहरूलाई आदेश दिएको छ ।बंगलादेशमा विद्यार्थी आन्दोलनमा चरम हिंसा भएको थियो । यस हिंसाका क्रममा शेख हसिना सरकारले विद्यार्थी आन्दोलनलाई दबाउन खोजेको आरोप लागेको थियो । यस आन्दोलनमा भएको हिंसाका कारण सयौंले ज्यान गुमाएका छन् । तर, विरोध चर्किएपछि हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छोड्दै भारत पुगेकी थिइन् । उनी हाल पनि भारतमै रहेकी छन् ।

 

 

 

शेख हसिना भारत गएपछि बंगलादेशमा नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । यो सरकारले विद्यार्थी आन्दोलनका क्रममा हिंसा फैलाउने र हत्या गरेको आरोपमा अदालतमा मुद्दा चलाउने दाबी गरेको थियो ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१