नेपाल टेलिकम १९औँ वर्षमाः दुई करोड १३ लाख २५ हजार बढी ग्राहक

राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आजदेखि १९औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा टेलिकमले आज बिहान भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालय प्राङ्गणमा विशेष समारोह आयोजना हुने जनाएको छ । कम्पनीका प्रवक्ता शोभन अधिकारीका अनुसार कम्पनीले हरेक वर्ष माघ २२ गते आफ्नो वार्षिकोत्सव मनाउने गरेको छ । टेलिकमले मोबाइल टेलिफोन सेवा, जिएसएम, जिपीआरएस, थ्रीजी र फोरजी सेवा दिइरहेको छ । कम्पनीले निश्चित लाइन र मोबाइल टेलिफोन सेवा, ब्रोडब्याण्ड र निश्चित–लाइन इन्टरनेट सेवा इन्टरनेट एसएमएस सेवाहरू उपलब्ध गराएको छ । यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकमको वार्षिकोत्सवका अवसरमा दिनुभएको शुभकामना सन्देशमा ग्रामीण एवं दुर्गम क्षेत्रसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्न आग्रह गर्नुभएको छ । उहाँले नवीन प्रविधिको अवलम्बन गरी सुलभ दरमा सुविधा प्रवाह गर्न इन्टरनेट सेवाको पहुँच स्थापित गरी सूचना प्रविधिको उपयोगमार्फत सीपमूलक र ज्ञानमा आधारित शिक्षाको विकास एवं गरिबी न्यूनीकरण गर्ने सरकारको नीतिलाई सफल पार्ने अभियानमा कम्पनी रहेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

 

उहाँले सन्देशमा सूचना तथा सञ्चार क्षेत्रमा भइरहेको नवीन प्रविधि र उपलब्धिलाई अवलम्बन गरी प्रतिस्पर्धात्मक वातावरणमा भरपर्दो, गुणस्तरीय सेवाप्रवाह गर्न एवं सेवाग्राहीले लागतअनुरुपको सेवा उपयोग गर्न पाउने अवसर सिर्जना गर्न कम्पनी अझ दृढतापूर्वक लाग्ने विश्वास व्यक्त गर्नुभएको छ । यस्तै सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले स्थापनाकालदेखि नै ग्राहकवर्गलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको कम्पनीले आगामी दिनमा अझ बढी स्तरीय, भरपर्दो र सुलभ सेवा प्रदान गर्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीको उत्कृष्ट पूर्वाधार र नेटवर्क तथा साधन, स्रोत एवं मानवशक्तिको उच्चतम प्रयोग गरी ग्राहक सन्तुष्टि कायम राख्दै कम्पनीलाई सेवाग्राहीको पहिलो रोजाइ बनाउन भरमग्दुर प्रयास गरिने प्रतिबद्धता जनाउनुभएको छ ।

 

विसं २०३२ असार १ गते नेपाल दूरसञ्चार संस्थानको रूपमा भएता पनि २०६० माघ २२ गते नेपाल दूरसञ्चार कम्पनीको रूपमा दर्ता भएको थियो । विसं २०६१ देखि यसलाई नेपाल टेलिकम भन्न थालियो । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको टेलिकम विसं २०६१ वैशाख १ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा रुपान्तरण गरियो । कम्पनीको आर्थिक वर्ष २०७८÷८९ को कुल राजस्व रु ४४ अर्ब ३७ करोड छ, जसमा खुद नाफा रु आठ अर्ब ४७ करोड रहेको छ । कम्पनीको ग्राहकसेवा भ्वाइस सेवातर्फ २०७९ मङ्सिरसम्मको विवरणमा दुई करोड १३ लाख २५ हजारभन्दा बढी रहेको छ । सोमध्ये जीएसएम मोबाइल ग्राहक दुई करोड एक लाख ६८ हजार, एडिएसएल सेवाका चार लाख ३७ हजार र पिएसटीएन सेवाका चार लाख ५५ हजार रहेका छन् । त्यसैगरी एफटिटीएच भ्वाइस सेवाका ग्राहक दुई लाख ४७ हजार एक सय १४ छन् भने एफटिटीएच डाटाका ग्राहक दुई लाख ११ हजार पाँच सय ७९ रहेका छन् । यो अवधिमा फोरजी प्रयोगकर्ता एक करोड १५ लाख ५० हजार छन् । सन् २०२३ मा फाइभजी परीक्षण प्रारम्भ भएको छ । विसं २०७९ असोज महिनाको नेपाल दूरसञ्चार प्राधिकरणको एमआइएस प्रतिवेदनअनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा कुल ५२.२४ प्रतिशत रहेको छ ।

 

टेलिकमका अनुसार हालसम्म देशका ७७ वटै जिल्लाका सात सय ३९ स्थानीय तहमा फोरजी एफटीइ सेवाको पहुँच स्थापित भएको छ । फोरजी विस्तारकार्य हालसम्म ९८ प्रतिशत सम्पन्न भइसकेको छ । टेलिकमले देशभरमा पिएसटीएन, सिडिएमएलगायत आधारभूत टेलिफोन र जिएसएम र सिडीएमएजस्ता मोबाइल सेवा प्रदान प्रदान गर्ने गरेको छ । इन्टरनेट सेवामा डायल–अप आइएसडीएम र सिडीएमएजस्ता मोबाइल सेवा प्रदान गर्ने गरेको टेलिकमले इन्टरनेट सेवामा डायल–अप आइएसडीएन लिज्ड एडिएसएल इन्टरनेट र स्काइ डाटामार्फत वायरलेस इन्टरनेट सेवा प्रदान गर्ने गर्दछ । बैंक तथा विभिन्न निकायलाई तथ्याङ्क आदन–प्रदान गर्न लिज्ड सर्किटको सेवासमेत टेलिकमले दिने गरेको छ । कम्पनीमा हाल करिब चार हजार कर्मचारी कार्यरत छन् । विसं १९७० मा काठमाडौँमा म्याग्नेटो सिस्टमको स्थापना भई नेपालमा दूरसञ्चार सेवाको थालनी भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु

मुस्ताङ, यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ । गाउँपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालयले सेवा प्रवाह गर्न थालेको हो ।आन्तरिक राजस्व कार्यालय बाग्लुङले व्यक्तिगत तथा व्यावसायिक उद्योग दर्तासम्बन्धी जिम्मेवारी लोमान्थाङ गाउँपालिकालाई अख्तियारी दिएको छ । उद्योग तथा व्यक्तिगत व्यवसाय दर्तासम्बन्धी सम्पूर्ण...

सुत्केरी पश्चात रक्तस्राव नरोकिएपछि हवाई उद्धार

किमाथाङ्का (सङ्खुवासभा),  सङ्खुवासभामा अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हवाई उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जिल्ला अस्पताल सङ्खुवासभामा उपचार सम्भव नभएपछि खाँदबारी नगरपालिका–७ की ३० वर्षीया सविता मगरको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको जानकारी दिनुभयो ।     आइतबार सुत्केरी ब्यथाले च्यापेर जिल्ला...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३१ पैसा र बिक्रीदर...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

माझी महिलालाई आत्मनिर्भर बनाउन गलैँचा बुनाइ तालिम

चौतारा,  सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित रातोमाटे माझी बस्तीका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने गलैँचा बुनाइ तालिम सुरु गरिएको छ ।दलित सशक्तीकरण समाज चौतारा साँगाचोकगढी–१३ को आयोजनामा ‘उद्यम गरौँ, आत्मनिर्भर बनौँ’ भन्ने नारासहित सञ्चालन गरिएको तालिम असार १४ गतेसम्म सञ्चालन हुने नगरपालिकाका उद्यम...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा

चितवन,  नेपाल चिकित्सक सङ्घले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ । ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ नाराका साथ सङ्घले आफ्नो ३०औँ सम्मेलन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा गर्न लागेको...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९