घोडाघोडी मन्दिरमा दिइयो १ हजार १६ पशु पंक्षिको बलि

सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ घोडाघोडी मन्दिर परिसरमा शुक्रवार बिहान पशु पंक्षिको बलि दिइएको छ । लवाङ्गी पूजाको अवसरमा घोडाघोडी मन्दिरमा कुखुरा, बोका र सुँगुरको बलि दिइएको हो । ९ सय ४९ कुखुरा, ६४ बोका र ३ सुँगुर गरी जम्मा १ हजार १६ पशु पंक्षिको बलि दिइएको घोडाघोडी नगरपालिका नगर स्तरीय भलमन्सा कार्य समितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिए ।

 

 

विगतमा थारु समुदायले मात्र बली दिँदै आएकोमा पछिल्लो समय गैर थारुहरूले समेत मन्दिरमा बली दिएको भलमन्सा बुधराम चौधरीले बताए । घोडाघोडी मन्दिरमा बलि दिने परम्परा परापुर्वकाल देखी चल्दै आएको र वर्षमा एक पटक बलि नचढाए दैविक शक्तिले ठुलो मानवीय क्षेत्री गर्ने, सङ्कट आई पर्ने तथा मानिसको बलि समेत खाने गरेको मन्दिरका गुरुबाहरूको भनाई छ ।

 

 

 

समुदायको यस्तो सहकार्यले आपसी भाइचाराको सम्बन्ध कायम हुने तथा सामाजिक सद्भाव समेत मजबुत हुँदै गएको थारु समुदायका अगुवाहरू बत्ताउँछन् । यो वर्ष देखी घोरीघोरा लवाङ्गी पूजामा सरकारी स्तरबाट पूजा समेत गरीएको छ । बिहानै साढे ४ बजे घोडाघोडी नगरपालिकाले सरकारी स्तरबाट पूजा गरे पछि अन्य भक्तजनहरूले पूजाआजा गरेको थिए ।

 

“हमार संस्कृति हमार पहिचान,संस्कृति जगेर्ना करना हमार अभियान” भन्ने मूल नाराका साथ घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव २०८१ लागेको थियो । घोडाघोडी नगर भल्मल्सा कार्य समिति, घोडाघोडी सन्त समागम समाज र घोडाघोडी तथा संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा मसिंर १९ गते देखी २१ गते सम्म घोराघोरी लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव संचालन भएको थियो ।

 

लवाङ्गी पूजाको अवसर पारी घोडाघोडी मन्दिरमा हरेक वर्ष बलि चढाउने गरिन्छ । थारु समुदायले घोडाघोडी मन्दिरलाई घोरीघोरा (घोडाघोडी) मन्दिर भन्ने गर्दछन् । थारु समुदायहरूले घोडाघोडी मन्दिरलाई कुल देउताको रुपमा वर्ष भरी गरेका खेती र जीवन रक्षा लागि थारु समुदायले थारु रीतिरिवाज अनुसार पूजा तथा बलि चढाएपछि नयाँ अन्न भित्र्याएर खाने चलन छ । घोडाघोडीको मुख्य मन्दिरमा कुखुरा, बोका, सुँगुर लगायतका बलिहरू समेत चढाउने गरिन्छ । कैलालीका ८२ गाउँ सहित कञ्चनपुर, दाङ, बाँके, बर्दिया लगायतका जिल्लाहरूबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?