पाँच वटा सहकारीको तीन अर्ब ठगीका ‘नाइके’हरूलाई चिन्नुहोस्

सहकारी ठगेर आर्जेको करिब ७० रोपनी जग्गा रोक्का

काठमाडौं – सहकारी ठगी प्रकरण, त्यसका मुख्य आरोपी गितेन्द्रबाबु राई (जिबी)सहित, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीबारे चार कसुरमा अनुसन्धान भइरहेको छ।

ती चार कसुर यसप्रकार छन्।

पहिलो, सहकारी ठगी।

दोस्रो, किर्ते।

तेस्रो संगठित अपराध।

र, अन्तिम, सम्पत्ति शुद्धीकरण।

प्रहरीले यी चारै कसुरमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सिआइबी)का निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा बताउँछन्। सहकारी ठगीमा फरार आरोपी जिबीबाहेक, रवि लामिछाने र छविलाल जोशी प्रहरीको हिरासतमा छन्। उनीहरूविरूद्धको अनुसन्धान एक महिना कटेको छ, अनुसन्धान जारी छ। थापाका अनुसार अब उनीहरूविरूद्ध अनुसन्धान गर्न प्रहरीलाई थप चानचुन ६० दिन समयावधि छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान ऐन र संगठित अपराधतर्फको अनुसन्धानमा प्रहरीले ९० दिनसम्म आरोपीलाई थुनामा राख्न सक्ने कानुनी व्यवस्था छ। अहिले फरार आरोपी जिबीबाहेक रवि-छविहरूको हिरासत यात्रा लम्बिने निश्चित छ।

 

मुख्यतया : अहिले जिबी, रवि, छविहरूविरूद्ध पाँच वटा सहकारी ठगीको आरोप छ। काठमाडौं, कास्की, पर्सा, रूपन्देही र चितवनका सहकारीको तीन अर्ब बराबरको रकम ठगीको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ। त्यो अनुसन्धानको मुख्य ‘नाइके’को रूपमा जिबी, रवि र छवि जोशी रहेका छन्। उनीहरूसँग प्रहरीले अदालतसँग पक्राउ पूर्जी जारी गरिकन बयानमा बोलाइरहेको छ। जिबीबारे अलिकति चर्चा गरौं। जिबी नेपालमा ‘डाइरेक्ट सेलिङ’का नाममा गैरकानुनी नेटवर्किङ धन्दा चलाउने नेचर हर्ब्सका मालिक हुन्। त्यो नेचर हर्ब्ससँग जोडिएका व्यक्ति नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशी हुन्। त्यसमा पछि मिसिएका तत्कालीन कार्यक्रम प्रस्तोता, हालका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि हुन्।

 

यिनै तीन जनाको व्यापारिक साझेदारी पछि गोर्खा मिडिया नेटवर्कसम्म पुगेको हो। यी तीन जनाको साझेदारी विवादास्पद ढंगले सहकारी ठगीमा जोडिएको हो।  अनुसन्धान अनुसार जिबीका ‘डाइरेक्ट सेलिङ’जस्तै थुप्रै व्यवसाय छन्, उनी नेपालमा कम मलेसियामा बढी बस्ने व्यक्ति हुन्। अन्य व्यवसायबारे कति छन् गुनासो तथा उजुरी, त्यसलाई छोडेर सहकारी ठगीमा प्रहरीले मुख्य अनुसन्धान केन्द्रित गरेको छ। पाँच वटा सहकारी, पाँच जिल्लाका जिल्ला प्रहरी कार्यालयहरूले गरिरहेका छन्। अनुसन्धानको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) छ। ब्युरोका अनुसन्धान अधिकृतहरू पाँच वटै जिल्लामा सक्रिय रहेको ब्यरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले बताए।

 

‘पाँच वटै जिल्लामा हामीले अनुसन्धान अधिकृतहरू खटाएका छौं, उनीहरूको काम जिल्लाले गरिरहेको अनुसन्धानलाई सपोर्ट गर्ने, थप सूचना र तथ्यहरू केलाउनेलगायत छन्,’ थापाले भने, ‘यसबाहेक संगठित अपराधजन्य कसुरको विस्तृत अनुसन्धान, सम्पत्ति शुद्धीकरणजन्य कसुरको अनुसन्धानमा ब्युरोको टोलीले काम गर्छ।’ अहिले सहकारी ठगीबाहेक जिबी, रवि र छविलगायतविरूद्ध चार वटा कसुर स्थापित गर्न प्रहरीले मेहनत गरिरहेको छ। ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धान प्रहरीले गरिरहेको छ।

 

‘यी चार वटा मुद्दा आकर्षित हुने किसिमले हिरासतमा रहेकाहरूलाई हिरासतमा थप राख्न अदालतबाट म्याद थप भइरहेको छ, आरोपितहरूको कसुर जहाँ-जहाँ देखिन्छ, सम्बन्धित ठाउँमा पक्राउ पुर्जी लिएर बयानमा लग्ने व्यवस्था मिलाइएको छ,’ एआइजी थापाले भने। चार वटा कसुर आकर्षित गरी म्याद थपको व्यवस्थामा प्रहरीले अहिले अदालतको साथ पाइरहेको छ। पहिले मुद्दा दायरपछि मात्रै थुनछेक बहस (सरकारी वकिल र व्यक्तिगत वकिल)ले गर्थे भने अहिले म्याद थपका बखतमा इजलासमै वादी-प्रतिवादी वकिलबीच बहस हुने गरेको छ। ‘इजलासले बकाइदा आदेश दिएर मात्रै अहिले थुनुवाहरूलाई हिरासतमा राख्ने अनुमति पाइरहेका छौं, तथ्य र प्रमाण हेरेर बेञ्चले आदेश दिएपछि यो सम्भव भइरहेको छ, बाहिर प्रतिशोधपूर्ण रूपमा प्रहरीले त्यतिकै थुनिरहेको छ भनी मिथ्या हल्ला फिँजाइएको छ।’

 

पहिले, सम्पत्ति शुद्धीकरणजन्य कसुरमा अनुसन्धान गर्ने निकाय ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग’ थियो। अहिले फौजदारी मुद्दाको अनुसन्धान जुन निकायले गर्छ उसैलाई सम्पत्ति शुद्धीकरणजन्य कसुरको अनुसन्धान गर्ने अधिकार दिइएको छ। पहिले फौजदारी कसुरको अनुसन्धान पूरा भएपछि प्रहरीले विभागलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि लेखेर पठाउने गरेको थियो। अहिले सिधै उजुरी नपरेको खण्डमा प्रधानमन्त्री कार्यालय मातहत रहेको विभागले खासै ‘बिजनेस’ नपाउने भएकाले यसलाई ‘नाम मात्र’को भन्न थालिएको छ।

 

हालसम्म प्राप्त प्रमाण र अनुसन्धानले पाँच वटा सहकारीको तीन अर्ब बचत हिनामिना भएको देखाएको एआइजी थापाले बताए। सहकारीबाट निकालिएको रकम विभिन्न कम्पनी तथा जग्गा-जमिनमा समेतमा लगानी गरेको भेटिएको छ। त्यस्तो जमिन करिब ७० रोपनी रहेको र त्यसलाई सम्बन्धित ठाउँका मालपोतबाट रोक्का राखिएको थापाले बताए। ‘सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा घर, जग्गा, गाडी बिक्री गर्न नपाउन् भनेर रोकावट गरिएको छ, बैंक खाता रोक्का, थुनुवाहरूले नजिकका आफन्तको नाममा सम्पत्ति राखेको अवस्थासमेत हेरेर हामीले आवश्यक सबै कदम चालेका छौं,’ थापाले भने।

 

स्वर्णलक्ष्मीदेखि सानोपाइलासम्म सहकारी ठगी

प्रहरीका अनुसार अहिले पाँच वटा ‘स’ अगाडि आएका सहकारी संस्थाहरू छन्। ती सबैका सञ्चालक जिबी हुन् र ती सहकारी ठगीमा छवि, रवि पार्टनरको रूपमा जोडिएका छन्। र, ती पाँच वटै सहकारीको कोषाध्यक्षमा कुमार रम्तेल देखिन्छन्। रम्तेल कास्कीको सूर्यदर्शन सहकारी संस्था ठगी प्रकरणमा एक वर्षअघि नै पुर्पक्षका लागि कारागार चलान भएका छन्।

 

बाँकी अहिले हिरासतमा रहेका रवि-छविलगायतबाहेक सहकारी संस्था ठगीमा जोडिएका कतिपय व्यक्ति पक्राउ परेका छन्, कतिपय फरार छन्। कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको पूरक जाहेरी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा छ। पहिले प्रारम्भिक जाहेरी प्रहरी वृत्त कालिमाटीमा थियो, अहिले पूरक जाहेरी आएपछि परिसर स्वयम् स्वर्णलक्ष्मी सहकारीको अनुसन्धानमा सक्रिय छ।

 

‘स्वर्णलक्ष्मी सहकारी ठगीमा जोडिएका छविलाई कास्कीबाट ल्याएर बयान लिइयो, अब रविलाई ल्याइँदैछ,’ परिसरका एक अनुसन्धान अधिकृतले भने। ती अनुसन्धान अधिकृतका अनुसार रविलाई मंगलबार पोखराबाट काठमाडौं ल्याउने तयारी थियो। समय अभाव भनौं वा ‘टिकट नपाइएर’ लामिछानेलाई ल्याइएन। तर, लामिछानेलाई बयानमा ल्याउने पक्का छ।  स्वर्णलक्ष्मी सहकारी ठगीमा ६८० जनाको जाहेरीमा एक अर्ब ११ करोड ८५ लाख ३८ हजार ४८८ रुपैयाँ बिगो दाबी गरिएको छ। त्यसमा २४ जना प्रतिवादी छन्। तीमध्ये छवि, रवि, रम्तेल, सुनिता नेवा: र कमल लामा पक्राउ परेका छन्। पर्साको सानोपाइला सहकारी संस्था ठगीमा ४३७ जनाले जाहेरी दिएका छन्। उक्त सहकारीको ३३ करोड ५० लाख ७० हजार ४२७ रुपैयाँ ठगी भएकोबारे अनुसन्धान चलिरहेको छ। उक्त सहकारीको अनुसन्धानमा अहिलेसम्म छवि र रविलाई बयानमा बोलाइएको छैन। उनीहरूलाई बयानमा लैजाने सम्भावना अधिक छ। सानोपाइला सहकारी ठगीमा मुख्य आरोपी जिबीसहित १२ जना हुन्।

 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था ठगीमा ४४६ जनाले जाहेरी दिएका छन्। उक्त सहकारी संस्थाको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ ठगी भएको जाहेरीमा १७ जना प्रतिवादी छन्। त्यसमा जिबी, रवि, छवि, रम्तेल नै मुख्य छन्। उनीहरू सबैलाई चितवनमा पक्राउ पूर्जी जारी भएर बयानमा लैजाने तयारी छ। रुपन्देहीको सुप्रिम सहकारी संस्थाका १८३१ जनाले ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ ठगी गरेको भनी जिबी, छवि, रविलगायत २७ जनाविरूद्ध जाहेरी दिएका छन्। उक्त सहकारी ठगीको अनुसन्धान सिलसिलामा रवि-छविलाई रुपन्देहीमा बयान लिइसकिएको छ।

 

कास्कीको सूर्यदर्शन सहकारी संस्था ठगीमा १०३९ जनाले जाहेरी दिएका छन्। उक्त सहकारीको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ ठगी भएकोमा रवि, छवि, रम्तेलसहित १९ जना पक्राउ परेका छन्। १३ जना फरार छन्। उक्त सहकारी ठगीमा थप २५ जनाविरूद्ध पक्राउ पूर्जी जारी भएको छ। यस सहकारी संस्था ठग्दा जिबी राईले सहोदर दिदी-बहिनी (गीता र लीला पछाई)को नाममा सम्पत्ति जोडेको पाइएको छ। बहिनी लीला (हाल कास्कीमा थुनामा)को नाममा जिबीले खुमलटारमा चार आना जग्गामा बनेको घर, कार, पोखरामा पाँच आनामा बनेको घर राखेको पाइएको छ। उक्त सम्पत्ति रोक्का राखिसकिएको छ।

 

दिदी गीता पछाई (हाल रुपन्देहीमा थुनामा)को नाममा जिबीले रुपन्देहीमा जमिन राखेको पाइएको छ। गीताको नाममा रुपन्देहीमा तीन आना, दुई पैसा,१.५ दाम जग्गा देखिएको छ। उक्त जग्गा मालपोतबाट रोक्का राखिएको छ। जिबीले सहकारीको बचतबाट ललितपुरको भैंसेपाटीमा २३ रोपनी ७ आना जग्गा खरीद गरेर बिक्री गरेको भेटिएको छ। राईले २०७३ सालमा किनेको उक्त जग्गा २०७९ भदौ १ गते बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारी र विवादास्पद नागरिक पवनकुमार साहको संयुक्त लगानीको कम्पनी चेनी क्यापिटललाई १२ करोड ५० बिक्री गरेको खुलेको छ। चेनी क्यापिटलले १२ करोड ५० लाखमा किनेको २३ रोपनी ७ आना जग्गामध्ये ३ रोपनी जग्गा धितो राखी २०७९ भदौ १५ गते नै हिमालयन बैंक न्यूरोड शाखाबाट १६ करोड ८० लाख ऋण समेत लिएको भेटिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना

काठमाडौँ,  नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्याइ छ ।अधिकांश निजी लगानीका विद्यालयमा वैशाख १५ गतेदेखि पढाइ सुरु भइसकेको छ भने सामुदायिक विद्यालयमा भर्ना जारी छ । सामुदायिक विद्यालयले नयाँ विद्यार्थी भर्ना फाराम वितरण, सङ्कलन...

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ,  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु १०५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९२ हजार ७०० र त्यति नै...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा, चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा मरेका छन् । पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुको रानीसैन वनमा चराउन लगिएका भेडाबाख्रा चट्याङ लागेर मरेका हुन् । पानीपर्दा ओत लागेर ओडारमा बसेका बेला चट्याङ लागेर भेडाबाख्रा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

घोडाघोडीमा संस्थागत विद्यालय वर्गीकरण : न्यू स्टार  सहित ७ विद्यालय उत्कृष्टताको आधारमा ‘ख’ श्रेणीमा

सुखड । घोडाघोडी नगरपालिकाले संस्थागत विद्यालयहरूको गुणस्तर, शैक्षिक अवस्था र पूर्वाधारको आधारमा वर्गीकरण गर्ने निर्णय सार्वजनिक गरेको छ। उक्त निर्णयअनुसार नगरभित्र सञ्चालित निजी (संस्थागत) विद्यालयहरूलाई  ‘ख’, ‘ग’ र ‘घ’ श्रेणीमा विभाजन गरिएको छ। कुनैपनी विद्यालय ‘क’ श्रेणीमा परेका छैनन ।   नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै

काठमाडौँ, आज विश्व बौद्धिक सम्पदा दिवस हो । विश्वका विभिन्न देशमा यो दिवस नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै मनाइँदैछ ।प्रत्येक वर्ष अप्रिल २६ मा मनाइने यो दिवसको उद्देश्य नवप्रवर्तन, सिर्जनशीलता र बौद्धिक सम्पदाको संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु हो ।     विश्व बौद्धिक सम्पदा सङ्गठनको पहलमा...

नेपाल एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा

काठमाडौँ,  छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ ।चीनको हाइनान्स्थित सन्या सहरमा आज भएको खेलमा नेपाल बङ्गलादेशलाई ३८–३६ ले पराजित गर्दै विजयी भएको हो । यससँगै नेपाल समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९