शसस्त्र बेस क्याम्प बौनिया द्वारा के के युवा क्लबको नेतृत्वमा आग्लागी नियन्त्रण सम्बन्धी जनचेतना मुलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न 

बौनियाँ/हालै कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका ३ बुटकुवामा २०७७ साल फागुन महिनाको २ गते आईतबार राति स्थानीय शेर बहादुर बि।कको घरमा आगलागी भएको थियो। केही हप्ता पछि मोहन्याल गाउँपालिकामा आगलागि हुँदा एक घर जलेर नष्ट भएको छ ।गाउँपालिकाको वडा नं ३ स्थित मुलेकाडाका खडक बहादुर दमाईको घरमा आगलागि भएको हो । कैलाली लगायत देशका विभिन्न स्थानमा सयौं घर आगलागीमा जलेर नष्ट भएका छन्। सरकार आगलागी न्यूनीकरणमा भन्दा पनि विपत्पछि दिइने केही राहतलाई आफ्नो कर्तव्य निर्वाह गरेको भ्रममा छ। सरकारले आफ्नो कर्तव्य पूरा नगररिरहेको बेला नागरिकले पनि आफ्नो जनधनको सुरक्षाका लागि पर्याप्त ध्यान दिइरहेका छैनन्।आगलागी सामान्यतया सुक्खा र गर्मी हुने मौसममा बढी हुन्छ अनि दुर्घटना,हेलचेक्र्याईं, विद्युत् सर्ट र जानाजान कसैले लगाउने मुख्य कारण हुन्। रोकथाम उपचारभन्दा राम्रो हो भन्ने प्रचलित भनाइ आगलागी जस्ता अन्य विपत्मा पनि लागू हुन्छ। अर्थात् आगो लागेपछि कसरी नियन्त्रण गर्नेभन्दा पनि आगो लाग्न नदिने उपाय अपनाउनु महवपूर्ण हुन्छ।चुरोटका ठुटा र सलाइका काँटी फाल्दा विशेष ध्यान दिने, खाना बनाउँदा भान्सामा अनिवार्य बस्ने, घरमा कोही नभएको बेला आगो वा हिटर बालेर नहिँड्ने, सजिलै आगो निस्कने पदार्थलाई केटाकेटीको सहज पहुँचमा नराख्ने, मैनबत्ती र धुप बाल्दा विशेष सतर्क हुने, राम्रो गुणस्तरको विद्युतीय सामग्री मात्र प्रयोग गर्ने, बिजुलीबाट हुने गडबडी कम गर्न वायरिङ राम्ररी गर्र्ने, ग्याँस सिलिन्डर र मट्टीतेलजस्ता प्रज्जलनशील पदार्थलाई सुरक्षित ढगंले राख्ने,आगो तापिसकेपछि वा खाना पकाएपछि राम्ररी आगो निभाउने लगायतका उपाय अपनाएको खण्डमा आगलागीबाट हुने ठूलो जनधन न्यूनीकरण गर्न शसस्त्र बेस क्याम्प झगडपुर बौनियाका प्रमुख डि.एस.पि लाल सिंह बिष्ट सहितको टोली शनिबार बर्दगोरिया गाउँपालिका वडा न।३ बुटकुवामा पुगेका थिए।के के युवा क्लबको नेतृत्वमा आग्लागी नियन्त्रण सम्बन्धी जनचेतना मुलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

 

 

डि.एस.पि बिष्टले स्थानिय बासिन्दाहरूलाई भनु भयो सतर्कता र सावधानी गर्दागर्दै पनि आगलागी हुन सक्ने भएकाले आगो नियन्त्रण गर्ने उपाय र उक्त सूचना दिने प्रणालीमा ध्यान दिनुपर्छ।विकसित देशहरूमा फायर अलार्म सबै संरचनामा अनिवार्य रूपमा जडान गरिएको हुन्छ। धुवाँ र आगोको मात्राबमोजिम अलार्म बज्ने भएकाले आगो फैलिनुअघि नै नियन्त्रणमा लिन सजिलो हुन्छ। साथै आगो निभाउने सिलिन्डर पनि हुन्छ। आगो लागेको ठाउँबाट अर्को कोठामा सर्न नदिन सोहीबमोजिमको भित्ता र ढोकाहरू जडित हुन्छन्। सामान्यतया ३० मिनेटसम्म त्यस्ता ढोकाबाट आगो सर्न पाउँदैनन्। आगो निभाउन नसकिए तुरुन्त फोन गर्न सकिन्छ। साथै, आगोको मात्राबमोजिम सानो र ठूलो अर्लाम बज्ने गर्छ। ठूलो अर्लाम बजेको अवस्थामा आगलागी भएको सूचना सम्बन्धित निकायमा स्वतः पुग्ने प्रविधि हुन्छ। केही मिनेट भित्र प्रहरी, दमकल, एम्बुलेन्सहरू आइपुग्छन्।नेपालमा पनि फायर अलार्म प्रत्येक घरमा अनिवार्य रूपमा जोड्नुपर्ने कानुन बनाएर कडा कार्यान्वयन गर्नुपर्छ। विदेशमा नेपाली खाना बनाउँदा पनि अलार्म बजेर कहिलेकाहीं दुःख दिने गर्छ। तसर्थ कति तापक्रमभन्दा बढी वा कति मात्राभन्दा बढी धुवाँ आउँदा साइरन बज्ने अध्ययन गरेर सोहीबमोजिमका फायर अलार्म राख्नुपर्छ। नेपाली नागरिक नासादेखि माइक्रोसफ्टसम्म वैज्ञानिकका रूपमा कार्यरत छन्। नेपाल सरकारले इच्छाशक्ति देखाएको खण्डमा यस प्रकारको अलार्म बनाउन असम्भव छैन। धेरै अवस्थामा आगो लागेको थाहा पाउँदा आगो नियन्त्रण गर्न नसकिने अवस्थामा पुगिसक्ने हुनाले नै बढी जनधनको क्षति हुने गर्छ। नेपालमा पनि आगलागी भएको सूचना अलार्म र फोनमार्फत एक ठाउँबाट लिने अनि सबैभन्दा छिटो पुग्ने दमकललाई सीधै पठाउने व्यवस्था गर्न आवश्यक छ। तत्काल विकसित देशमा जस्तो प्रणाली विकास गर्न सकिएन भने पनि कम्तीमा अलार्म मात्र हुने हो भने पनि धेरै हदसम्म उपयोगी हुन्छ।

अहिलेको स्थितिमा सरकारसँग कडाइका साथ कुनै पनि मापदण्ड कार्यान्वयन गर्ने नैतिक बल देखिएको छैन।
विस्तृत अध्ययन गरी आगलागीको उच्च जोखिम भएका ठाउँमा विशेष पूर्वतयारी र सतर्कता अपनाउनुपर्छ। आगलागी नियन्त्रण र रोकथामबारे पर्याप्त सूचना र चेतना सर्वसाधारणलाई दिनुपर्छ। आगो निभाउने सिलिन्डर, पानी, बाक्लो ब्लांकेटलगायत उपकरण पर्याप्त मात्रामा राख्न पनि प्रोत्साहन गर्नुपर्छ। दमकललगायतका सहायता आउनुअघि स्थानीय स्तरमा पानी, स्याउलालगायतका सामग्री प्रयोग गर्न आवश्यक तालिम पनि दिनुपर्छ। आगो नियन्त्रण बाहिर हुने स्थितिमा मानवीय क्षति नहुने गरी सुरक्षित ठाउँमा भेला हुने तालिम पनि दिनुपर्छ के के युवा क्लबका अध्यक्ष शिखर बि कले बताउनु भयो।

निश्चित ठाउँमा दमकल र दक्ष जनशक्ति पर्याप्त मात्रामा तयारी अवस्थामा राख्नुपर्छ। विडम्बना, एम्बुलेन्स, दमकलजस्ता अति आवश्यक सामग्री खरिद गर्न सधैं बजेट अभाव हुन्छ अनि दातृ निकायको निगाह कुरिन्छ तर शासकलाई करोडौंको गाडी किन्न भने कुनै समस्या हुँदैन। कतिपय अवस्थामा सवारी जाम, बिग्रिएको दमकल, दक्ष जनशक्तिको अभाव, पर्याप्त बाटोको अभावलगायतका कारण जनधनको क्षति रोक्न सकिँदैन। दमकल र एम्बुलेन्सलाई विशेष प्राथमिकता दिएर बाटो छाडिदिने संस्कारको विकास पनि नागरिकले गर्न आवश्यक छ।

विकसित देशमा प्रत्येक घरमा आगलागी भएको खण्डमा बाहिर निस्किने र भेला हुने निश्चित ठाउँ तोकिएको हुन्छ। उक्त विवरण अनिवार्य राखिएको हुन्छ। सम्बन्धित निकायलाई सम्पर्क गर्न सकिने फोन नम्बरहरू पनि राखिएको हुन्छ। हाम्रो देशमा पनि यी सावधानीका उपाय लागू गर्न सकिन्छ। कर्मचारीको अभावमा कुनै संरचना जलेर नष्ट हुन नदिन प्रहरी, सेना र अग्निनियन्त्रकबीच समन्मय हुन आवश्यक छ। आगो नियन्त्रण गर्ने अन्य उपाय नहुँदा अनि सहायता समयमा नआइपुग्दा भगवान्लाई दोष दिन बाध्य हुनुपर्ने स्थिति छ। तर सरकार र नागरिकले पर्याप्त जिम्मेवारी वहन गरेको खण्डमा आगलागीजस्ता विपत्ति धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ भन्ने तथ्य मनन गर्नुपर्छ। आगलागीपछिको केही समय राहत र नियन्त्रणका कुरा गर्ने तर लगत्तै सबथोक बिर्सने बानी पनि अब सुधार्न आवश्यक छ। साथै, विकसित देशहरूमा जस्तै सरकारले तोकेको मापदण्ड पूरा नगर्नेलाई हदैसम्म दण्डित गरिनुपर्छ।

अहिलेको स्थितिमा सरकारसँग कडाइका साथ कुनै पनि मापदण्ड कार्यान्वयन गर्ने नैतिक बल देखिएको छैन। तसर्थ सरकारले आगालागी रोकथामका लागि कुनै कदम नचालेको अवस्थामा पनि आफ्नो जनधनको सुरक्षाका लागि नागरिक विशेष रूपमा सचेत हुनुपर्छ। औसत नेपाली नागरिकको जीवनभरको कमाइ अनि कतिपय अवस्थामा पुस्तौंदेखिको कमाइले घर बनाउने प्रचलन छ। यसरी बनाइएको घर जलेर नष्ट हुँदा उक्त घरका सदस्यहरूलाई ठूलो आर्थिक, सामाजिक र मनोवैज्ञानिक असर पर्ने गर्छ। सम्पत्ति र महत्वपूर्ण कागजात खरानी हुन्छन्। आगलागीले घरसँगै प्रभावित प्रत्येक व्यक्तिको सपना र जीविकोपार्जनको रणनीतिसमेत नष्ट हुन्छ। यस प्रकारको बज्रपातबाट सामान्य अवस्थामा आउन वर्षौं लाग्न सक्छ। तसर्थ लाखौं खर्चेर बनाइएको संरचनामा अलिकति थप खर्च गरेर आगलागी न्यूनीकरण गर्न आवश्यक उपकरण राख्न नागरिकले पनि ध्यान दिनुपर्छ।

आगो सामान्यतया मानवीय कारणबाट लाग्छ तर मौसम परिवर्तन र बढ्दो तापक्रमका कारण आगलागी हुने र नियन्त्रण गर्न कठिन हुने स्थिति छ। अमेरिका, अस्टेलियाजस्ता धेरै विकसित देशहरूमा जंगलमा लागेको आगलागीको दोष मौसम परिवर्तनलाई पनि दिन थालिएको छ। धनी र प्रविधिले सम्पन्न देशहरूमा समेत हप्तौंसम्म आगलागी नियन्त्रण हुन नसकेको परिप्रेक्ष्यमा नेपाललाई कुनै दैविक शक्तिको कृपाले ठूला आगलागीबाट बचाएको छ भन्दा अत्युक्ति हुँदैन।

प्रधानमन्त्री केपी ओलीले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारलाई दिनदिनै गाडी पल्टिने कस्तो अलच्छिना सरकार भनेका थिए एक स्थानिय बासिन्दाले अनमोल अनलाईन टेलिभिजन लाई जानकारी दिए। अहिले दुईतिहाइको शक्तिशाली भनिएको सरकारको नेतृत्व ओलीले गरेका छन्, तर सवारी दुर्घटना, आगलागीलगायतका विपत् न्यूनीकरणमा उनको कुनै रुचि देखिएको छैन। आफ्नो तलब सुविधा बढाउन कुनै लाज नमान्ने, घर भएकाले समेत घरभाडा लिने, दोहोरो रूपमा इन्धनको पैसा लिने, भ्रमणका नाममा करोडौं स्वाहा पार्र्ने, भ्रष्टाचार गर्ने, अपराधीहरूको संरक्षण गर्नेजस्ता नैतिकहीन कृयाकलाप गर्ने नेताहरूको दबदबा रहेसम्म देश र जनताको हित हुन सक्दैन। अब दमकल खरिद गर्न र पर्याप्त जनशक्ति राख्न पनि बजेट नभएको निरिहता देखाउने अक्षम नेताहरूको विकल्प जनताले खोज्नुपर्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

न्यू स्टार इंग्लिस बोडिङ्ग स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमा पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत प्रमुख अतिथिका रूपमा उपस्थित...

रास्वपाको सचिवालय बैठक भोलि, समानुपातिक उम्मेदवार सिफारिसबारे छलफल हुने

काठमाडौँ,   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने विषयमा मुख्य रूपमा छलफल हुने छ ।सभापति लामिछानेको स्वास्थ्य अवस्थाका कारण यसअघि आज बस्ने भनिएको सचिवालय बैठक भोलि...

बजारमा ग्यास अभाव, आयात भने नियमित

सिद्धार्थनगर (भैरहवा), भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन् ।स्थानीय उपभोक्ताहरूका अनुसार एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

न्यू स्टार इंग्लिस बोडिङ्ग स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमा पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत प्रमुख अतिथिका रूपमा उपस्थित...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इंग्लिस बोडिङ्ग स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमा पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत प्रमुख अतिथिका रूपमा उपस्थित...

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ (गलकोट),  बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौवटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ ।आवश्यक खोप र जनशक्ति दादुरा प्रभावित क्षेत्रका विद्यालय र स्वास्थ्य संस्थामा पुगेर शुक्रबार खोप लगाइएको हो । ढोरपाटनको...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९