गढिमाईमा पशु बली जारी, भारतीय सिमामा रोकिए सयौं पशु चौपाया

रौतहट । बिश्व प्रसिध्द बारा बरियारपुर स्थित पंचवर्षीय गढीमाई मेलामा आज बली दिने  क्रम जारी रहेको छ ।

 

 

 

सो मेलामा बली दिन भारतीयहरूले ल्याउँदै गरेको सैयौं पशु चौपाया भारतीय सिमानामा रोकेर फिर्ता पठाएको छ। गढीमाई मन्दिरमा गरिएको भाकल पूरा भए पछी भारत बिहारको बिभिन्न स्थानबाट बली प्रदान गर्न भक्तजनहरूले ल्याएको राँगा र बोका एक गैर सरकारी संस्थाका प्रतिनिधिहरूले भारतीय सिमानामा रोकेर फिर्ता पठाउन लगाएका हुन्।

 

 

 

पशु बलिको बिरोध गर्दै आएका भारतीय गैर सरकारी संस्था वर्ल्ड लाइफ दिल्लीबाट आएको प्रतिनिधिहरू डिसेम्बर १ तारिक देखी भारतीय सीमानाकाहरुमा सक्रिय देखिएका छन्। बारा बरियारपुर स्थित बिश्व प्रसिध्द गढीमाई मन्दिरमा भारत बाट आउने मुख्य नाकाहरुमा उनीहरू भारतीय प्रहरीको सहयोगमा पशु चौपाया रोकेर फिर्ता पठाइरहेको प्रत्यक्षदर्शीले बताएका छन्।

 

 

 

गढीमाई मन्दिरमा बलिको लागी भारतबाट पशु चौपाया लिएर आउने मुख्य भारतीय सिमानाकाहरु रक्सौल, आदापुर, छौडादानो, सन्तगन्ज, झरौखर, जमुनिया, बैरगनिया लगायत रहेको छ। एकसाता देखी सक्रिय ती संस्थाका प्रतिनिधिहरुले गढिमाई मन्दिरमा बलीको लागी बिभिन्न नाका हुँदै ल्याउन लागिएको ५०० भन्दा बढी राँगा र बोका भारतीय सिमानाबाट फिर्ता पठाएको भारतीय सीमा सुरक्षा बल एसएसबी स्रोतले जनाएको छ।

 

 

 

मुख्यतयाः बिहारको बिभिन्न स्थानबाट गढीमाई मन्दिरमा बली दिन ल्याएको ठूलो संख्यामा राँगा र बोका भक्तजनहरूले चोर नाका हुँदै भित्रयाउन सफल भएको एसएसबी स्रोतको दाबी रहेको छ।

 

 

 

बारा महागढीनाई नगरपालिका १ बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई मेला मंसिर  १ गते देखि सुरु भएको छ। गढीमाई मेलामा हिजो शनिवार अहिले सम्मकै उच्च भिड  देखिएको थियो । विश्वमै पशु बलिको रुपमा प्रख्यात रहेको बरियारपुर गढीमाई मेलामा  देश बिदेश बाट दर्शनार्थीहरु आउने क्रम जारी रहेको  छ । यस बर्षको मेलामा करिब ३ करोड दर्शनार्थी मेलाको अवलोकन गर्ने मेला समितिले अनुमान गरेको छ ।

 

 

 

 

मंसिर २३ गते आज आईतवार विशेष पूजा सम्पन्न भए पछि पशु बलि दिइने सुरु हुने कार्यक्रम तय भएको मेला मुल ब्यवस्थापन समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवले बताएका थिए ।

 

 

 

गढीमाई मन्दिरका मुल पूजारीले नर बलि दिए पछि मात्र गढीमाई मेलामा पशु बलि दिइने परम्परा रहेको छ। मन्दिरका मूल पुजारी मंगल चौधरीसँग मिलेर बिशेष पूजा गरे पछि मूल तान्त्रिक रौतहट गुजरा नगरपालिका ३ सिमरी गाउँका उमाशंकर कछाडिया धामीले आफ्नो सरीरको ५ स्थानबाट रगत निकालेर देवीलाई चढाएपछि पशु बली सुरु भएको थियो । मुल तान्त्रिकले आफ्नो सरीरबाट रगत निकालेर चढाउने विधिलाई नर बली भन्ने गरिन्छ।

 

 

आज बिहानसम्म पशु बलिको लागि मेलामा करिब २ हजार भन्दा बढी राँगा आईसकेको र आउने क्रम जारी रहेको बलि ब्यवस्थापन उपसमितिले जनाएको थियो । विश्व प्रसिद्ध गढीमाई मेला प्रत्येक पाँच बर्षमा लाग्ने गर्छ । मंसिर १ गते देखि सुरु भएको गढीमाईको मेला मंसिर ३० गते सम्म चल्ने छ ।

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज (पर्सा) : जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको करिब रु एक अर्ब १५ करोड बराबरको क्षति भएको दाबी गरिएको छ । वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट महानगरको मुख्य भवनसहित विभिन्न संरचना र...

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

गोदावरी (कैलाली)।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका भौतिक संरचनाको अनुगमन गर्नुभएको छ । उहाँले आज धनगढीस्थित प्रदेश मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयमा पुगेर क्षतिको अवस्थाबारे अस्थलगत अवलोकन गर्नुभएको हो । त्यस क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौँ ।  घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको सरोकार भएका निकायको बैठकले दसैँको समयमा सार्वजनिक यातायातलाई सहज ढङ्गले सञ्चालनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।     बैठकले...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९