नेपाल प्रहरीमा लगातार एआइजी अवकाश र बढुवाको शृंखलानेपाल प्रहरीमा लगातार एआइजी अवकाश र बढुवाको शृंखला

विशिष्ट श्रेणीमा पुग्ने-नपुग्ने सन्दर्भले के असर गर्छ प्रहरी संगठनमा?

काठमाडौं– २०७९ साल जेठ ६ गते तत्कालीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्त लामाले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को फुली लगाए।लामा अवकाशको एक दिनअघि मात्रै एआइजी भएका थिए। २०७९ साल वैशाख २३ गते लामालाई बढुवा समितिले एआइजी सिफारिस गरेको थियो।त्यतिबेला नेपाल प्रहरी संगठनको नेतृत्वमा शैलेश थापा क्षत्री थिए। लामालाई एक दिनको लागि मात्रै एआइजी बनाएको भन्दै थापाको आलोचना गरिएको थियो।लामापछि छोटो समयका लागि डिआइजी पोषराज पोखरेल २०८१ असार १० गते एआइजी सिफारिस भए। त्यतिबेला गृहमन्त्री रवि लामिछाने थिए।तर, पोखरेलले फुली लगाउन पाएनन्।

 

सत्ता गठबन्धन परिवर्तन भएर लामिछाने गृहमन्त्रीबाट हटे। त्यसपछि बनेको नयाँ सरकारले बढुवा सिफारिस भएका पोखरेललाई फुली लगाइदिएन।गृहमन्त्री रमेश लेखकले सिफारिसलाई बेवास्ता गरेपछि पोखरेल आफूलाई अन्याय भएको दाबीसाथ सर्वोच्च अदालतमा निवेदन दिन गए। उनको मुद्दा सर्वोच्चमा विचारधीन छ।पोखरेलको बढुवा सदर भएको भए उनी दुई दिनका लागि एआइजी हुने थिए।नेपाल प्रहरीको विशिष्ट श्रेणी पद (एआइजी)मा छोटो अवधिका लागि बढुवा सिफारिसमा पर्ने लामा र पोखरेल मात्र होइनन्। अहिले प्रहरी नायब महानिरीक्षक किरण राणालाई पाँच दिनको लागि एआइजी सिफारिस गरिएको छ।

 

 

 

कात्तिक ५ गते राणालाई एआइजी सिफारिस गरिएको थियो। मन्त्रिपरिषदबाट सिफारिस स्वीकृत भइनसकेकाले राणाले अहिलेसम्म एआइजीको फुली लगाउन पाएकी छैनन्।कात्तिक १६ गते अनिवार्य अवकाशमा जान लागेकी राणापछि पनि छोटो समयका लागि एआइजी पदमा पुग्ने डिआइजीहरूको संख्या थुप्रै छ।उनी अवकाशमा गएको भोलिपल्ट कात्तिक १५ गते एआइजी रामदत्त जोशीले अवकाश पाउँदैछन्। त्यसो हुँदा नेपाल प्रहरीमा दुई एआइजी पद रिक्त हुन्छ।त्यो रिक्त पदमा प्रहरी नायब महानिरीक्षक केदार ढकाल र बुद्धि गुरुङ सिफारिस हुने सम्भावना छ।मंसिर महिनाको १७ गते एआइजी किरण बज्राचार्यले अवकाश पाउँदैछिन्। मंसिरको २८ गते एआइजी भीम ढकालले अवकाश पाउँदैछन्।

 

 

 

गुरुङ वर्तमान प्रहरी महानिरीक्षक वसन्त कुँवरसँगै चैत ४ गते अवकाशमा जान्छन्। ढकालद्वय र बज्राचार्य अवकाशमा जाँदा दुर्गा सिंह, कुबेर कडायत र भरत बोहराले एआइजी पाउने सम्भावना छ। बोहरा पुस दोस्रो साता अवकाशमा जाँदैछन् भने बाँकी साढे तीन महिना एआइजी पदमा रहन्छन्।लामा, पोखरेल, राणाको मात्र नभएर अन्य यी सबै प्रहरी अधिकारीहरूको विशिष्ट श्रेणीमा पुग्ने दाबीबारे सवाल-जवाफ छन्।

 

 

प्रहरी संगठनमा ३० वर्ष जागिर खाएको व्यक्ति अवकाशको मुखमा पुग्दा विशिष्ट श्रेणीमा पुग्न खोज्नु नाजायज होइन।अहिले डिआइजी ढकाल र गुरुङलाई एआइजीमा बढुवा गर्ने तयारी रहेको भनी प्रचार-प्रसार भइरहेको छ। ढकाल एआइजी बने भने मंसिर २२ गते अनिवार्य अवकाशमा जान्छन्।ढकाल, गुरुङ, सिंह, कडायत र बोहरा सबै एउटै ब्याचमेट हुन्। उनीहरूले माओवादीको १० वर्षे सशस्त्र युद्धमा अत्यधिक प्रताडना खेपे पनि व्यावसायिक कुशलता र धैर्यता गुमाएका थिएनन्। उनीहरू सबै प्रहरीमा व्यावसायिक छविका अब्बल अधिकारीहरू मानिन्छन्।

 

 

 

अहिले अगाडि ढकाल र गुरुङ बढुवा भए भने पनि भविष्यमा एआइजी बढुवा हुने क्षमता र योग्य डिआइजीहरू कोही नछुट्ने भएकाले सबैलाई ‘न्याय’ हुने गरी सरकारले निर्णय गर्छ भन्नेमा सबै अधिकारीहरू आशावादी छन्।युद्धमा नेपाली सेनासँग समन्वय गरी व्यावसायिक कुशलतामा नचुकेका ब्याचका सबै अँटाउने भएकाले अबको एआइजी बढुवालाई महत्वका साथ हेरिएको प्रहरी प्रधान कार्यालयका एक अधिकारीहरू बताउँछन्।

 

 

 

‘क्रमिक रुपमा हुने यो बढुवाले एउटा ब्याचका सबै अफिसरहरू अटाउँछन्, उनीहरूको योगदानलाई समेत नभएर उनीहरूका परिवार तथा भावी पुस्ताका प्रहरी अधिकारीहरूलाई पनि मूल्यांकन र न्यायको हिसाबले अबको एआइजी बढुवा महत्वपूर्ण बनेको छ,’ प्रधान कार्यालयका एक अधिकारीले भने।नेपाल प्रहरीको विशिष्ट श्रेणीमा पुग्ने, नपुग्ने सन्दर्भले के असर गर्छ प्रहरी संगठनमा? यतातर्फ चर्चा केन्द्रित गरौं।३० वर्ष राज्यको सेवा गरेको र वरिष्ठ अधिकृत भइसकेको व्यक्तिले विशिष्ट श्रेणीमा दाबी गर्नु स्वाभाविक भएको पूर्वडिआइजी हेमन्त मल्ल ठकुरी बताउँछन्।

 

 

 

 

‘नेपाल प्रहरीमा ३० वर्ष जागिर खाएर अवकाशमा जान लागेको व्यक्तिलाई एआइजी बनाउँदा के फरक पर्छ?,’ उनको प्रश्न छ, ‘३० वर्ष प्रहरीमा जागिर खाएको व्यक्ति जो डिआइजी छ, उसले आफ्नो कार्यक्षमता, कार्यसम्पादन अनुसार एआइजी हुन किन नपाउने?’ठकुरीका अनुसार डिआइजी भएको व्यक्ति अवकाशको मुखमा जाँदा एआइजी बन्छु भन्ने दाबी स्वाभाविक रहन्छ। निजामती संगठनमा एक दिन मात्रैका लागि सहसचिवबाट सचिव बनाइने गरिएको छ। कतिपय सन्दर्भमा सरकारले विशेष पद नै सिर्जना गरेर ‘अवार्ड’ दिने गरेको छ।

 

 

 

सशस्त्र प्रहरीमा १५ दिनका लागि आइजी बनाइएको इतिहास पनि छ। प्रहरीमा विशिष्ट श्रेणीमा पुग्ने अथवा बढुवा हुँदा भने आलोचना हुने गरेको छ। यसले प्रहरीमाथि ‘विभेद’ गरेको ठकुरी बताउँछन्।विशिष्ट श्रेणीमा पुग्नेवित्तिकै अवकाशपछिको सेवा सुविधामा वृद्धि हुन्छ। विशिष्ट श्रेणीबाट अवकाश भएका व्यक्तिले भविष्यमा कुनै संवैधानिक निकायमा नियुक्ति पाउने आधार बलियो बन्न सक्छ।तर, सेवा-सुविधाको हिसाबले राज्यलाई आर्थिक व्ययभार पर्न जान्छ भन्ने टिप्पणी हुने गरेको छ। प्रहरीको विशिष्ट श्रेणीमा पुग्ने व्यक्तिले पेन्सनमा चार हजार रुपैयाँ बढी सुविधाबाहेक अरू पाउँदैनन्।निजामती कर्मचारीले पाउने, सशस्त्र प्रहरीले पाउने, नेपाल प्रहरीले चाहिँ किन नपाउने? भन्नेमा मल्लको प्रश्न छ।

 

 

 

‘राज्यलाई भार पर्छ, अन्यतिर गरिने बढुवाले पनि त भार थपेको छ, नेपाल प्रहरीमा गर्नेवित्तिकै चाहिँ आर्थिक व्ययभारको कुरा आउँछ,’ उनले भने, ‘विशिष्ट श्रेणीको पदमा पुग्नको लागि अस्वस्थ प्रतिस्पर्धा हुनसक्छ, त्यसलाई नियन्त्रण गर्नुपर्छ, विभेद प्रहरीले मात्र भोग्नुपर्ने त होइन नि?’यसका लागि सरकारले विशिष्ट श्रेणीको पदमा बढुवाका लागि छुट्टै कानुन बनाउनुपर्ने मल्ल बताउँछन्।प्रहरी ऐन नियमावलीमा विशिष्ट श्रेणी (एआइजी) बनाउने-नबनाउने भन्ने विषय उल्लेख छैन।‘निजामती, प्रहरी, सशस्त्र प्रहरीसमेतलाई समेटेर कानुन बनाइयोस्, को विशिष्ट श्रेणीमा पुग्ने नपुग्ने वा योग्यता क्षमताको कुरा उल्लेख कानुनमै होस्, त्यसले अस्वस्थ प्रतिस्पर्धा पनि रोक्छ, कानुनले निर्दिष्ट गरेपछि मानिसहरू आफैं आफ्नो ठाउँमा आउँछन्,’ मल्ल भन्छन्।

 

 

डिआइजी ढकाल र गुरुङ प्रहरीमा निर्विवाद छवि भएका व्यावसायिक प्रहरी अधिकारी हुन्।ढकाल सशस्त्र माओवादी विद्रोह हुँदा विचलित नभई काम गरेका व्यक्ति हुन्। सेनासँग संयुक्त टोली बनाएर उनी माओवादी युद्धलाई परास्त गर्न खटिएका थिए। उनको ब्याचले नै माओवादी युद्धको रापताप खपेको थियो।ढकालले मधेसमा रहँदा भूमिगत सशस्त्र समूहसँग पौंठेजोरी खेले। गुरुङले उस्तैगरी युद्धको सामना गरेका थिए। यस हिसाबले उनीहरूको दाबी नाजायज होइन।

 

 

 

पूर्वगृहसचिव डा. गोविन्द कुसुम विशिष्ट श्रेणीमा बढुवा हुने व्यक्तिको योग्यता र क्षमतालाई ख्याल गर्नुपर्ने तर्क गर्छन्। ‘कार्यसम्पादन राम्रो छैन भने त्यस्तो व्यक्तिलाई अवकाशअघि विशिष्ट श्रेणीमा पुर्‍याउनुको अर्थ रहँदैन,’ उनले भने, ‘कार्यसम्पादनको विवरण हेरेर क्षमतावान् र योग्यलाई बढुवा दिनु न्यायोचित हुन्छ, साथसाथै वरिष्ठता पनि हेरिनुपर्छ।’सार्वजनिक प्रशासन/सेवाका सन्दर्भमा बढुवा गरिने विषयमा आलोचना हुनु स्वाभाविक रहने उनले बताए।

 

 

 

तर, विशेष पद सिर्जना गरेर बढुवा हुने विषयमा उनको विमति छ। जुन व्यक्ति नभई नहुने स्थिति (कहिलेकाहीँ प्राविधिक क्षेत्रमा हुनसक्ने), अर्को व्यक्तिलाई उक्त पदका लागि योग्य बनाउनुपर्ने स्थितिमा विशेष पद सिर्जना गर्न सकिने उनले बताए।‘कुनै व्यक्तिको अनुहार हेरेर पद सिर्जना गरेर राख्नु सार्वजनिक प्रशासनको सिद्धान्तको विपरीत हो,’ उनले भने।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या

काठमाडौँ,  वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणाली (एफपिआइएमएस)मा समस्या आएपछि श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई सास्ती भएको छ । मङ्गलबारदेखि उक्त प्रणालीमा समस्या आएपछि विभाग बाहिरबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई समस्या उत्पन्न भएको विभागका सूचना अधिकारी टीकाराम ढकालले राससलाई जानकारी दिनुभयो ।   उहाँले भन्नुभयो,...

प्रधानमन्त्रीको आह्वानमा आज त्रिपक्षीय छलफल

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच निर्वाचनको वातावरण निर्माणलगायत विषयमा त्रिपक्षीय छलफल हुँदैछ । प्रधानमन्त्री निवासमा आज अपराह्न ४ः०० बजे हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुखलगायत दलका प्रतिनिधि, सरकारका मन्त्रीहरु र जेनजी समूहका अगुवा एवं प्रतिनिधि सहभागी हुनेछन्...

पहेलो धातुको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

काठमाडौँ,  यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । अन्तरराष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो । गत आइतबार एकैदिन प्रतितोला रू ११ हजार ६०० ले घटेर रु दुई लाख ४१ हजार ९०० कायम...

ट्रम्प–ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’को घोषणा

टोकियो,  (रासस/एएफपी) : अमेरिकासँग महत्त्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले मङ्गलबार टोकियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका क्रममा दुवै देशबीचको सम्बन्धलाई ‘नयाँ स्वर्ण युग’ मा प्रवेश गराउने वाचा गर्नुभएको छ ।   जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले ट्रम्पको द्वन्द्व मध्यस्थतामा भूमिकाको प्रशंसा...

प्रधानमन्त्रीको आह्वानमा आज त्रिपक्षीय छलफल

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच निर्वाचनको वातावरण निर्माणलगायत विषयमा त्रिपक्षीय छलफल हुँदैछ । प्रधानमन्त्री निवासमा आज अपराह्न ४ः०० बजे हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुखलगायत दलका प्रतिनिधि, सरकारका मन्त्रीहरु र जेनजी समूहका अगुवा एवं प्रतिनिधि सहभागी हुनेछन्...

पर्वतमा आठ प्रजातिका धानबालीको अनुसन्धान

पर्वत,  यस वर्ष यहाँ खेती गरिएकामध्ये आठ प्रजातिको धानबालीको मूल बीउ अनुसन्धान गरिएको छ । कुन स्थानमा कुन प्रजातिको धानखेती गर्दा प्रशस्त उत्पादन हुन्छ भन्ने पत्ता लगाउन अनुसन्धान गरिएको हो ।राष्ट्रिय धान बाली अनुसन्धान केन्द्रले फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको आठ जातका धानमाथि अनुसन्धान...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

लुम्बिनी , लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तिहार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र...

जातीय विभेदको मुद्दामा फरार प्रकाश चन्द दिल्लीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै

बैतडी । जिल्ला अदालत बैतडीबाट जातीय विभेदको कसुरमा दोषी ठहर भई ४ महिनाको कैद सजाय सुनाइएका प्रकाश चन्द भारतको दिल्ली गुडगावस्थित बजाज कम्पनीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै आएका छन् । जता जहाँ गए पनि विवादास्पद क्रियाकलाप गर्ने उनी घरपरिवारको नजरमा समेत घृणित सदस्यका रूपमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ आज विश्व पक्षाघात दिवस मनाइँदै

काठमाडौँ, सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थाको सहयोगमा नेपालसहित विश्वका विभिन्न मुलुकमा आज विविध चेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व पक्षाघात दिवस मनाइँदै छ ।चिकित्सकहरूका अनुसार पक्षाघात एक जटिल शारीरिक समस्या हो । यो मानव मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने...

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको दोस्रो संस्करणको तयारीसँगै आज र भोलि पौडी प्रशिक्षकलाई तालीम आयोजना गरेको छ । यही कात्तिक १४ र १५ गते नेपालगञ्ज रङ्गशालाको पौडी पोखरीमा आयोजना हुने प्रतियोगिताका सन्दर्भमा स्थानीय विद्यालयका खेल प्रशिक्षकलाई सहभागी गराउन प्रशिक्षणको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९