शुक्रबार, भदौ २७, २०८२

सिनवारको मृत्यु हमाससँगको बदला हो, अब बन्धक छुटाउछौं- नेतान्याहु

काठमाडौँ । इजरायलले गाजामा गरेको हवाई आक्रमणमा हमास प्रमुख याह्या सिनवारको मृत्यु भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजरायली सेनाले पनि यसको पुष्टि गरेका छन् ।

 

 

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले याह्याको मृत्युले इजरायलले याह्या सिनवारबाट बदला लिएको बताएका छन् । उनले युद्ध अझै समाप्त नभएको बताउदै हमास नेता सिनवार होलोकास्ट पछिको इतिहासमा सबैभन्दा घातक नरसंहार गर्ने व्यक्ति रहेको बताए ।

 

 

बेन्जामिनसँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि प्रतिक्रिया दिएका छन् । बाइडेनले डिएनए परीक्षणबाट सिनवारको मृत्यु भएको पुष्टि भएको बताए । यो इजरायल र संयुक्त राज्य अमेरिका साथै सम्पूर्ण विश्वको लागि राम्रो दिन भएको उनले टिप्पणी गरेका छन् । उनले इजरायली बन्धकहरुको रिहाईको लागि यो राम्रो अवसर भएको बताए । साथै उनले यसले एक वर्षदेखि जारी गाजा युद्धको अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन् ।

 

 

 

अमेरिकाले सिनवार आतंकवादी संगठन हमासको प्रमुखको रूपमा, सिनवार हजारौं इजरायली, प्यालेस्टिनी, अमेरिकी र तीस भन्दा बढी देशहरूमा सर्वसाधारणको मृत्युको लागि जिम्मेवार रहेको उल्लेख गर्दै गत बर्षको अक्टोबर ७ को हत्याकाण्ड, बलात्कार र अपहरणका मुख्य योजनाकार रहेको बताएको छ ।जो बाइडेनले अब आफुले बन्धकहरुलाई उनीहरुको परिवारमा फिर्ता ल्याउने र यो युद्ध सदाका लागि अन्त्य गर्ने उपायबारे छलफल गर्ने बताएका छन् ।

 

 

 

त्यस्तै प्रधानमन्त्री नेतान्याहुले इजरायलले याह्या सिनवारको बदला लिएको तर युद्ध अझै नसकिएको बताएका छन् । उनले भने, हमास नेता सिनवार होलोकास्ट पछिको इतिहासमा सबैभन्दा घातक नरसंहार गर्ने व्यक्ति थिए । नेतान्याहुले हमास नेताको मृत्यु युद्धमा एउटा महत्वपूर्ण कोसेढुङ्गा भएको बताए । उनले अब गाजामा बन्धक बनाइएकाहरुलाई फिर्ता ल्याउन सकिने बताए ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१