हिन्दु आस्थाको पर्व: छठ

सँस्कृतिले भरिपूर्ण भएको देश नेपालमा दशैं, इद र तिहार सकिन नपाउँदै तराईवासीहरूलाई प्रमुख चाड छठको चटारोले छोपेको हुन्छ । नेपालको मध्य र पूर्वी तराईका छठका लागि नगर क्षेत्रका पोखरीको सफाई पश्चात् घर, चोक, गल्ली तथा नदी पोखरीहरू बेहुलीझैँ झिलिमिलि सिंगारिन्छन् । त्यसैगरी हरेक घर, चोक, छठका गीतले वातावरण गुञ्जायमान बनिरहेका हुन्छन् । भनिन्छ नेपालको मध्य र पूर्वी तराईको साँस्कृतिक पर्व नै छठ हो भने पहाडि समदायले समेत उत्तिकै उत्साह एवं भक्तिका साथ यो पर्व मनाउन थालेको छ ।

 

छठ पर्व मनाउनुका पछाडि अनेक पौराणिक तथा लोक कथाहरू छन् । यसको पछाडि एउटा लामो इतिहास छ । सूर्य उपासनाको परम्परा वैदिककालदेखि रहेको छ जहाँ सूर्यलाई प्रत्यक्ष देवता स्वीकार गरिएको छ ।

 

जनश्रुति अनुसार जुवामा राजपाट हारेपछि पाण्डव आफ्नी पत्नी द्रौपदीसँग वन-वन भौतारिएर हिडिरहेका थिए । पाण्डवहरूको दुःखको कारण दुःखी द्रौपदीले राज्यको प्राप्ति संग सुख समृद्धि तथा शान्तिको लागि कार्तिक महिनाको शुक्ल पक्षको षष्ठी तिथिमा भगवान सूर्य नारायाणको उपासना गरेकी थिइन । द्रौपदीको श्रद्धा तथा भक्तिबाट प्रभावित भएर भगवान श्री सूर्यले मनोवान्छित फल प्रदान गर्नु भएकोले त्यसैबाट पाण्डवहरूले आफ्नो हराएको राजपाठ प्राप्त गरेको हुन भनिन्छ ।

 

फेरि अर्को कथा अनुसार मगधका राजा जरासन्घको पूर्वजलाई कृष्ठरोग लागेको थियो । उनलाई कुष्ठरोग ठीक गर्नका लागि शाकलद्वीपबाट ब्राम्हणलाई बोलाइएको र उनले सूर्यको उपासनाद्धारा कृष्ठरोग ठीक गरेको भन्ने भनाइ छ । त्यसैबाट आकर्षित भई मगधका नागरिकले छठ पर्व मनाउन लागेका मानिन्छ । भनिन्छ कि मगधबाट नै सर्वप्रथम सूर्यको उपासना शुरु भयो । मग ब्राम्हणबाट आवृत्त भएको कारणले नै यो क्षेत्र मगध कहलिएको हो । यी मग ब्राम्हण सूर्यको उपासक थिए । सूर्यको किरणबाट उपचार गर्दा यिनीहरूलाई प्रशस्त सफलता मिल्यो । त्यसैले पूरा निष्ठा एवं नियमपूर्वक चार दिवसीय सूर्यको व्रतको उपासनाका रूपमा छठ पर्वको परम्परा प्रचलित भयो र समृद्ध समेत हुदै गयो भन्ने भनाई छ ।

 

एउटा जनश्रुति यो पनि छ कि भगवान शिवको वीर्यबाट उत्पन्न स्कंटको छ कृत्तिकाले एकै साथ आफ्नो दूध चुसाएर उसको प्राणको रक्षा गरेको थियो । त्यससमय स्कंटको छ वटा मुख भएको थियो । यो घटना जुन महिनामा घटेको थियो त्यस महिनाको नाम नै कार्तिक थियो । त्यसैले कृत्तिकाका छोरालाई दूध चुसाइएको कारण स्कंटको नाम कार्तिकेय रहेको हो । अतः छठीमैयाँको पूजा कार्तिक महिनाको शुक्ल पक्षको षष्ठी तिथीमा हुने गर्दछ । यो पर्व बच्चाको कष्ट निवारण एवं सुख समृद्धिका लागि गर्ने गरिन्छ ।

 

यसै सम्बन्धमा एक अर्को प्रसिद्ध कथा पनि छ । धेरै उमेर भै सक्दा पनि राजा प्रियव्रतका कोही सन्तान भएनन् । तब उनले कश्यप ऋषिद्धारा पुत्रेष्टियज्ञ गराए । यज्ञपश्चात् रानी गर्भवती भइन् तर उनको गर्भबाट मृत पुत्र जन्मियो । यो देखेर रानी बेहोस भइन् । प्रियव्रत मृत शिशुलाई लिएर मसानघाट गए, तर उनी त्यहाँ वौलाहाजस्ता भई प्रलाप गर्न लागे ।

 

त्यसै समयमा आकाशबाट एउटा ज्योतिर्मय विमान आयो । त्यस विमानमा एउटा देवी बसेकी थिइन् । राजा प्रियव्रतले पुत्रलाई पृथ्वीमा राखी तिनै देवीको स्तुति गर्न लागे । त्यसपछि देवीले भनिन् – “म ब्रम्हाको मानसपुत्री षष्ठी देवी हुँ । म सबै बालकको रक्षिका हु साथै अपुत्रोलाई पुत्र प्रदान गर्दछु ।

 

मेरो पिताले मेरो विवाह स्वामी कार्तिकेयसँग गरिदिनु भएको हो । म सबै मातृकामध्ये विख्यात स्कंदकी पत्नी हुँ । म मूल प्रकृतिको छैठौं अंशबाट उत्पन्न भएको कारण मलाई षष्ठी भन्दछन् । म पुत्र नहुनेको लागि पुत्र, धन नहुनेको लागी धन, रोगीलाई निरोगी, कर्म गर्नेको लागि कर्मको फल प्रदान गर्दछु” यति कुरा भनी देवीले मृत शिशुलाई स्पर्श गरेपछि शिशु जीवित भयो । प्रियव्रतको प्रसन्नताको कुनै सीमै रहेन । उनले अनेक प्रकारले षष्ठी देवीको स्तुति गर्न लागे । राजाबाट भएको स्थुतिले प्रसन्न भएर देवीले भनिन् – “राजन ! तिमी यस्तो व्यवस्था गर ता कि सबै मानिसले मेरो पूजा गरुन” यति भनेर देवी अन्तध्र्यान भइन् । राजाले देवीको आज्ञा शिरोधार्य गरी राजाबाट व्यापक रूपमा प्रचार प्रसार गरि दिएपश्चात् यो पूजा कार्तिक महिनाको शुक्ल पक्षको षष्ठी तिथिमा षष्ठी देवी या छठी देवीका व्रतको रूपमा सुरु हुन लाग्यो ।

 

यस पर्वमा भगवान सूर्यको साथसाथै षष्ठी देवी या छठी देवीको समेत पूजा उपासना हुने गर्दछ । यो पर्व कार्तिक एवं चैत्र महिनाको शुक्ल पक्षको षष्ठी तिथिमा मनाइन्थ्यो तर हाल चैत्र महिनामा मनाइएको थाहा पाइदैन जसरी चैत्र महिनामा मनाइने चैते दशैजस्तै गरी हराइसकेको छ । यस पर्वको कुल अनुष्ठान चार दिनको हुन्छ । यस पर्व महिला एवं पुरुष दुवैले गर्दछन् तर विशेष गरी महिलाले धेरै गर्दछन् ।

 

यो पर्व चतुर्थी तिथिबाट प्रारम्भ हुन्छ र सप्तमी तिथिमा समाप्त हुन्छ । यस पर्वमा व्रतालु नियम निष्ठामा रहन्छन् । उनीहरू पवित्र जलाशयमा नुहाएर शुद्ध भोजन ग्रहण गर्दछन् । यसलाई स्थानीय भाषामा “नहा–खा” या “नहाय–खाय” भनिन्छ । अर्थात नुहाएर खाना खानु भनिएको हो । छठ पर्वको अघिल्लो दिन भएकाले ब्रतालुहरू व्रत बसेर साँझ नुहाएपछि माटोको चुलो स्थापना गरी प्रसाद बनाउने परम्परा छ । प्रसादको रूपमा खीर र पिठोको रोटी शुद्ध घिउबाट बनाइएको मिठाई, ठेकुवा विभिन्न परिकार तथा मौसमी फलफूल आदि भगवान सूर्यलाई भोग लगाई ग्रहण गरी आफ्नो उपवास समाप्त गर्दछन् ।

 

षष्ठी तिथि नै मूल पर्व हो । यस दिनमा उपवास राखिन्छ । व्रतालु सूर्य डुब्नुभन्दा एकाध घण्टा अघि नदी, पोखरी आदिको छेउमा बनाइएको घाटमा जान्छन् । ब्रतालु महिलाहरू नयाँ लुगा, गरगहना आदि लगाएर सजिसजाउ भै छठी माता एवं भगवान सूर्यलाई लोकगीत गाएर आ–आफ्नो घरबाट बाहिर निस्कन्छन् । अर्घ दिनु अगाडिसम्म गीत गाई रहन्छन् । तत्पश्चात् पानीमा उभिएर डुब्न लागेको सूर्यलाई अर्घ दिन्छन् । पकाइएको मिष्ठान्न, फल बाँसको ढकीमा सजाएर सूर्यलाई अर्घ अर्पण गरिन्छ । अर्घमा मौसमी फल तथा पिठो र सख्खरबाट शुद्ध घिउमा बनाइएको ठेकुवा हुनु अनिवार्य छ ।

 

व्रतालुले नुहाएपछि चिसै कपडा लगाई डुब्न लागेको सूर्यलाई अर्घ दिन्छन् । केही ब्रतालुले नुहाएर अर्घमा दूध पनि चढाउछन् । यो उनीहरूले मागेको कुरा पूर्ण भएको खुशीमा गर्दछन् । यसपछि सबै व्रतालु घर फर्कन्छन् । अर्को दिन बिहान (झिसमिसे मै) पूनः नदी तलाव पोखरीमा सबै व्रतालु पुग्दछन् र भगवान सूर्यको उदाउने प्रतीक्षा गर्दछन् । उदाउदो सूर्यलाई व्रतालुले नुहाएर पूनः अर्घ प्रदान गर्दछन् । अर्घ दिइसकेपछि सबै व्रतालु एक ठाउँमा बसी छठसँग सम्बन्धित कथा सुनाउने, सुन्ने गर्दछन् । यसदिन छठ पर्व समाप्त हुन्छ । अतः यस दिनलाई पारण भनिन्छ ।

 

यो पर्व नेपालको गाउँ र शहर काठमाडौं उपत्यकाका रानीपोखरी, बागमती, विष्णुमती, मनहरा, कमलपोखरी, जनकपुर, वीरगन्ज, विराटनगर लगायत नेपालका धेरै ठाउँमा मनाइन्छ । यो सम्पूर्ण नेपालीको साझा पर्वजस्तो भैसकेको छ । त्यसैगरी भारतको बिहार, पूर्वी उत्तर प्रदेश एवं झारखण्डका साथै मुम्बई, दिल्ली, पञ्जाव लगायत अधिकांस ठाउँमा मनाउने गरेको पाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता

राँझा (बाँके), जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ । राप्ती नदी र अन्य खोलाबाट अवैध रूपमा हुने गरेको माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानी रोक्न नियमित अनुगमन तथा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक...

राष्ट्रिय जनसङ्ख्या नीति सार्वजनिक

कर्णाली, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय काठमाडौँले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय जनसङ्ख्या नीति २०८२ को सार्वजनिकीकरण तथा अभिमुखीकरण गरेको छ ।उक्त कार्यक्रममा जनसङ्ख्या व्यवस्थापन महाशाखाका सहसचिव हेमराज सुवेदीले नीति कार्यान्वयनका संस्थागत, कानुनी, वित्तीय व्यवस्थाका साथै समन्वय र जोखिम पहिचान र व्यवस्थापन, अनुगमन,...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ,  विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज स्थिर छ । चाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु तीन लाख ११ हजार ३०० कायम भएको छ । मङ्गलबार पनि यही मूल्यमा कारोबार भएको...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

मुस्ताङ, मुस्ताङमा पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमका अनुसार सन् २०२६ को जनवरीदेखि मेसम्म सार्क राष्ट्रका एक लाख २९ हजार ३४१ र अन्य राष्ट्रका १३ हजार ३९८ जनाले...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

सुर्तीजन्य पदार्थ बिक्री नियन्त्रणका लागि तेह्रथुममा बजार अनुगमन

तेह्रथुम,  विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालयले तेह्रथुम बजारमा अनुगमन गरेको छ ।प्रमुख जिल्ला अधिकारी वन्दना राई नेतृत्वको अनुगमन टोलीले व्यवसायीहरूसँग अन्तक्रिया गरी सुर्तीजन्य पदार्थको बिक्रीवितरणसम्बन्धी मापदण्ड तथा त्यसले स्वास्थ्यमा पार्ने असरबारे जानकारी गराएको छ ।     म्याङलुङ नगरपालिकाका स्वास्थ्य सहायक इन्द्रप्रसाद पोखरेलले सुर्तीजन्य...

व्याडमिन्टन प्रशिक्षक ‘बिक्की’: स्वदेशमा अवसर पाएनन, भारतमा मासिक डेढ लाख कमाइ

महेन्द्रनगर,  कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहलमा व्याडमिन्टन खेलको स्वयंसेवक प्रशिक्षकका रुपमा सात वर्ष काम गरेका विवेक थापा (बिक्की) यतिबेला भारतको कर्नाटक राज्यको बैङ्ग्लोरमा प्रशिक्षणमा जमेका छन् । राष्ट्रिय खेलकुद परिषद्बाट एनआइएस तालिम गरेर प्रशिक्षकको योग्यता हासिल गरेका थापा विगत दश वर्षदेखि बैङ्ग्लोरमा व्याडमिन्टन प्रशिक्षण गराइरहेका छन् ।...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९