टीभी च्यानलहरूका लागि ठूलो खतरा बन्दै युट्यूब

एजेन्सी : संसारभर युट्यूबको लोकप्रियता बढ्दै गएको छ। पहिलोपटक अमेरिकामा मानिसहरूले टीभी वा सिनेमा हेर्नभन्दा यूट्यूबमा धेरै समय बिताए।

 

युट्यूबले डिज्नी, प्यारामाउन्ट, फक्स च्यानल, नेटफ्लिक्स र अमेजन जस्ता ओटीटी प्लाटफर्मलाई पनि पछाडि छाडिदियो। तर केही महिनामा युट्यूब फेरि दोस्रो स्थानमा झर्‍यो। सर्वेक्षणअनुसार बेलायतमा १६ देखि २४ वर्ष उमेर समूहका ५० प्रतिशत मानिस टेलिभिजनमा कार्यक्रमको सट्टा युट्यूब हेर्न रुचाउँछन्।

 

विश्वभर मासिक करिब तीन अर्ब मान्छेले युट्यूब हेर्छन्। तीमध्ये अधिकांश २५ देखि ३५ वर्षबीचको उमेरका छन् र उनीहरू टीभीको मुख्य दर्शकभन्दा कम उमेरका छन्। युट्यूब एप्स, भिडियो गेम कन्सोल र स्मार्ट टीभीमा उपलब्ध छ।

 

‘युट्यूबमा मान्छेले विभिन्न खालका सामग्री भेटाउँछन्। यो अहिले सबैभन्दा लोकप्रिय अनलाइन प्लाटफर्म र विज्ञापन कम्पनीहरूका लागि उपभोक्तासम्म पुग्ने सबैभन्दा ठूलो माध्यम भएको छ, ‘युट्यूबको क्रिप्टोकरेन्सी राइज टु वर्ल्ड डोमिनेशन’ पुस्तकका लेखक मार्क बर्गन भन्छन्‚ ‘यो भिडियोहरूको सबैभन्दा ठूलो क्याटलग बनेको छ। मानिसले युट्यूबमा धेरै कुरा खोज्न र हेर्न सक्छन्।’

 

युट्यूबको सुरुवात

 

अनलाइन भिडियो शेयरिङ प्लाटफर्म युट्यूबको सुरुवात सन् २००५ मा भएको थियो र यसमा अपलोड गरिएको पहिलो भिडियो मात्र १९ सेकेन्डको थियो, जुन यसका सहसंस्थापकले क्यालिफोर्नियाको सान डिएगोमा रहेको प्राणी संग्रहालयभित्र घुम्दै गर्दा रेकर्ड गरेका थिए। त्यसको एक वर्षपछि गुगलले १.६५ बिलियन डलरमा युट्यूब किन्यो। सबैभन्दा धेरै भारतमा करिब ४० करोड मानिसले युट्यूब हेर्छन् र युट्यूब एक सयभन्दा बढी देशमा उपलब्ध छ।

 

मार्क बर्गनका अनुसार ब्राजिल, इन्डोनेसियालगायत धेरै नयाँ उदीयमान बजारमा टीभी च्यानललाई प्रतिस्थापन गरेको युट्यूब त्यहाँ मनोरञ्जन र समाचारको मुख्य स्रोत बनिसकेको छ। पहिले मनोरञ्जन उद्योग र विज्ञापन कम्पनीले युट्यूबलाई गम्भीरतापूर्वक लिएनन्।

 

विस्तारै हलिउड, टीभी उद्योग, नेटफ्लिक्स र अमेजनका लागि खतरा बनेको युट्यूबले आफ्नै मौलिक शो बनाउन थाल्यो र नेटफ्लिक्स जस्ता उपभोक्ताबाट सब्सक्रिप्शन शुल्क लिन थाल्यो। बर्गनका अनुसार सन् २०१६ मा युट्यूबले मौलिक र महँगो सामग्री बनाउन थाल्यो तर यसले नेटफ्लिक्स जस्ता कम्पनीको लगानीसँग प्रतिस्पर्धा गर्न सकेन। नयाँ चरणमा युट्युबले आफ्नो स्थिति धेरै बलियो बनाएको छ।

 

‘अब मानिसहरू खाना बनाउनदेखि केही वस्तुको मर्मतसम्मको भिडियो हेर्न युट्यूब प्रयोग गर्छन्। मानिसलाई चाहिने अधिकांश भिडियो यहाँ सजिलै उपलब्ध छन्। युट्यूबका आफ्नै स्टारहरू छन् जसको लोकप्रियता हलिउड स्टारहरूभन्दा कम छैन’‚ उनी भन्छन्।

 

निगरानी

 

केही बाहेक, युट्यूबका अधिकांश सेवा निःशुल्क छन्। युट्यूबले जो कोही पनि स्टार बन्न सक्छ भनेर प्रमाणित गरिदिएको छ। ‘ठूलो संख्यामा भिडियो अपलोड भइरहेका छन्, जसका कारण तिनीहरूमाथि नियन्त्रण पनि चुनौतीपूर्ण बन्दै गएको छ’, मार्क भन्छन्‚ ‘यदि सरकारले युट्यूब नियन्त्रण बाहिर गइरहेको महसुस गरेमा यसका लागि खतरा पनि निम्तन सक्छ।’

 

नयाँ पुस्ताका लागि युट्यूबको उपयोगिता सन्दर्भमा लेखिएको एक पुस्तकका लेखक क्रिस स्टोकेल वाकरका अनुसार युट्यूबमा आपत्तिजनक सामग्री अपलोड गर्ने वा आपत्तिजनक टिप्पणी गर्ने व्यक्तिविरुद्ध मुद्दा दायर गर्न सकिन्छ।

 

सन् २०१९ मा गुगल र युट्यूबले तेह्र वर्षमुनिका बालबालिकाका अभिभावकको अनुमतिबिना डेटा सङ्कलन गरेको आरोपमा मुद्दा चलाइएको थियो र सम्झौताअन्तर्गत यी कम्पनीहरूले १७ करोड डलर तिरेका थिए। वाकर युट्यूबलाई मध्यपूर्वका धेरै देशमा प्रतिबन्धित वा आलोचना गरिएको बताउँछन्। युट्यूबमा सेक्स, यौनहिंसा र लागूपदार्थ दुर्व्यसनसँग सम्बन्धित भिडियो छन्, जसको पश्चिममा त्यति धेरै आपत्ति नजनाइए पनि मध्यपूर्वका देशको संस्कृतिको विरुद्ध मानिन्छ।

 

हालै युरोपेली संघले अनलाइन सुरक्षा सुनिश्चित गर्न र टेक्नोलोजी कम्पनीहरूको प्रतिस्पर्धा विरोधी व्यवहार रोक्न दुई नयाँ कानून लागू गरेको छ। तर युट्यूबमा ठूलो परिमाणमा सामग्री अपलोड हुने भएकाले ती कानुन कार्यान्वयनमा समस्या छ। क्रिस स्टोकेल वाकर भन्छन्‚ ‘युट्युबमा हरेक मिनेट पाँच सय घण्टाको सामग्री अपलोड हुन्छ। यसको अनुगमनमा धेरै कठिनाइ छन्।’

 

टिकटक चुनौती ?

 

अमेरिकाको कार्नेगी मेलन युनिभर्सिटीमा सूचना प्रणालीका प्रोफेसर राहुल तेलंग भन्छन्‚ ‘पहिले टीभी उद्योगले युट्यूबबाट खतरा हुनसक्ने सोचेका थिएनन् तर अहिले यो हलिउडदेखि नेटफ्लिक्स र डिज्नीसम्मका धेरै च्यानलको बलियो प्रतिस्पर्धी बनेको छ।’

 

युट्यूबको सबैभन्दा ठूलो फाइदा के हो भने यसले आफ्ना प्रयोगकर्ताले सिर्जना गरेको सामग्री उपलब्ध गराउँछ जसले के ट्रेन्ड हुन्छ वा लोकप्रिय हुन्छ र के हुँदैन भनेर सोच्नुपर्ने बाध्यता सिर्जना गर्दैन। टीभी कम्पनीहरू र ओटीटी प्लाटफर्महरूले आफ्नो सामग्रीमा धेरै पैसा लगानी गर्नुपर्ने, समय लिने र कहिलेकाहीँ मानिसलाई त्यो सामग्री मन पनि नपर्ने हुँदा यसबारे धेरै सोच्नुपर्छ। तर युट्यूबमा यस्तो समस्या हुँदैन अर्थात् यसले कुनै जोखिम उठाउँदैन।

 

‘अर्को महत्वपूर्ण कुरा के हो भने यूट्यूबलाई हामीले के हेरिरहेका छौँ भनेर राम्ररी थाहा छ। राहुल तेलंग भन्छन्‚ ‘नेटफ्लिक्स वा अन्य परम्परागत टेलिभिजन च्यानलहरू मात्र सामग्री सिर्जना र प्रस्तुत गर्छन् तर युट्यूबलाई हामीले विगतमा के हेरेका छौं र मन पराएका छौं भन्ने थाहा छ।’ यही जानकारीको आधारमा यसले विज्ञापन पनि दिन्छ र नयाँ भिडियो सुझाउँछ।

 

युट्यूबले परम्परागत टीभीबाट कुनै खतरा देख्दैन तर यसले भिडियो सेयरिङ एप टिकटकको बढ्दो लोकप्रियतालाई नजिकबाट नियालिरहेको छ। ‘टिकटकले मानिसलाई कसरी मनोरञ्जन गर्ने भनेर बुझेको छ। केही प्रयोगकर्ताले टिकटकमा रिलहरू हेरेर ६-७ घण्टा बिताउने अध्ययनबाट पत्ता लगाएको छु’‚ तेलंग भन्छन्‚ ‘अब सबैले प्रयोगकर्ताको ध्यानाकर्षण गर्न चाहन्छन्। त्यस्ता एपहरूले युट्यूबलाई चुनौती दिन सक्छन् तर युट्यूबमा यति धेरै विविधता र रोचक सामग्री छ कि यो हाल बजारको नेतृत्व गरिरहेको छ र यसलाई त्यो ठाउँबाट सार्न धेरै गाह्रो छ।’

 

गत वर्ष युट्यूबले विज्ञापनमार्फत ३१.५ बिलियन डलर कमाएको थियो अर्थात् आफ्नो अभिभावक कम्पनी गुगल्को तुलनामा विज्ञापनबाट १० प्रतिशत बढी कमाइ गरेको थियो। युट्यूबले ठूलो सफलता प्राप्त गरेको छ र विश्वका कैयौँ बजारमा जमेको छ। उसले सामग्री बनाउनमा पनि ठूलो लगानी गरिरहेको छ।

 

‘युट्यूबले सामग्री सिर्जना गर्न विश्वव्यापी २० अर्ब डलर खर्च गरेको छ, जुन ठूलो रकम हो’‚ ब्रसेल्सको ब्रिए युनिभर्सिटीका प्रोफेसर डाक्टर मार्लिन कोमोरोभस्की भन्छन्‚ ‘युट्यूबले प्रयोगकर्ताहरूले सिर्जना गर्ने सामग्रीमा बढी ध्यान दिएर टीभी च्यानललाई ठूलो चुनौती खडा गरेको छ।’

 

यूट्यूब दैनिक हेर्नु करोडौँ मानिसको बानी भइसकेको छ। युट्यूबको विज्ञापनबाट आम्दानी बढ्दै गएको छ भने कन्टेन्ट निर्माणमा लगानी बढिरहेको छ। यसको सामग्री सधैं इन्टरनेटमा उपलब्ध छ जसका कारण मानिसहरूले टीभीको सट्टा युट्यूब बढी हेर्न थालेका छन्। बिबिसीबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ तीन पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१...

नयाँ सरकारसँग युवाको अपेक्षाः सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी

काठमाडौँ,  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति देशभरका युवापुस्ताको चासो र अपेक्षा बढेको छ । ‘जेनजी’ पुस्ताका युवाहरूले आगामी सरकारबाट सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र प्रणालीगत सुधारको अपेक्षा गरेका छन् ।     प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवयुवाको उपस्थितिका कारण पनि युवामैत्री...

सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौँ,  मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनकोे मूल्य रु दुई हजारले बढेको छ भने चाँदी मोल स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १९ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

भोजपुरमा हिउँदे आलु थन्काउन किसान व्यस्त

भोजपुर, यहाँका किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन् । खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा खटिएका देखिन्छन् । जिल्लाका विभिन्न गाउँबस्तीमा किसानले आलु खन्ने, छानेर बोरा भर्ने, सुकाउने र घरमा भित्र्याउने काम गरिरहेका हुन् ।   जिल्लाका ग्रामीण...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो । उहाँलाई...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९