फलेबिसौनामा महायज्ञ सुरु, पूर्वमन्त्री चौधरीले गरे उद्घाटन

कैलाली । शान्ति माविको शैक्षिक विकास र स्तरोन्नतिको लक्ष्यसहित ‘फलेबिसौना शैक्षिक तथा धार्मिक सप्ताह ज्ञान महायज्ञ–२०८१’ शनिबारदेखि सुरु भएको छ । कैलालीको मोहन्याल गाउँपालिका–३, फलेबिसौनामा आयोजित महायज्ञको सुदूरपश्चिम प्रदेश सरकारका पूर्व कृषिमन्त्री रामेश्वर चौधरीले उद्घाटन गरेका हुन् । महायज्ञको प्रबन्ध विश्व शान्तिकका लागि साझा अभियान नेपाललेले गरेको छ । बिहानैदेखि कलशयात्राबाट शुभारम्भ गरिएको सप्ताह ज्ञान महायज्ञमा हजारौं श्रद्धालु भक्तजन र स्थानीयको सहभागिता रहेको थियो । महायज्ञमा श्रीमद् भावगत कथा वाचन हुनेछ । सात दिनसम्म सञ्चालन हुने महायज्ञको अन्तराष्ट्रिय प्रखर कथावाचक आचार्य किशोरशरण सुवेदीजी महाराजबाट अध्यात्म जागृति, धर्म संस्कृति, अध्यात्म चिन्तन, मानव सभ्यता लगायतका सन्दर्भमा अमृतमय प्रवचनका माध्यमले अध्यात्मबोध हुने महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।
महायज्ञमा शान्ति दीप प्रज्जवलन तथा १ हजार ८ शालिग्राम पुजन तथा परिक्रमा गरिएको हो । विगत २ वर्षअघि नै फलेबिसौनाको पवित्रभूमिमा महायज्ञ सञ्चालन गर्ने लक्ष्यले पूर्णता पाएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष एवम् संयोजक जनकराज गिरीले बताए । उनले धार्मिक महायज्ञले धर्म, संस्कार र संस्कृतिको विकाससँगै शान्ति माविको शैक्षिक स्तरउन्नतिको विषय जोडिएकाले सबै वर्ग, जनसमुदाय र देशविदेशमा रहेका नागरिकले सहयोग गर्न आग्रह गरे । ‘महायज्ञ आफैमा पवित्र धार्मिक कार्य हो, यसले सामाजिक सद्भाव, भातृत्व, एकता र धर्म संस्कृतिको संरक्षणमा महत्वपूर्ण सहयोग पुग्छ’ गिरीले भने–‘यसमा सबैले हातेमालो गर्दै अघि जानुपर्छ ।’ महायज्ञमा दानदाताबाट संकलन भएको सबै प्रकारका दानको सही सदुपयोग हुने हुँदा आफ्नो क्षमताअनुसार दान गरी पुण्यकार्यमा सहभागि हुने मौका भएको बताए । उनले आर्थिक पारदर्शीता र खर्चमा मितव्ययिता हुने कुरामा विश्वस्त रहन सबैमा आग्रह गरे ।
महायज्ञ मुल आयोजक समितिका संयोजक जनकराज गिरीको सभापतित्वमा सञ्चालन भएको ‘फलेबिसौना शैक्षिक तथा धार्मिक सप्ताह ज्ञान महायज्ञ–२०८१’ को प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका पूर्व कृषिमन्त्री रामेश्वर चौधरी रहेका थिए । कार्यक्रममा प्रमुख कथावाचक आचार्य किशोरशरण सुवेदीजी महाराज, मोहन्याल गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्याय (हिमशिखर), उपाध्यक्ष कमलबहादुर साउँद विशिष्ट अतिथि रहेका थिए ।विभिन्न राजनीतिक दल र स्थानीय संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको कार्यक्रमको सञ्चालन महायज्ञ प्रचारप्रसार समितिका संयोजक प्रकाश साउँदले गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता लोकेन्द्र बहादुर बडुवालले रु ५ हजार १ सय नगद सहयोग गरेका थिए । त्यस्तै, गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय (हिमशिखर) ले व्यक्तिगत रु १० हजार, गाउँपालिकाको तर्फबाट १ लाख ५० हजार सहयोग गर्ने र आगामी शैक्षिक सत्रमा शान्ति माविमा ५० लाखको भवन निर्माण गर्ने घोषणा गरेका थिए । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व कृषिमन्त्री रामेश्वर चौधरीले रु ११ हजार व्यक्तिगत सहयोग गरेका थिए । सो अवसरमा उनले प्रदेश सरकारबाट विद्यालयको शैक्षिक विकासका लागि आफूले बजेट विनियोजनमा प्राथमिकता दिने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९