शुक्रबार, भदौ २७, २०८२

नायब सिंह सैनी फेरी बने हरियाणाको मुख्यमन्त्री

काठमाडौँ । नायब सिंह सैनीले हरियाणाको मुख्यमन्त्री बनेका छन् । सैनीले विहिबार हरियाणाका गभर्नर बंडारु दत्तात्रेयसँग पद तथा गोपनीयताको शपथ लिएका छन् ।उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि उपस्थित थिए । साथै, महाराष्ट्र, गुजरात, छत्तीसगढ, आन्ध्र प्रदेश र मध्य प्रदेशका मुख्यमन्त्रीहरू पनि शपथ ग्रहण समारोहमा सहभागी भएका थिए । सैनीको शपथ ग्रहण समारोहमा भाजपा अध्यक्ष जेपी नड्डा, रक्षामन्त्री राजनाथ सिंह र सडक तथा यातायात मन्त्री नितिन गडकरी पनि उपस्थित थिए ।

 

 

सैनी अक्टोबर १६ मा हरियाणा विधायक दलको नेता चुनिएका थिए । यसको घोषणा गृहमन्त्री अमित शाहले नै गरेका छन् । पार्टीले अमित शाहलाई हरियाणाको पर्यवेक्षक बनाएको थियो ।सैनी यस वर्ष मार्चमा हरियाणाको मुख्यमन्त्री बनेका थिए । उनले मनोहरलाल खट्टरको स्थानमा मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका हुन् । उनकै नेतृत्वमा भारतीय जनता पार्टीले हरियाणामा सबै सर्वे र एक्जिट पोलको अनुमानका विपरित बहुमतसहित जित हासिल गरेको थियो ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१