
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारण भारतीय टिभी च्यानल नेटवर्क स्टार स्पोर्ट्समा हुने भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले शुक्रबार पत्रकार सम्मेलन मार्फत एनपीएलको पहिलो संस्करण स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रशारण हुने भएको जानकारी दिएका छन् ।सचिव खड्काले नेपाली क्रिकेटलाई विश्व जगतमा पुर्याउन स्टार स्पोर्ट्ससँग सहकार्य भएको स्पष्ट गरेका छन् ।