कैलाली । सुदूरपश्चिम प्रदेशमा दुई प्रदेशका प्रदेश प्रमुख बिच भेटवार्ता भएको छ । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र लुम्बिनी प्रदेश प्रमुख कृष्ण बहादुर घर्ती मगरबिच आज सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयमा भेटवार्ता भएको हो केही दिन पहिले सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले लुम्बिनी प्रदेश प्रमुखलाई सुदूरपश्चिम भ्रमणको निम्तो दिएका दिए । सोही निम्तो स्वीकार गर्दै लुम्बिनी प्रदेश प्रमुख सुदूरपश्चिम भ्रमणमा आएका हुन् । उनीले भोली कञ्चनपुरको दोधारा चाँदनी लगायतको क्षेत्रको भ्रमण गर्ने छन् । त्यसका लागि आजै त्यसतर्फ प्रस्थान गरेका छन् ।
प्रमुख मियाँले भ्रमणमा आएका लुम्बिनी प्रदेश प्रमुखलाई सुदूरपश्चिम निकै सुन्दर रहेको भन्दै भ्रमणपछि अन्य पर्यटकहरूलाई सुदूरपश्चिम भित्राउन भूमिका खेल्ने समेत विश्वास व्यक्त गरेका थिए । भेटमा उनीहरूबिच संविधानले दिएको अधिकारमा रहेर अन्तर प्रदेश समन्वय गर्ने, असल र राम्रा कामको अनुसार गर्ने लगायतका विषयमा कुराकानी भएको थियो । प्रदेश प्रमुख कार्यालयमा स्वागत गर्दै सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले मायाको चिनो दिएका थिए । लुम्बिनी प्रदेश प्रमुखले पनि सुदूरपश्चिम प्रदेश प्रमुख ज्यूलाई मायाको चिनो दिए । प्रदेश प्रमुख मियाँले आफ्नो आत्मवृत्तान्त पनि लुम्बिनी प्रदेश प्रमुखलाई हस्तान्तरण गरेका थिए ।
भेटमा लुम्बिनी प्रदेशका तर्फबाट लुम्बिनी प्रदेश कार्यालयका सचिव वेदराज खरेल,उपसचिव भाविश्वर पौडेल, राजनीतिक सल्लाहकार लिलाधर आचार्य, प्रमुख स्वकीय सचिव दलमन पुनमगर, लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो भन् सुदूरपश्चिम प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अली, निमित्त सचिव शम्शेर बहादुर रावल, शाखा अधिकृत दीर्घ राज भट्ट, लेखा अधिकृत उषा भट्ट, त्रिलोक्य जोशी, टेकबहादुर किमाडी लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
         
        
                                                
                                                
                                                
                                                
                                                
                                                


































                    
                    
                    
                    
                    



























































































































