नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य

काठमाडौँ । नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ । टी- २० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको हो ।टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १६४ रन बनाएको हो ।

 

 

नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ४९  रन बनाएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २८, अनिल शाह र आसिफ सेखले २७-२७ रन बनाएका थिए । त्यस्तै गुलशन झाले ११ र कुशल भुर्तेलले १० रन बनाएका थिए ।त्यसैगरी अमेरिकाका बलर सौरभ नेत्राभल्कर जसदीप सिंह र हर्मित सिंहले २-२ विकेट लिए भने अली खान र नोसथुश केंजिगेले एक एक विकेट लिएका थिए ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१