पाँच वटा सहकारीको तीन अर्ब ठगीका ‘नाइके’हरूलाई चिन्नुहोस्

सहकारी ठगेर आर्जेको करिब ७० रोपनी जग्गा रोक्का

काठमाडौं – सहकारी ठगी प्रकरण, त्यसका मुख्य आरोपी गितेन्द्रबाबु राई (जिबी)सहित, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीबारे चार कसुरमा अनुसन्धान भइरहेको छ।

ती चार कसुर यसप्रकार छन्।

पहिलो, सहकारी ठगी।

दोस्रो, किर्ते।

तेस्रो संगठित अपराध।

र, अन्तिम, सम्पत्ति शुद्धीकरण।

प्रहरीले यी चारै कसुरमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सिआइबी)का निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा बताउँछन्। सहकारी ठगीमा फरार आरोपी जिबीबाहेक, रवि लामिछाने र छविलाल जोशी प्रहरीको हिरासतमा छन्। उनीहरूविरूद्धको अनुसन्धान एक महिना कटेको छ, अनुसन्धान जारी छ। थापाका अनुसार अब उनीहरूविरूद्ध अनुसन्धान गर्न प्रहरीलाई थप चानचुन ६० दिन समयावधि छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान ऐन र संगठित अपराधतर्फको अनुसन्धानमा प्रहरीले ९० दिनसम्म आरोपीलाई थुनामा राख्न सक्ने कानुनी व्यवस्था छ। अहिले फरार आरोपी जिबीबाहेक रवि-छविहरूको हिरासत यात्रा लम्बिने निश्चित छ।

 

मुख्यतया : अहिले जिबी, रवि, छविहरूविरूद्ध पाँच वटा सहकारी ठगीको आरोप छ। काठमाडौं, कास्की, पर्सा, रूपन्देही र चितवनका सहकारीको तीन अर्ब बराबरको रकम ठगीको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ। त्यो अनुसन्धानको मुख्य ‘नाइके’को रूपमा जिबी, रवि र छवि जोशी रहेका छन्। उनीहरूसँग प्रहरीले अदालतसँग पक्राउ पूर्जी जारी गरिकन बयानमा बोलाइरहेको छ। जिबीबारे अलिकति चर्चा गरौं। जिबी नेपालमा ‘डाइरेक्ट सेलिङ’का नाममा गैरकानुनी नेटवर्किङ धन्दा चलाउने नेचर हर्ब्सका मालिक हुन्। त्यो नेचर हर्ब्ससँग जोडिएका व्यक्ति नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशी हुन्। त्यसमा पछि मिसिएका तत्कालीन कार्यक्रम प्रस्तोता, हालका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि हुन्।

 

यिनै तीन जनाको व्यापारिक साझेदारी पछि गोर्खा मिडिया नेटवर्कसम्म पुगेको हो। यी तीन जनाको साझेदारी विवादास्पद ढंगले सहकारी ठगीमा जोडिएको हो।  अनुसन्धान अनुसार जिबीका ‘डाइरेक्ट सेलिङ’जस्तै थुप्रै व्यवसाय छन्, उनी नेपालमा कम मलेसियामा बढी बस्ने व्यक्ति हुन्। अन्य व्यवसायबारे कति छन् गुनासो तथा उजुरी, त्यसलाई छोडेर सहकारी ठगीमा प्रहरीले मुख्य अनुसन्धान केन्द्रित गरेको छ। पाँच वटा सहकारी, पाँच जिल्लाका जिल्ला प्रहरी कार्यालयहरूले गरिरहेका छन्। अनुसन्धानको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) छ। ब्युरोका अनुसन्धान अधिकृतहरू पाँच वटै जिल्लामा सक्रिय रहेको ब्यरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले बताए।

 

‘पाँच वटै जिल्लामा हामीले अनुसन्धान अधिकृतहरू खटाएका छौं, उनीहरूको काम जिल्लाले गरिरहेको अनुसन्धानलाई सपोर्ट गर्ने, थप सूचना र तथ्यहरू केलाउनेलगायत छन्,’ थापाले भने, ‘यसबाहेक संगठित अपराधजन्य कसुरको विस्तृत अनुसन्धान, सम्पत्ति शुद्धीकरणजन्य कसुरको अनुसन्धानमा ब्युरोको टोलीले काम गर्छ।’ अहिले सहकारी ठगीबाहेक जिबी, रवि र छविलगायतविरूद्ध चार वटा कसुर स्थापित गर्न प्रहरीले मेहनत गरिरहेको छ। ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धान प्रहरीले गरिरहेको छ।

 

‘यी चार वटा मुद्दा आकर्षित हुने किसिमले हिरासतमा रहेकाहरूलाई हिरासतमा थप राख्न अदालतबाट म्याद थप भइरहेको छ, आरोपितहरूको कसुर जहाँ-जहाँ देखिन्छ, सम्बन्धित ठाउँमा पक्राउ पुर्जी लिएर बयानमा लग्ने व्यवस्था मिलाइएको छ,’ एआइजी थापाले भने। चार वटा कसुर आकर्षित गरी म्याद थपको व्यवस्थामा प्रहरीले अहिले अदालतको साथ पाइरहेको छ। पहिले मुद्दा दायरपछि मात्रै थुनछेक बहस (सरकारी वकिल र व्यक्तिगत वकिल)ले गर्थे भने अहिले म्याद थपका बखतमा इजलासमै वादी-प्रतिवादी वकिलबीच बहस हुने गरेको छ। ‘इजलासले बकाइदा आदेश दिएर मात्रै अहिले थुनुवाहरूलाई हिरासतमा राख्ने अनुमति पाइरहेका छौं, तथ्य र प्रमाण हेरेर बेञ्चले आदेश दिएपछि यो सम्भव भइरहेको छ, बाहिर प्रतिशोधपूर्ण रूपमा प्रहरीले त्यतिकै थुनिरहेको छ भनी मिथ्या हल्ला फिँजाइएको छ।’

 

पहिले, सम्पत्ति शुद्धीकरणजन्य कसुरमा अनुसन्धान गर्ने निकाय ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग’ थियो। अहिले फौजदारी मुद्दाको अनुसन्धान जुन निकायले गर्छ उसैलाई सम्पत्ति शुद्धीकरणजन्य कसुरको अनुसन्धान गर्ने अधिकार दिइएको छ। पहिले फौजदारी कसुरको अनुसन्धान पूरा भएपछि प्रहरीले विभागलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि लेखेर पठाउने गरेको थियो। अहिले सिधै उजुरी नपरेको खण्डमा प्रधानमन्त्री कार्यालय मातहत रहेको विभागले खासै ‘बिजनेस’ नपाउने भएकाले यसलाई ‘नाम मात्र’को भन्न थालिएको छ।

 

हालसम्म प्राप्त प्रमाण र अनुसन्धानले पाँच वटा सहकारीको तीन अर्ब बचत हिनामिना भएको देखाएको एआइजी थापाले बताए। सहकारीबाट निकालिएको रकम विभिन्न कम्पनी तथा जग्गा-जमिनमा समेतमा लगानी गरेको भेटिएको छ। त्यस्तो जमिन करिब ७० रोपनी रहेको र त्यसलाई सम्बन्धित ठाउँका मालपोतबाट रोक्का राखिएको थापाले बताए। ‘सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा घर, जग्गा, गाडी बिक्री गर्न नपाउन् भनेर रोकावट गरिएको छ, बैंक खाता रोक्का, थुनुवाहरूले नजिकका आफन्तको नाममा सम्पत्ति राखेको अवस्थासमेत हेरेर हामीले आवश्यक सबै कदम चालेका छौं,’ थापाले भने।

 

स्वर्णलक्ष्मीदेखि सानोपाइलासम्म सहकारी ठगी

प्रहरीका अनुसार अहिले पाँच वटा ‘स’ अगाडि आएका सहकारी संस्थाहरू छन्। ती सबैका सञ्चालक जिबी हुन् र ती सहकारी ठगीमा छवि, रवि पार्टनरको रूपमा जोडिएका छन्। र, ती पाँच वटै सहकारीको कोषाध्यक्षमा कुमार रम्तेल देखिन्छन्। रम्तेल कास्कीको सूर्यदर्शन सहकारी संस्था ठगी प्रकरणमा एक वर्षअघि नै पुर्पक्षका लागि कारागार चलान भएका छन्।

 

बाँकी अहिले हिरासतमा रहेका रवि-छविलगायतबाहेक सहकारी संस्था ठगीमा जोडिएका कतिपय व्यक्ति पक्राउ परेका छन्, कतिपय फरार छन्। कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको पूरक जाहेरी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा छ। पहिले प्रारम्भिक जाहेरी प्रहरी वृत्त कालिमाटीमा थियो, अहिले पूरक जाहेरी आएपछि परिसर स्वयम् स्वर्णलक्ष्मी सहकारीको अनुसन्धानमा सक्रिय छ।

 

‘स्वर्णलक्ष्मी सहकारी ठगीमा जोडिएका छविलाई कास्कीबाट ल्याएर बयान लिइयो, अब रविलाई ल्याइँदैछ,’ परिसरका एक अनुसन्धान अधिकृतले भने। ती अनुसन्धान अधिकृतका अनुसार रविलाई मंगलबार पोखराबाट काठमाडौं ल्याउने तयारी थियो। समय अभाव भनौं वा ‘टिकट नपाइएर’ लामिछानेलाई ल्याइएन। तर, लामिछानेलाई बयानमा ल्याउने पक्का छ।  स्वर्णलक्ष्मी सहकारी ठगीमा ६८० जनाको जाहेरीमा एक अर्ब ११ करोड ८५ लाख ३८ हजार ४८८ रुपैयाँ बिगो दाबी गरिएको छ। त्यसमा २४ जना प्रतिवादी छन्। तीमध्ये छवि, रवि, रम्तेल, सुनिता नेवा: र कमल लामा पक्राउ परेका छन्। पर्साको सानोपाइला सहकारी संस्था ठगीमा ४३७ जनाले जाहेरी दिएका छन्। उक्त सहकारीको ३३ करोड ५० लाख ७० हजार ४२७ रुपैयाँ ठगी भएकोबारे अनुसन्धान चलिरहेको छ। उक्त सहकारीको अनुसन्धानमा अहिलेसम्म छवि र रविलाई बयानमा बोलाइएको छैन। उनीहरूलाई बयानमा लैजाने सम्भावना अधिक छ। सानोपाइला सहकारी ठगीमा मुख्य आरोपी जिबीसहित १२ जना हुन्।

 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था ठगीमा ४४६ जनाले जाहेरी दिएका छन्। उक्त सहकारी संस्थाको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ ठगी भएको जाहेरीमा १७ जना प्रतिवादी छन्। त्यसमा जिबी, रवि, छवि, रम्तेल नै मुख्य छन्। उनीहरू सबैलाई चितवनमा पक्राउ पूर्जी जारी भएर बयानमा लैजाने तयारी छ। रुपन्देहीको सुप्रिम सहकारी संस्थाका १८३१ जनाले ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ ठगी गरेको भनी जिबी, छवि, रविलगायत २७ जनाविरूद्ध जाहेरी दिएका छन्। उक्त सहकारी ठगीको अनुसन्धान सिलसिलामा रवि-छविलाई रुपन्देहीमा बयान लिइसकिएको छ।

 

कास्कीको सूर्यदर्शन सहकारी संस्था ठगीमा १०३९ जनाले जाहेरी दिएका छन्। उक्त सहकारीको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ ठगी भएकोमा रवि, छवि, रम्तेलसहित १९ जना पक्राउ परेका छन्। १३ जना फरार छन्। उक्त सहकारी ठगीमा थप २५ जनाविरूद्ध पक्राउ पूर्जी जारी भएको छ। यस सहकारी संस्था ठग्दा जिबी राईले सहोदर दिदी-बहिनी (गीता र लीला पछाई)को नाममा सम्पत्ति जोडेको पाइएको छ। बहिनी लीला (हाल कास्कीमा थुनामा)को नाममा जिबीले खुमलटारमा चार आना जग्गामा बनेको घर, कार, पोखरामा पाँच आनामा बनेको घर राखेको पाइएको छ। उक्त सम्पत्ति रोक्का राखिसकिएको छ।

 

दिदी गीता पछाई (हाल रुपन्देहीमा थुनामा)को नाममा जिबीले रुपन्देहीमा जमिन राखेको पाइएको छ। गीताको नाममा रुपन्देहीमा तीन आना, दुई पैसा,१.५ दाम जग्गा देखिएको छ। उक्त जग्गा मालपोतबाट रोक्का राखिएको छ। जिबीले सहकारीको बचतबाट ललितपुरको भैंसेपाटीमा २३ रोपनी ७ आना जग्गा खरीद गरेर बिक्री गरेको भेटिएको छ। राईले २०७३ सालमा किनेको उक्त जग्गा २०७९ भदौ १ गते बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारी र विवादास्पद नागरिक पवनकुमार साहको संयुक्त लगानीको कम्पनी चेनी क्यापिटललाई १२ करोड ५० बिक्री गरेको खुलेको छ। चेनी क्यापिटलले १२ करोड ५० लाखमा किनेको २३ रोपनी ७ आना जग्गामध्ये ३ रोपनी जग्गा धितो राखी २०७९ भदौ १५ गते नै हिमालयन बैंक न्यूरोड शाखाबाट १६ करोड ८० लाख ऋण समेत लिएको भेटिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

म्याग्दी,  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।   अन्नपूर्ण–४ का वडाध्यक्ष...

यातायात र भान्छालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार लागिपरेको छः मन्त्री घिसिङ

काठमाडौँ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २९औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री घिसिङले केही काम भएको र अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।...

पुनःनिर्माण कोषमा छ करोड २४ लाख सङ्कलन

काठमाडौँ, गत भदौ २३ र २४ गते देशभर भएका जेन–जी प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र अतिक्रमणका कारण क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा हालसम्म रू छ करोड २४ लाख सङ्कलन भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद...

चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन बीच बेइजिङमा भेटवार्ता

बेइजिङ, चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार बेइजिङमा रूसी प्रधान मन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गरी बहु पक्षिय सहयोग र विकास रणनीतिको समन्वयका लागि आह्वान गर्नु भएको छ ।राष्ट्रपति सीले यस वर्षको सुरुदेखि नै चीन र रूसले उच्च–स्तर र उच्च–गुणस्तरको विकास लक्ष्यहरूको साथ शान्तिको लागि बाह्य...

बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

चितवन, सोमबार चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका बेलायती पर्यटकको समूहले प्रत्यक्ष बाघ अवलोकन गर्ने अवसर पाए । गत साता हल्याण्डका पर्यटकले पनि बाघ देखेपछि उत्साहित हुँदै खुशी व्यक्त गरेका थिए । पर्यटक र निकुञ्जका कर्मचारी, सुरक्षाकर्मीले पनि हिजोआज विगतका तुलनामा बढी बाघ देख्न थालेका छन्...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९