दक्षिण अफ्रिकाका रबाडा टेस्टको बलिङ वरियतामा शिर्ष स्थानमा

काठमाडौँ । दक्षिण अफ्रिकाका तिब्र गतिका बलर कागीसो रबाडा टेस्ट क्रिकेटको बलिङ वरियतामा शिर्ष स्थानमा उक्लिएका छन् ।आइसीसीले बुधबार जारी गरेको नयाँ वरियतामा रबाडाले भारतका जसप्रित बुमराहलाई पछि पार्दै शिर्ष स्थानमा उक्लिएका हुन् । उनी यसअघि तेस्रो स्थानमा थिए ।यस अघि २०१८ मा पनि शिर्ष स्थानमा रहेपनि त्यसपछि लगातार पछाडी परिरहेका थिए । उनले पछिल्ला दिनमा टेस्ट क्रिकेटमा गरेको उत्कृष्ट प्रदर्शनका कारण शिर्ष स्थानमा फेरी उक्लिएका छन् ।

 

 

त्यसैगरि अस्ट्रेलियाका जोश हजेलवूड टेस्ट बलरको वरियतामा दोस्रो स्थानमा रहेका छन् । उनले आफ्नो एक स्थान सूचार गर्दै दोस्रो स्थानमा उक्लिएका हुन् ।त्यस्तै यसअघि शिर्ष स्थानमा रहेका भारतका बुमराह भने तेस्रो स्थानमा झरेका छन् । त्यस्तै चौथो स्थानमा पनि भारतकै आर आश्विन रहेका छन् ।
त्यसैगरी पाँचौं स्थानमा अस्ट्रेलियाका पाट कमिन्स रहेका छन् ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१