
चितवन । मकवानपुरमा बाघको आक्रामणवाट एकजनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका–५ बसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छिमाया रुम्बाको बाघको आक्रमणबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार साँझ ५ बजेको समयमा घर नजिकैको खोल्सामा बाघले आक्रमणमा परी उनको मृत्यु भएको हो ।मृतक रुम्बा घरनजिकै बारीमा घाँस काट्न गएकोमा अबेरसम्म नफर्किएपछि खोजी गर्दै जाँदा उनी मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।