पत्रकार धनराज (अविरल) माल्टा नेपाल अनलाइनको सम्पादकमा चयन 

काठमाण्डौ। पत्रकार धनराज विक (अविरल) माल्टा नेपाल अनलाइनको सम्पादकमा चयन भएका छन् । मंसिर १६ गतेदेखि जिम्मेवारी सम्हाल्ने गरेर अविरल सम्पादकमा चयन भएका हुन् ।

आइतबार बसेको माल्टा नेपाल अनलाइनको बैठकले सम्पादकको जिम्मेवारी उनलाई प्रदान गरेको हो । विगत लामो समयदेखि प्राविधिक कारणले संचालनमा नआएको माल्टा नेपाल अनलाइन अबदेखि निरन्तर संचालनमा आउने पत्रकार अविरलले बताए ।

 

नेपालमा पत्रकारिता गर्दै आएका विक युरोपमा आएर पनि पत्रकारितामा सक्रिय रहेर प्रवासी नेपालीका पक्षमा निरन्तर कलम चलाउँदै आएका छन् । कामको व्यस्ततासंगै पत्रकार अविरलले माल्टामा समाचार मार्फत आप्रवासी नेपालीका भोगाइलाई उजागार गर्दै आएका छन् । पत्रकार अविरलका साथै सम्पादकीय मण्डलमा प्रधान सम्पादकमा पत्रकार प्रकाश बगाले र बजार व्यवस्थापनमा दिनेश कार्कीलार्ई पुनः चयन गरिएको छ भने मुख्य संवाददातामा शिशिर जनाल चयन भएका छन् ।

 

सदूरपश्चिम सेवा समाज माल्टाका कोषाध्यक्ष दिनेश नागरीले पत्रकार अविरलको समाचार लेखनको प्रशंसा गरेका छन् । नेपाल हुँदै युरोपमा पनि सक्रिय रुपमा पत्रिकारिता गर्दै आएका अविरलले प्रवासी नेपालीका पक्षमा समाचार लेखी युरोपमा नेपाललाई चिनाउने काम गर्दै आएको बताए । इमानदार, स्वतन्त्र र निष्पक्ष छवीले सबैको लोकप्रिय बनेका पत्रकार अविरल माल्टा नेपाल अनलाइनको सम्पादकमा चयन भएकोमा खुसी लागेको भन्दै लामो समयदेखि रोकिएको अनलाइन अबदेखि नियमित संचालनमा आउने विश्वास आफूले राखेको नागरी बताउछन् ।

 

शिक्षक एवम् समावसेवी कृष्ण बिकले पत्रकार धनराज अविरलको कलमले समाजमा न्यायगर्दै आएको बताए । स्वतन्त्र पत्रकारको पहिचान कायम राख्दै सत्यतथ्य समाचार मार्फत सबैको मन जित्नु भएका अविरलले खोजमूलक समाचारमा बढी कलम चलाउने गरेको बताए । अन्याय, अत्याचार, शोषण दमन, थिचोमिचो, बेथिति, विभेद र भ्रष्टाचारका विरुद्ध डिरका साथ खरो रुपमा समाचार लेख्दै आउनु भएका पत्रकार अविरलले सामाजिक न्याय र परिवर्तनका पक्षमा पनि बढी जोड दिएर पत्रकारिता गर्ने गरेको बिकले बताए । अविरलले सामाजिक रुपमा नेपाल हुँदै युरोपमा पनि प्राप्त गरेका सम्मानले उनको कुशल व्यक्तित्व र क्षमता झल्किने गरेको उनी बताउँछन् ।

 

नमस्ते नेपाल मिनीमार्केट माल्टाका संचालक एवम् १४ वर्षदेखि परिवार सहित माल्टामा बस्दै आएका बाबू अर्यालले पत्रकार अविरल माल्टामा आएपछि प्रवासी नेपालीका भोगाई र गतिबिधीहरु प्राथमिकताका साथ निरन्तर समाचारमा समेटिएको बताए । अर्यालले अविरलको समाचार लेखनको प्रशंसा गर्दै कामको निकै व्यस्तताबाट समय निकालेर पत्रकार अविरल माल्टामा समाचार लेखनमा सक्रिय रहेको बताए ।

 

आफूलाई सम्पादकको जिम्मेवारी प्रदान गर्ने माल्टा नेपाल अनलाइन परिवारलाई पत्रकार अविरलले धन्यवाद् दिएका छन् । पत्रकार आचारसहिंताको पालना गरेर पत्रकारिता पेशाको मर्यादा जोगाउँदै पत्रकारिता गर्ने अविरलले बताए । अनलाइनलाई आगामी दिनमा पाठक वर्गको चाहना अनुसार निरन्तर प्रकाशनमा ल्याउने जानकारी दिदै पाठकको सकारात्मक सुझाव सल्लाह र सहयोगको आफूले अपेक्षा गरेको उनले बताए ।

 

लामोसमय देखि अनुमोदन राष्ट्रिय दैनिक र अनुमोदन खवर डट.कममा कामगर्दै आएका विक, क्रियाशील दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश सचिव, पत्रकार महासंघ कैलाली सदस्य र पत्रकार महासंघ युरोपका कार्यसमिति सदस्य समेत रहेका छन् ।

 

नेपालमा लामो समयदेखि पत्रकारिता, साहित्य, मानवअधिकार, मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्शको क्षेत्रमा कार्यरत रहेका अविरल सबै क्षेत्रबाट सम्मानित भइ सकेका छन् । सम्मानित भएका अविरलले २०६१ सालदेखि निरन्तर पत्रकारिता गर्दै आएकाछन् । परिचर्चा राष्ट्रिय दैनिक, टीकापुर राष्ट्रिय दैनिक हुँदै सामुदायिक रेडियो टीकापुर एफएममा समेत उनले कामगरी सकेका छन् । २०८० साल कार्तिक २४ गते माल्टा आइपुगेका अविरलले माल्टामा पनि पत्रकारितालाई सक्रिय रुपमा निरन्तरता दिदै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ तीन पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१...

नयाँ सरकारसँग युवाको अपेक्षाः सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी

काठमाडौँ,  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति देशभरका युवापुस्ताको चासो र अपेक्षा बढेको छ । ‘जेनजी’ पुस्ताका युवाहरूले आगामी सरकारबाट सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र प्रणालीगत सुधारको अपेक्षा गरेका छन् ।     प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवयुवाको उपस्थितिका कारण पनि युवामैत्री...

सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौँ,  मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनकोे मूल्य रु दुई हजारले बढेको छ भने चाँदी मोल स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १९ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

भोजपुरमा हिउँदे आलु थन्काउन किसान व्यस्त

भोजपुर, यहाँका किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन् । खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा खटिएका देखिन्छन् । जिल्लाका विभिन्न गाउँबस्तीमा किसानले आलु खन्ने, छानेर बोरा भर्ने, सुकाउने र घरमा भित्र्याउने काम गरिरहेका हुन् ।   जिल्लाका ग्रामीण...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो । उहाँलाई...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९