साउदी लिगमा अल हिलालको विजयी यात्रा जारी

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल हिलालको विजयी यात्रा कायम रहेको छ ।गएराती सम्पन्न खेलमा अल हिलालले अल फेइहालाई ३-० गोल अन्तरले पराजित गर्दै विजयी यात्रा कायम राखेको छ ।अल हिलालको जितमा मार्कोस लिओनार्दो, सलेम अलडावसारी र मोहमद अल क्वाहटानीले एक एक गोल गरेका थिए ।यो अल हिलालको यस सिजनमा ७ खेलमा सातौं जित हो । यो जितपछि अल हिललको २१ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१