उर्लाबारी आगलागी घटनाका पीडित भन्छनः ‘जिँउदो लाश भएर बाँचेका छौ’

उर्लाबारी। २०८० साल  कात्तिक २६ गते । लक्ष्मीपूजाको दिन । मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भयो। आगलागी नियन्त्रणका क्रममा ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भए । सो आगलागी परि घाईते भएकाहरुले क्षतिपूर्ती नपाएको र जिवनयापन गर्न सकस भएको बताएका छन् ।‘मर्नेहरु त मर्नुभयो, परिवारलाई दुखपीडा त अवश्य हुन्छन नै, हामी पनि जिँउदो लाश भएर बाँचेका छौ, बहुत पीडा छ । बरु मरेकै भए हुन्थियो जस्तो लाग्छ, घाईते राजिव दियालीले भने, हाम्रो पक्षमा बोलदिने कोहीँ छैन, न त नप्रतिनिधिको साथ छ।’ उनले घरधनि पनि आफ्नो हितमा मात्रै लागिपरेको आरोप लगाए।

 

 

उर्लाबारीमा अलराउण्ड डान्स सेन्टर सन्चालन गर्छन दियाँली । डान्स सेन्टर सन्चालन गरेर जिविकोपार्जन भईरहेको थियो । तर दियालीलाई आगलागीमा परेपछि निक्कै समस्या भईरहेको छ। उनी भन्छन्, ‘जलेपछि पहिले जस्तो काम गर्न सकेको छैन्। जलन भएको हात चिलाउछ, पोल्छ । बाहिर खुलेर निस्किन सकेको छैन् । काममा फर्किन सक्या छैन्।’‘अरुको घर परिवार जोगाउन ज्यानको बाजि लगाएर लाँगियो, कतिको ज्यान गयो । तर घरधनीले फर्किएर हेर्नुभएको छैन’, दियालीले भने ।

 

 

आगलागीमा परेर घाईते भएका २७ बर्षीय बिक्रम शाहाको पीडा दियालीको भन्दा कम छैन् । छुट्टै छ । आगलागीमा पर्नु अघि उनी किरानामा काम गर्थे, सगाँउथे । मासिक १० हजार तनखा हुन्थियो । तर अहिले उनी स्वास्थ्य अवस्थाको कारण काममा फर्किन सकेका छैनन् ।एक छोरी र श्रीमतीसँग बस्दै आँएका शाह हात खुट्टा ढाड र गालामा जलन भएको बताउँछन् । कैयौंँ रात भोकै सुतेको उल्लेख गर्दै उनले नुन पानी भात खाँएर पनि रात कटाएको उल्लेख गरे । उनी भन्छन्, ‘म काम गर्न सक्दिन, श्रीमतीलाई जागिर भए हुन्थ्यो’

 

 

 

सम्भवतः नेपालकै ठुलो घटना हो, उर्लाबारीमा आगलागी । राज्यका हरेक निकायको चाँसो भएको थियो । आाश्नवासन र सपनाहरु देखाईएको थियो ।
तर अहिले सबै कुरा सेलाएको र आफूँहरुको समस्या ज्यूँका त्यूँ रहेको आगलागी पीडितको दुखेसो छ ।सुन पसलमा भएको आगलागीमा परी उर्लाबारी नगरपालिका—७ का ४३ वर्षीय रामनरेश मरिता, ६८ वर्षीय रुकुमबहादुर कार्की, ४२ वर्षीय कुमार तामाङ, ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको मृत्यु भएको थियो ।आगलागी नियन्त्रणमा लिने प्रयास गरिररहेका बेला ग्यास सिलिण्डर विष्फोट भएको थियो । सो घटनामा चार प्रहरीसहित २८ जना स्थानीय घाइतेसमेत भएका थिए । आगलागीबाट साढे तीन करोड बराबरको क्षति भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९