क्रिकेटप्रेमीकाे मोहः कीर्तिपुरको भीड अचानक भक्तपुरमा

भक्तपुर । त्यसै पनि प्रत्येक शनिबार भक्तपुर दरवार क्षेत्र आन्तरिक पर्यटकहरुले भरिभराउ भएको हुन्छ ।

 

 

 

त्यसमा पनि विशेष भरिभराउ भयो शनिबार । कारण थियो, नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी पोखरा एभेन्जर्सको टोली भक्तपुर घुम्न आउनु ।

 

 

 

नेपाली क्रिकेट खेलाडी कुशल भुर्तेलको नेतृत्वमा लिगमा सहभागी विदेशी र स्वदेशी खेलाडीसहितको टोली भक्तपुर भ्रमणमा आएका थिए । टोलीमा २६ जना खेलाडी तथा प्रतिनिधि रहेका थिए । त्यसमा नेपाली खेलाडीसहित भारतीय तथा अन्य विभिन्न मुलुकहरुबाट आएका खेलाडीहरु थिए ।

 

 

खेलाडीको टोली साँंझ पाँच बजे भक्तपुर पुगेको थियो । टोलीले भक्तपुर दरवार क्षेत्र र पाँचतले मन्दिर क्षेत्र (ङातापोल) को अवलोकन गरेका थिए । टोलीले झण्डै एक घण्टा अवलोकन भ्रमण गरेका थिए । टोलीलाई दतात्रय स्क्वायरको पनि भ्रमण गराउने योजना भए पनि भक्तपुर दरवार स्क्वायर र पाँंचतल्ले मन्दिर क्षेत्र भन्दा अलि पर भएको र समय अभाबका कारण दतात्रय क्षेत्रमा लगिएको थिएन ।

 

 

टोलीलाई यसअघि भव्य स्वागत गरिएको थियो । बाजागाजाको टोलीले उनीहरुलाई भक्तपुरको दरवार क्षेत्र प्रवेश गर्ने खौमा प्रवेशद्धारमा स्वागत गरिएको थियो । टोलीमा सहभागी खेलाडी र प्राविधिहरु सवैलाई एउटाएउटा टोली लगाइदिनुका साथै खादा लगाइदिएर स्वागत गरिएको थियो । सहभागी सम्पूर्ण टोलीको  स्वागतपछि परम्परागत धिमे बाजागाजासहित भक्तपुर परिक्रमा गराइएको थियो ।

 

 

 

परम्परागत धिमे बाजाका साथ नेपाली टोपी लगाएका दर्जनौ नेपाली तथा विदेशी पर्यटकहरु देखेपछि त्यहाँं भीड बढेको थियो । त्यसमाथि नेपाली क्रिकेट खेलाडी कुशल भुर्तेललाई देखेपछि धेरैले उनीसँंग बसेर फोटो खिचाएका थिए । फोटा खिचाएनन् मात्रै धेरै युवायुवतीहरुले उनको अटोग्राफी पनि लिन भ्याए । कति युवाहरुले त आआआफनो छातीमा उनको हस्ताक्षर गर्न लगाए । यो क्रम उनी भ्रमण गरेको एकघण्टाको अवधिभर बाटोभरि चलिरहयो ।

 

 

यसै पनि भक्तपुरमा शनिबार भीड हुन्छ, कार्यक्रममा सहभागी एकजना युवाले भने, क्रिकेटर नेपाली टोपीमा बाजागाजासहित भ्रमणमा आएपछि त हेर्ने आउनेहरुको भीड लाग्ने नै भयो ।  भक्तपुर नगरपालिकाको दावी अनुसार शनिबार एक दिनमा मात्रै एक लाखदेखि डेढ लाख (एक लाख ५० हजार) आन्तरिक पर्यटक भक्तपुर भ्रमणमा आउने गरेका छन् । त्यसका साथमा तथ्यांकै केलाएर हेर्ने हो भने भक्तपुर नगरमा दैनिक एक हजार भन्दा वढी विदेशी पर्यटकहरु पर्यटक शुल्क तिरेर भक्तपुर भ्रमण गर्न आउने गरेको तथ्यांक छ । नगरपालिकाले नगर अवलोकन गर्न आउने विदेशी पर्यटकहरुसँंग प्रवेश शुल्क उठाएर तथ्यांक राख्ने गर्दै आएको छ ।

 

 

टोलीका स्वागत तथा भ्रमणमा विभिन्न खेलाडीहरु तथा क्रिकेट खेलप्रति मोह राख्ने सर्वसाधारण पनि उतिकै सहभागी थिए । नेपाल भलिबल महासंघका केन्द्रिय कोषाध्यक्ष गौतम सुजखू, नेपाल भविबल संघ भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिलगायतका दर्जनौ खेलाडीहरु सहभागी थिए ।

पोखरा एभेन्जर्सका प्रोपाइटर मनोबल श्रेष्ठले भक्तपुरले देखाएको मायाप्रति हर्ष प्रकट गरे । साथै आगामी दिनमा पनि आफूहरुलाई यही किसिमको माया पाउने आशा उनले गरे । नेपाल इको प्यानलको निमन्त्रणामा उनीहरू भक्तपुर आइका थिए । टोलीलाई नेपाल इको प्यानललगायतको खेलाडी तथा अन्यले स्वागत गरेको थियो ।

 

 

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनियर कृष्णभक्त दुवालले भ्रमणको मुख्य उद्देश्य आगामी मंसिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सव २०८१ को प्रचारप्रसार गर्नु रहेको बताए । “टोलीलाई भक्तपुरका ऐतिहासिक र सांस्कृतिक सम्पदा अवलोकन गराएर सांस्कृतिक नगरी भक्तपुरलाई विश्वसामु चिनाउन सहयोग पु¥याउने हाम्रो उद्देश्य हो,” दुवालले बताए । भक्तपुर महोत्सवको प्रचारप्रसारका साथै नेपाल प्रिमियर लिगमा सहभागी खेलाडीहरूले नेपाल र यसको सांस्कृतिक धरोहरबारे अनुभव सँगाल्ने अवसर प्राप्त गरेको उनको विश्वास छ ।

 

 

टोलीको सम्मान रात्रीभोजसमेत भएको थियो । टोलीलाई जुजु धौ (दही) लगायतका परिकार दिएर सम्मान गरिएको थियो ।

 

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज (पर्सा) : जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको करिब रु एक अर्ब १५ करोड बराबरको क्षति भएको दाबी गरिएको छ । वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट महानगरको मुख्य भवनसहित विभिन्न संरचना र...

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

गोदावरी (कैलाली)।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका भौतिक संरचनाको अनुगमन गर्नुभएको छ । उहाँले आज धनगढीस्थित प्रदेश मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयमा पुगेर क्षतिको अवस्थाबारे अस्थलगत अवलोकन गर्नुभएको हो । त्यस क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौँ ।  घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको सरोकार भएका निकायको बैठकले दसैँको समयमा सार्वजनिक यातायातलाई सहज ढङ्गले सञ्चालनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।     बैठकले...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९