इन्फिनिटीको एक पछी अर्को सफलता

कैलाली । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुरमा समुह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम भिमदत्त नगरपालिका वडा नं. ३ स्थित होटल कलशको सभाहलमा ८३ जना समुह प्रमुखहरुको समुपस्थितिमा सम्पन्न भएको थियो ।

कार्यक्रममा वडा नं. ०६ का वडा सदस्य श्री लाली चन्दको उपस्थिति रहेको थियो । कार्यक्रममा चन्दले लघुवित्तको कार्यक्रम निकैनै प्रभावकारी रहेको र जनताहरुको घरदैलोमा गई उत्कृष्ट वित्तीय सेवा प्रदान गरेको विषयको बयान शव्दले गर्न नसकिने बताइन ।
कार्यक्रमका प्रमुख अतिथि असुलि तथा जोखिम व्यवस्थापन विभागका विभागीय प्रमुख श्री नयन देवकोटाले वित्तीय संस्थाले प्रदान गरेको वर्तमान सेवा सुविधा तथा वित्तीय साक्षरता सम्वन्धि विषयमा सहजिकरण गरेका थिए । शाखामा भएका कुल १६४ वटा समुह मध्येबाट ३ वटा समुह पुरस्कृत भएको र उत्कृष्ट बचत गर्ने सदस्यलाई समेत सम्मान गरिएको कार्यक्रमका प्रमुख अतिथि देवकोटाले बताए ।

 

कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत तथा वित्तीय संस्थाको वर्तमान अवस्थाको बारेमा शाखाका शाखा प्रमुख श्री निलकण्ठ घिमिरेले प्रकास पारेका थिए।।
कार्यक्रममा आधुनिक डिजिटल प्रविधि तथा मोवाईल बैंकिङ्ग संग सम्वन्धित विषयमा अनुगमन अधिकृत श्री डिल्लीराज जोशीले सहजिकरण गरेका थिए।। सरस्वती थापाको सभावतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?