भयावह बन्दै सवारी दुर्घटना

हिजोआज ‘सडक दुर्घटना’ शीर्षकको समाचार आम मानिसमा सामान्य बन्दै गएको महसुस गर्न सकिन्छ । साँघुरो राजमार्गमा सवारी साधनको चाप । साँघुरा सडकमा तीव्र गति त्यसमाथि पैदल यात्रु र सडकका खाल्डाखुल्डी । जोखिमै जोखिमका बीचमा सवारी चालक गन्तव्य लिइरहेका छन् । केही दिनअघि मोरङको सुन्दरहरैचामा टिपरको ठक्करबाट १८ महिनाकी बालिका अननिया चौधरीको मृत्यु भयो । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार सुन्दरहरैचा–१२ को भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को१ख ६८२५ नंको टिपरले ठक्कर दिँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको थियो । बालिका अननिया चौधरीले जस्तै धेरैले सडक दुर्घटनाका कारण ज्यान गुमाउनु परेको छ । प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालय इटहरीको तथ्याङ्क हेर्दा यस आर्थिक वर्षको छ महिनामा मात्र प्रदेशभर दुई सय पाँचजनाको सवारी दुर्घटनाकै कारण मृत्यु भइसकेको छ । जसमा एक हजार सात सय ७४ दुर्घटना भएकामा चार सय १७ जना गम्भीर घाइते अवस्थामा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । गत आव र यस आवको साउन महिनादेखि पुस मसान्तसम्मको अर्धवार्षिक सवारी दुर्घटना विश्लेषण गर्दा चालु आवमा सात दशमलव २६ प्रतिशतले सवारी दुर्घटनामा कमी आएको र २० दशमलव २३ प्रतिशतले मृत्युदरमा कमी आएको कार्यालयले जनाएको छ ।

 

गत आवको साउनदेखि पुस मसान्तसम्ममा एक हजार नौ सय १३ सवारी दुर्घटना हुँदा दुई सय ५७ जनाको मृत्यु भएको थियो । निरन्तर सवारी चालकसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याएकाले पनि दुर्घटनामा केही कमी आएको हुनसक्ने प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । गत आव र यस आवकोे साउनदेखि पुस मसान्तसम्म अर्धवार्षिक जनचेतना कार्यक्रम सञ्चालनतर्फ ४३ दशमलव ४३ प्रतिशतले वृद्धि भएको र लाभान्वित सङ्ख्यातर्फ २३ दशमलव सात प्रतिशतले वृद्धि भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । साँघुरो सडकमा सवारी धेरै भएकाले पनि दुर्घटना न्यूनीकरणमा समस्या भएको पूर्वी नेपाल यातायात प्रालिका अध्यक्ष राजु श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार तराईका सडकमा बढ्दो सिटी सफारीको चापका कारण पनि ठूला गाडी कुदाउन समस्या भएको र दुर्घटनाको जोखिम बढेको छ । तीव्र गतिमा आउने ठूला सवारीसाधनसँग साँघुरो सडकमा जोगिएर मोटरसाइकल कुदाउन निकै गाह्रो पर्ने गरेको मोरङ पथरी शनिश्चरेका प्रेम गुरुङ बताउनुहुन्छ ।

 

आफूलाई जस्तै अरू साना दुईपाङ्ग्रे सवारी चालकलाई यस्तै समस्या रहेको उहाँ बताउनुहुन्छ । विगत १० वर्षदेखि हेर्ने हो भने गुणात्मकरूपले सवारी चाप बढिरहेको छ तर राजमार्गको चौडाइ बढ्न सकेको छैन, अझ बस्ती क्षेत्रतिर गएर हेर्दा बिस्कुन सुकाउनेदेखि बालबालिका खेल्ने ठाउँसम्म भएको छ सडक । कालोपत्र भएको वर्ष बित्न नपाउँदै खाल्डैखाल्डा भएका सडकहरू पनि प्रशस्तै भेटिन्छन् । राजमार्गमा ठूला सवारीको आतङ्क बेग्लै छ, साना साधन कुदाउँदा जोगिनै हम्मेहम्मे पर्छ । विगतको तुलनामा ठाउँठाउँमा प्रहरी चेक पोष्ट तथा सवारी साधन चेक जाँचका लागि कडाइपूर्वक सडकमा खटिएर रहेका टा«फिक प्रहरीको निगरानीले जोखिम न्यूनीकरण भने भएको देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९