किसान बहुउद्देश्यीय सहकारी बौनियाको ३० औं बार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लामा एक बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर २ बौनियामा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाको ३० औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । सोमबार बौनिया बजार व्यवस्थापन समितिको हलमा आयोजिक कार्यक्रममा किसान बहउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समितिका सदस्य सरोज कुमार शाहको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति तथा संस्थाका सदस्य शाह भने संस्थाले स्थापनाकालमा मलखाद र खाद्यान्नको खरिद बिक्रि गर्ने गरेको यस संस्थाले २०५४ सालमा नेपाल राष्ट्र बैकंबाट सीमित बैकिङ् कारोबारको स्विकृति लिई बचत तथा ऋण सेवालाई प्रभावकारी रुपमा प्रदान गर्दै आएको पछि राष्ट्र बैकंले आफ्नो नियमन दायरा परिमार्जन गरेपनि अहिले सहकारी संस्थाले वित्तिय सेवा प्रवाहमा बैकंको नियमनमा रहँदा सिकेका राम्रा अभ्यासहरुके पालना गर्दै आएको बताएका छन ।वर्तमान परिस्थितिमा सहकारी संस्था प्रति सर्वसाधारणको वितृष्णा, निराशा र आक्रोस फैलिरहँदा थिती र नीतिमा चल्न सके सहकारी संस्थामा विचलन नआउने कुरालाई आफ्नो संस्थाले सेवा ग्राहीहरुमा उत्साहजनक सेवा सुविधा दिएर उदाहरणीय काम गरी रहेको संस्थाका सदस्य शाहले बताए । उनले सहकारी यहाँसम्मको उचाईमा पुग्नुमा आम ग्राहक, बचतकर्ता सरोकारवालको भूमिका रहेको बताए । उनले संस्थाको मुख्य व्यवसायका रुपमा रहेको वित्तिय व्यवसाय हाल ४० वटा शाखा कार्यालय मार्फत भईरहेको बताउदै सदस्यहरुलाई आधुनिक वित्तिय सेवा प्रदान गर्न संस्थाले प्रविधिलाई परिष्कृत गर्दै आएको छ भने मोवाईल बैंकिङ, एटिएम , क्यु आर , इन्टरनेट बैंकिङ , खल्ती एप भुक्तानी लगायतका सेवा सुविधाहरु संस्थाले दिँदै आएको छ।कृषि क्षेत्रमा किसान–कोप एग्रो मार्ट,एकिकृत कृषि फार्म,कोल्ड स्टोर, माटो परिक्षण प्रयोगशाला र कागती तथा फलफुल खेतीमा बिशेष कार्ययोजनाको साथ लागि रहेको सदस्य शाहले बताए ।किसान–कोष मार्ट ब्राण्ड नाम राखेर संस्थाले सहकारी पसलहरु सञ्चालन गर्दै आएको र सदस्यहरुका स्थानीय उत्पादनलाई बजारिकरण गर्न तथा स्थानियलाई सहज रुपमा गुणस्तरयुक्त घरायसी उपभोग्य सामानहरु सरल सर्वसुलभ उपलब्ध गराउने उद्देश्यले २०७९ मा सञ्चालनमा ल्याएको बताएका थिए ।यस सहकारीको केन्द्र तथा शाखा कार्यालयहरुमा पुरुष–१९० र महिला १०५ गरी जम्मा २९५ जना कर्मचारीहरु कार्यरत रहेको सदस्य शाहले बताउनु भयो ।संस्थाकी कर्मचारी निर्मला विनाडी (न्यौपाने)को स्वागत मन्तव्य सँगै सुरु भएको उक्त आयोजित कार्यक्रमको प्रमुख अतिथिमा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द बिक रहनुभएको कार्यक्रममा अतिथिहरुमा बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देवराज सिंह स्वार, समाजसेवी बुद्धिजीवी गणेशप्रसाद भट्ट र साधारण सभाकी प्रतिनिधि लक्ष्मी देवकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न सहकारी पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो । किसान बहुउद्देश्यीय सहकारी संस्थामा आवद्ध रहेका उकृष्ट बचतकर्ता, व्यवसायी, कृषकहरुलाई सम्मान पत्र वितरण गरेको थियो । वार्षिक साधारण सभामा विष्नु थापा क्षेत्री, नैनादेवी डगौरा, प्रविना कठरिया, डोगली कुमारी चौधरी, हिराकुमारी कठरिया, गजेन्द्र कुँवर लगायतलाई उत्कृष्ट सेयर सदस्यलाई सम्मान गरिएको छ। सोही कार्यक्रममा जर्मादेवी बुढा, पार्वती कुमारी शाही, डिलु देवी जैसीलाई कार्यक्रममा किसानको शिक्षा पदक वितरण गरिएको छ । जन्मदेखि मरणो परान्तसम्म किसान कोष अन्तर्गत कर्जा मिनाहा सुविधा धर्मे साउदकी श्रीमती पुनादेवी साउदले रु ३ लाख ८ हजार प्राप्त गरेकी छिन्। कार्यक्रमको सञ्चालन संस्थाका प्रमुख सन्तोष कुमार चौधरीले गर्नुभएको थियो। हालसम्म संस्थामा ८६ हजार शेयर सदस्यहरू आबद्ध रहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

म्याग्दी,  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।   अन्नपूर्ण–४ का वडाध्यक्ष...

शान्ति र न्यायको मार्गमा अग्रसर हुनुपर्नेमा नेता रिजालको जोड

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले विश्व व्यवस्था कायम गर्न युद्ध र एकाधिकारको अन्त्य तथा शान्ति र न्यायको मार्गमा सबै अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ ।चाइनिज एकेडेमी अफ सोसियल साइन्सेसले मङ्गलबार बेइजिङमा आयोजना गरेको समाजवादी फोरमको १५ औँ विश्व सम्मेलनमा...

कैलालीमा एक सय छपन्न उद्योग थपिए

अत्तरिया(कैलाली), यहाँस्थित घरेलु तथा साना उद्योग कार्यालयमा १५६ नयाँ उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्षको तीन महिनामा यी उद्योग थपिएका हुन् ।घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्र अवधिमा ३२ उत्पादनमूलक, ५० कृषिमूलक र ७४ वटा सेवामूलक उद्योग दर्ता भएका हुन् ।     जिल्लामा...

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

सियोल, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गर्नुभएको छ । उहाँले मङ्गलबार संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेट सम्बोधनमा राष्ट्रलाई ‘एआई युगको नेतृत्व गर्ने दिशातर्फ...

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

दमौली (तनहुँ), बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको हो ।मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा गम्भीर घाइते हुनुभएका उहाँको...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

काठमाडौँ,  आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ ।नेपाली समयअनुसार युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः१५ बजे हुने स्पर्धामा सात्वना जित हात पार्ने नेपालको लक्ष्य छ ।अमेरिका, नेपाल र युएई सहभागी जारी सिरिजमा यो अन्तिम खेल हो । यसअघि...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९