नेपाल प्रहरीमा लगातार एआइजी अवकाश र बढुवाको शृंखलानेपाल प्रहरीमा लगातार एआइजी अवकाश र बढुवाको शृंखला

विशिष्ट श्रेणीमा पुग्ने-नपुग्ने सन्दर्भले के असर गर्छ प्रहरी संगठनमा?

काठमाडौं– २०७९ साल जेठ ६ गते तत्कालीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्त लामाले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को फुली लगाए।लामा अवकाशको एक दिनअघि मात्रै एआइजी भएका थिए। २०७९ साल वैशाख २३ गते लामालाई बढुवा समितिले एआइजी सिफारिस गरेको थियो।त्यतिबेला नेपाल प्रहरी संगठनको नेतृत्वमा शैलेश थापा क्षत्री थिए। लामालाई एक दिनको लागि मात्रै एआइजी बनाएको भन्दै थापाको आलोचना गरिएको थियो।लामापछि छोटो समयका लागि डिआइजी पोषराज पोखरेल २०८१ असार १० गते एआइजी सिफारिस भए। त्यतिबेला गृहमन्त्री रवि लामिछाने थिए।तर, पोखरेलले फुली लगाउन पाएनन्।

 

सत्ता गठबन्धन परिवर्तन भएर लामिछाने गृहमन्त्रीबाट हटे। त्यसपछि बनेको नयाँ सरकारले बढुवा सिफारिस भएका पोखरेललाई फुली लगाइदिएन।गृहमन्त्री रमेश लेखकले सिफारिसलाई बेवास्ता गरेपछि पोखरेल आफूलाई अन्याय भएको दाबीसाथ सर्वोच्च अदालतमा निवेदन दिन गए। उनको मुद्दा सर्वोच्चमा विचारधीन छ।पोखरेलको बढुवा सदर भएको भए उनी दुई दिनका लागि एआइजी हुने थिए।नेपाल प्रहरीको विशिष्ट श्रेणी पद (एआइजी)मा छोटो अवधिका लागि बढुवा सिफारिसमा पर्ने लामा र पोखरेल मात्र होइनन्। अहिले प्रहरी नायब महानिरीक्षक किरण राणालाई पाँच दिनको लागि एआइजी सिफारिस गरिएको छ।

 

 

 

कात्तिक ५ गते राणालाई एआइजी सिफारिस गरिएको थियो। मन्त्रिपरिषदबाट सिफारिस स्वीकृत भइनसकेकाले राणाले अहिलेसम्म एआइजीको फुली लगाउन पाएकी छैनन्।कात्तिक १६ गते अनिवार्य अवकाशमा जान लागेकी राणापछि पनि छोटो समयका लागि एआइजी पदमा पुग्ने डिआइजीहरूको संख्या थुप्रै छ।उनी अवकाशमा गएको भोलिपल्ट कात्तिक १५ गते एआइजी रामदत्त जोशीले अवकाश पाउँदैछन्। त्यसो हुँदा नेपाल प्रहरीमा दुई एआइजी पद रिक्त हुन्छ।त्यो रिक्त पदमा प्रहरी नायब महानिरीक्षक केदार ढकाल र बुद्धि गुरुङ सिफारिस हुने सम्भावना छ।मंसिर महिनाको १७ गते एआइजी किरण बज्राचार्यले अवकाश पाउँदैछिन्। मंसिरको २८ गते एआइजी भीम ढकालले अवकाश पाउँदैछन्।

 

 

 

गुरुङ वर्तमान प्रहरी महानिरीक्षक वसन्त कुँवरसँगै चैत ४ गते अवकाशमा जान्छन्। ढकालद्वय र बज्राचार्य अवकाशमा जाँदा दुर्गा सिंह, कुबेर कडायत र भरत बोहराले एआइजी पाउने सम्भावना छ। बोहरा पुस दोस्रो साता अवकाशमा जाँदैछन् भने बाँकी साढे तीन महिना एआइजी पदमा रहन्छन्।लामा, पोखरेल, राणाको मात्र नभएर अन्य यी सबै प्रहरी अधिकारीहरूको विशिष्ट श्रेणीमा पुग्ने दाबीबारे सवाल-जवाफ छन्।

 

 

प्रहरी संगठनमा ३० वर्ष जागिर खाएको व्यक्ति अवकाशको मुखमा पुग्दा विशिष्ट श्रेणीमा पुग्न खोज्नु नाजायज होइन।अहिले डिआइजी ढकाल र गुरुङलाई एआइजीमा बढुवा गर्ने तयारी रहेको भनी प्रचार-प्रसार भइरहेको छ। ढकाल एआइजी बने भने मंसिर २२ गते अनिवार्य अवकाशमा जान्छन्।ढकाल, गुरुङ, सिंह, कडायत र बोहरा सबै एउटै ब्याचमेट हुन्। उनीहरूले माओवादीको १० वर्षे सशस्त्र युद्धमा अत्यधिक प्रताडना खेपे पनि व्यावसायिक कुशलता र धैर्यता गुमाएका थिएनन्। उनीहरू सबै प्रहरीमा व्यावसायिक छविका अब्बल अधिकारीहरू मानिन्छन्।

 

 

 

अहिले अगाडि ढकाल र गुरुङ बढुवा भए भने पनि भविष्यमा एआइजी बढुवा हुने क्षमता र योग्य डिआइजीहरू कोही नछुट्ने भएकाले सबैलाई ‘न्याय’ हुने गरी सरकारले निर्णय गर्छ भन्नेमा सबै अधिकारीहरू आशावादी छन्।युद्धमा नेपाली सेनासँग समन्वय गरी व्यावसायिक कुशलतामा नचुकेका ब्याचका सबै अँटाउने भएकाले अबको एआइजी बढुवालाई महत्वका साथ हेरिएको प्रहरी प्रधान कार्यालयका एक अधिकारीहरू बताउँछन्।

 

 

 

‘क्रमिक रुपमा हुने यो बढुवाले एउटा ब्याचका सबै अफिसरहरू अटाउँछन्, उनीहरूको योगदानलाई समेत नभएर उनीहरूका परिवार तथा भावी पुस्ताका प्रहरी अधिकारीहरूलाई पनि मूल्यांकन र न्यायको हिसाबले अबको एआइजी बढुवा महत्वपूर्ण बनेको छ,’ प्रधान कार्यालयका एक अधिकारीले भने।नेपाल प्रहरीको विशिष्ट श्रेणीमा पुग्ने, नपुग्ने सन्दर्भले के असर गर्छ प्रहरी संगठनमा? यतातर्फ चर्चा केन्द्रित गरौं।३० वर्ष राज्यको सेवा गरेको र वरिष्ठ अधिकृत भइसकेको व्यक्तिले विशिष्ट श्रेणीमा दाबी गर्नु स्वाभाविक भएको पूर्वडिआइजी हेमन्त मल्ल ठकुरी बताउँछन्।

 

 

 

 

‘नेपाल प्रहरीमा ३० वर्ष जागिर खाएर अवकाशमा जान लागेको व्यक्तिलाई एआइजी बनाउँदा के फरक पर्छ?,’ उनको प्रश्न छ, ‘३० वर्ष प्रहरीमा जागिर खाएको व्यक्ति जो डिआइजी छ, उसले आफ्नो कार्यक्षमता, कार्यसम्पादन अनुसार एआइजी हुन किन नपाउने?’ठकुरीका अनुसार डिआइजी भएको व्यक्ति अवकाशको मुखमा जाँदा एआइजी बन्छु भन्ने दाबी स्वाभाविक रहन्छ। निजामती संगठनमा एक दिन मात्रैका लागि सहसचिवबाट सचिव बनाइने गरिएको छ। कतिपय सन्दर्भमा सरकारले विशेष पद नै सिर्जना गरेर ‘अवार्ड’ दिने गरेको छ।

 

 

 

सशस्त्र प्रहरीमा १५ दिनका लागि आइजी बनाइएको इतिहास पनि छ। प्रहरीमा विशिष्ट श्रेणीमा पुग्ने अथवा बढुवा हुँदा भने आलोचना हुने गरेको छ। यसले प्रहरीमाथि ‘विभेद’ गरेको ठकुरी बताउँछन्।विशिष्ट श्रेणीमा पुग्नेवित्तिकै अवकाशपछिको सेवा सुविधामा वृद्धि हुन्छ। विशिष्ट श्रेणीबाट अवकाश भएका व्यक्तिले भविष्यमा कुनै संवैधानिक निकायमा नियुक्ति पाउने आधार बलियो बन्न सक्छ।तर, सेवा-सुविधाको हिसाबले राज्यलाई आर्थिक व्ययभार पर्न जान्छ भन्ने टिप्पणी हुने गरेको छ। प्रहरीको विशिष्ट श्रेणीमा पुग्ने व्यक्तिले पेन्सनमा चार हजार रुपैयाँ बढी सुविधाबाहेक अरू पाउँदैनन्।निजामती कर्मचारीले पाउने, सशस्त्र प्रहरीले पाउने, नेपाल प्रहरीले चाहिँ किन नपाउने? भन्नेमा मल्लको प्रश्न छ।

 

 

 

‘राज्यलाई भार पर्छ, अन्यतिर गरिने बढुवाले पनि त भार थपेको छ, नेपाल प्रहरीमा गर्नेवित्तिकै चाहिँ आर्थिक व्ययभारको कुरा आउँछ,’ उनले भने, ‘विशिष्ट श्रेणीको पदमा पुग्नको लागि अस्वस्थ प्रतिस्पर्धा हुनसक्छ, त्यसलाई नियन्त्रण गर्नुपर्छ, विभेद प्रहरीले मात्र भोग्नुपर्ने त होइन नि?’यसका लागि सरकारले विशिष्ट श्रेणीको पदमा बढुवाका लागि छुट्टै कानुन बनाउनुपर्ने मल्ल बताउँछन्।प्रहरी ऐन नियमावलीमा विशिष्ट श्रेणी (एआइजी) बनाउने-नबनाउने भन्ने विषय उल्लेख छैन।‘निजामती, प्रहरी, सशस्त्र प्रहरीसमेतलाई समेटेर कानुन बनाइयोस्, को विशिष्ट श्रेणीमा पुग्ने नपुग्ने वा योग्यता क्षमताको कुरा उल्लेख कानुनमै होस्, त्यसले अस्वस्थ प्रतिस्पर्धा पनि रोक्छ, कानुनले निर्दिष्ट गरेपछि मानिसहरू आफैं आफ्नो ठाउँमा आउँछन्,’ मल्ल भन्छन्।

 

 

डिआइजी ढकाल र गुरुङ प्रहरीमा निर्विवाद छवि भएका व्यावसायिक प्रहरी अधिकारी हुन्।ढकाल सशस्त्र माओवादी विद्रोह हुँदा विचलित नभई काम गरेका व्यक्ति हुन्। सेनासँग संयुक्त टोली बनाएर उनी माओवादी युद्धलाई परास्त गर्न खटिएका थिए। उनको ब्याचले नै माओवादी युद्धको रापताप खपेको थियो।ढकालले मधेसमा रहँदा भूमिगत सशस्त्र समूहसँग पौंठेजोरी खेले। गुरुङले उस्तैगरी युद्धको सामना गरेका थिए। यस हिसाबले उनीहरूको दाबी नाजायज होइन।

 

 

 

पूर्वगृहसचिव डा. गोविन्द कुसुम विशिष्ट श्रेणीमा बढुवा हुने व्यक्तिको योग्यता र क्षमतालाई ख्याल गर्नुपर्ने तर्क गर्छन्। ‘कार्यसम्पादन राम्रो छैन भने त्यस्तो व्यक्तिलाई अवकाशअघि विशिष्ट श्रेणीमा पुर्‍याउनुको अर्थ रहँदैन,’ उनले भने, ‘कार्यसम्पादनको विवरण हेरेर क्षमतावान् र योग्यलाई बढुवा दिनु न्यायोचित हुन्छ, साथसाथै वरिष्ठता पनि हेरिनुपर्छ।’सार्वजनिक प्रशासन/सेवाका सन्दर्भमा बढुवा गरिने विषयमा आलोचना हुनु स्वाभाविक रहने उनले बताए।

 

 

 

तर, विशेष पद सिर्जना गरेर बढुवा हुने विषयमा उनको विमति छ। जुन व्यक्ति नभई नहुने स्थिति (कहिलेकाहीँ प्राविधिक क्षेत्रमा हुनसक्ने), अर्को व्यक्तिलाई उक्त पदका लागि योग्य बनाउनुपर्ने स्थितिमा विशेष पद सिर्जना गर्न सकिने उनले बताए।‘कुनै व्यक्तिको अनुहार हेरेर पद सिर्जना गरेर राख्नु सार्वजनिक प्रशासनको सिद्धान्तको विपरीत हो,’ उनले भने।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता

राँझा (बाँके), जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ । राप्ती नदी र अन्य खोलाबाट अवैध रूपमा हुने गरेको माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानी रोक्न नियमित अनुगमन तथा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक...

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

तानसेन (पाल्पा),  मखमलको चोली, गलामा पहेँलो पोते र परम्परागत झोला भिरेका मगर समुदायका महिलाहरु डालामा स्थानीय परिकारका बटुक, चकाउनी, बारा, सेलरोटी र अचार बिक्रीमा व्यस्त छन् । तानसेन नगरपालिका–६, बर्तुङमा आयोजना गरिएको सडक खाना महोत्सवमा उनीहरुले तयार पारेका पाकवानको स्वाद लिन आन्तरिक तथा बाह्य...

तोलामा चार सयले बढ्यो सुनको मूल्य

काठमाडौँ,  स्थानीय बजारमा आज छापावाल सुनको मूल्य तोलामा रु ४०० ले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु तीन लाख १० हजार ९०० मा खरिद बिक्री भएको छापावाल सुन आजका लागि रु तीन लाख ११ हजार ३०० निर्धारण भएको छ ।यस्तै,...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

प्रादेशिक अस्पतालको स्तरोन्नति योजना

कञ्चनपुर,  सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास, विशेषज्ञ सेवा विस्तार र प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै प्रदेश तथा जिल्ला अस्पतालको स्तरोन्नति गर्ने योजना अघि सारेको छ ।सोमबार प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेको नीति तथा...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

सुर्तीजन्य पदार्थ बिक्री नियन्त्रणका लागि तेह्रथुममा बजार अनुगमन

तेह्रथुम,  विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालयले तेह्रथुम बजारमा अनुगमन गरेको छ ।प्रमुख जिल्ला अधिकारी वन्दना राई नेतृत्वको अनुगमन टोलीले व्यवसायीहरूसँग अन्तक्रिया गरी सुर्तीजन्य पदार्थको बिक्रीवितरणसम्बन्धी मापदण्ड तथा त्यसले स्वास्थ्यमा पार्ने असरबारे जानकारी गराएको छ ।     म्याङलुङ नगरपालिकाका स्वास्थ्य सहायक इन्द्रप्रसाद पोखरेलले सुर्तीजन्य...

व्याडमिन्टन प्रशिक्षक ‘बिक्की’: स्वदेशमा अवसर पाएनन, भारतमा मासिक डेढ लाख कमाइ

महेन्द्रनगर,  कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहलमा व्याडमिन्टन खेलको स्वयंसेवक प्रशिक्षकका रुपमा सात वर्ष काम गरेका विवेक थापा (बिक्की) यतिबेला भारतको कर्नाटक राज्यको बैङ्ग्लोरमा प्रशिक्षणमा जमेका छन् । राष्ट्रिय खेलकुद परिषद्बाट एनआइएस तालिम गरेर प्रशिक्षकको योग्यता हासिल गरेका थापा विगत दश वर्षदेखि बैङ्ग्लोरमा व्याडमिन्टन प्रशिक्षण गराइरहेका छन् ।...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९