जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बाँके । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेको कोहलपुर नगरपालिका-२ बर्दहवा बस्ने २४ वर्षीय संदिप कुमार थारूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । थारूले ती किशोरीलाई कात्तिक १९ गते राति सोही ठाउँस्थित खेतमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी बिट कौशिलानगर र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१