सशष्त्र प्रहरीले रगत दिएर बचाए सुत्केरीको ज्यान

रौतहट ।रौतहट स्थित सशस्त्र प्रहरीका तीनजना जवानले रगत दिएर एकजना सुत्केरी महिलाको ज्यान बचाएको छ।सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट गएको ती प्रहरी जवानहरुले रगत दिएर एकजना सुत्केरी महिलाको ज्यान बचाएको हो।प्रादेशिक अस्पताल गौरमा सुत्केरी गराउन परोहा नगरपालिका वडा ४ लौकाहाकी जोबैदा खातुन बुधवार भर्ना भएकी थिइन्।

 

 

सुत्केरी भएपछी महिला खातुनलाई रगतको अति आवश्यक भएको र रगत उपलब्ध नहुँदा डाक्टरको अनुरोधमा तीनजना जवानलाई  प्रादेशिक अस्पताल गौरको ब्लड बैकमा पठाएर रक्तदान गराईएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।

 

 

प्रादेशिक अस्पताल गौरका अध्यक्ष महमद अनवर हाशमीले अस्पतालमा भर्ना कुनै बिरामीलाई रगतको अभाव भएपछी अन्य बिकल्प नहुँदा डाक्टरको अनुरोधमा सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा बाट सशस्त्रका जवानहरू आएर पटक पटक रक्तदान गर्दैआएको बताएका छन्। रौतहटमा सशस्त्र प्रहरी प्रमुखको रूपमा एसपी बिक्रम हुमागाईं आएदेखिनै यहाँ सशस्त्र प्रहरी दैवीप्रकोप लगायत मानवीय सेवामा बिशेष सक्रियता देखाएका छन्।

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज (पर्सा) : जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको करिब रु एक अर्ब १५ करोड बराबरको क्षति भएको दाबी गरिएको छ । वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट महानगरको मुख्य भवनसहित विभिन्न संरचना र...

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

गोदावरी (कैलाली)।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका भौतिक संरचनाको अनुगमन गर्नुभएको छ । उहाँले आज धनगढीस्थित प्रदेश मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयमा पुगेर क्षतिको अवस्थाबारे अस्थलगत अवलोकन गर्नुभएको हो । त्यस क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौँ ।  घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको सरोकार भएका निकायको बैठकले दसैँको समयमा सार्वजनिक यातायातलाई सहज ढङ्गले सञ्चालनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।     बैठकले...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९