पथरीको जिरिखिम्तीमा अलकत्रा प्लान्ट राख्ने भीम पौडेलको योजना असफल

वातावरण विनाश गरेको भन्दै सडक कार्यालयले रोक्यो काम

पथरी (मोरङ) – पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि पथरी-शनिश्चरे नगरपालिका वडा नम्बर १० जिरिखिम्तीमा अलकत्रा प्लान्ट राख्ने योजना असफल भएको छ।घनाबस्तीमा अलकत्रा प्लान्ट राख्न लागिएको भन्दै स्थानीयबासीले विरोध गरेपछि जिरिखिम्तीमा प्लान्ट नराखिने भएको हो।पूर्व-पश्चिम राजमार्ग विस्तार अन्तर्गत काँकडभिट्टा लौकही सडक योजना (पश्चिम खण्ड) कार्यालयका अनुसार स्थानीयको विरोधपछि जिरिखिम्तीमा अलकत्रा प्लान्ट स्थगित गरिएको हो।‘स्थानीयले चर्को विरोध गरेपछि त्यहाँ अस्फाल्ट प्लान्ट नराख्ने निर्णय भएको छ,’ आयोजना प्रमुख जगत प्रजापतिले भने, ‘अन्यत्र कहाँ राख्ने भन्ने टुंगो भएको छैन।’

 

 

स्थानीयको सहमति नलिइकन निर्माण कम्पनीले अलकत्रा प्लान्ट राख्न लागेको भन्दै विरोध भएको थियो।उक्त प्लान्ट भक्तपुरको वेदालय कन्स्ट्रक्सन प्रालिले राख्न लागेको थियो। उसले सो कार्यका लागि इटहरीका विवादास्पद ठेकेदार भीम पौडेललाई जिम्मा दिएको थियो।अलकत्रा प्लान्ट बनाउन तथा निर्माण सामग्री सप्लाई गर्नका लागि पौडेलले जिरिखिम्तीमा धमाधम काम गरिरहेका थिए।जिरिखिम्तीको वातावरणलाई खलल् पुर्‍याउने गरी पौडेलले कार्य गर्न थालेपछि स्थानीय आक्रोशित बनेका थिए।

 

 

 

प्रजापतिका अनुसार झापाको सीतापुरीदेखि सुनसरीको देवी खोलासम्मको ९५.७६० किलोमिटर पूर्व-पश्चिम राजमार्गको विस्तार कार्य धमाधम भइरहेको छ।यसका लागि तीन वटा निर्माण कम्पनीले ठेक्का पाएका थिए। राजमार्ग विस्तारका लागि चिनियाँ कम्पनी र तिनका ज्वाइन्ट भेन्चर कम्पनी नेपाली रहेका छन्।‘तीन खण्डको ठेक्कामध्ये दोस्रो खण्डमा पर्ने पथरी-शनिश्चरेसहित क्षेत्रको २० किलोमिटर सडक यसै वर्ष पिच गर्ने योजना रहेको छ,’ प्रजापतिले भने।दोस्रो खण्डको माउ ठेकेदार चिनियाँ कम्पनी सिआरएस जी र नेपाली कम्पनी तुँदी हो। तुँदीले वेदालयलाई जिरिखिम्तीमा अलकत्रा प्लान्टका लागि काम दिएको थियो। वेदालयले स्थानीय ठेकेदार पौडेललाई सो कार्यका लागि काममा खटाएको छ।

 

 

 

प्रजापतिका अनुसार जिरिखिम्ती क्षेत्रमा काम थाल्दा सडक विभागले नै वातावरण प्रभाव मूल्यांकन (इआइए) गरिकन काम थालेको थियो।‘महिना-महिना दिनमा वातावरण प्रभाव मूल्यांकनको रिभ्यू भइरहन्छ, प्लान्ट राख्ने ठाउँमा वातावरणमा असर परेको कुरा आएपछि स्थगन गर्नुपरेको हो,’ प्रजापतिले भने।दुई दशकयता मोरङका खोलानाला अत्यधिक दोहन गरेर विवादमा आएका ठेकेदार पौडेलले पथरी-शनिश्चरे वडा नम्बर १० को जिरिखिम्ती क्षेत्रमा ‘दादागिरी’ शैलीमा वातावरणमा असर पुर्‍याएका छन्।पौडेलको ‘दादागिरी’ शैलीका कारण वडा नम्बर १० का स्थानीय आतंकित बनेका छन्।

 

 

 

पौडेलको जबरजस्तीका कारण वडा नम्बर १० स्थित डाँस खोला, पथरी-शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाको सिमानामा रहेको मोरंगी खोलाको पुलबीचमा रहेको सिंगो गाउँ जिरिखिम्ती त्रसित बनेको छ।पौडेलले करिब ३५० घर रहेको गाउँमा पूर्व-पश्चिम राजमार्ग निर्माणका लागि करिब आठ बिघाहा जमिन लिजमा लिएर विभिन्न निर्माणजन्य मेसिनसहित कर्मचारीलाई बासस्थान सञ्चालन गरिरहेका छन्।तर, उक्त स्थानमा बस्ने कर्मचारीले प्रयोग गर्ने गरेको शौचालयको पाइप फुटेर बस्तीका बासिन्दाले प्रयोग गर्ने गरेको पैनीमा फोहोर बगिरहेको छ। त्यसले सिंगो गाउँको वातावरणमा असर परेको छ। पौडेलको त्यस्तो अमानवीय कार्यका कारण आफूहरू पीडामा परेको स्थानीयले बताए।

 

 

नक्सामा समेत रहेको उक्त पैनी तथा सडकदेखि उत्तरपट्टी माटो थुपारेर पुरिँदिदा वर्षायाममा डुबान समेत हुने गरेको छ भने दक्षिणमा सिँचाइ नपुगेर उब्जनी घट्ने गरेको पीडित विमला खतिवडा बताउँछिन्।उक्त कम्पनी राखेको अधिकांश जग्गा स्थानीय गणेश कट्वाल, गंगा कट्वाल, ओविन कट्वाल र केही कठ्ठा अन्य व्यक्तिको रहेको छ।

 

 

 

उद्योग वाणिज्य संघ पथरीका अध्यक्षसमेत रहेका दीपक बस्नेतले आफ्ना ससुराली परिवार रहेका कट्वालहरूसँग पौडेललाई जग्गा मिलाइदिन ‘सेटिङ’ मिलाएको आरोप लागेको छ। बस्नेतले स्थानीय सँधियारलाई समेत जानकारी नदिई गोप्यमा सहमति गरेर पौडेललाई जबरजस्ती काम थाल्ने वातावरण मिलाइदिएको जिरिखिम्तीका स्थानीय बताउँछन्।

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज (पर्सा) : जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको करिब रु एक अर्ब १५ करोड बराबरको क्षति भएको दाबी गरिएको छ । वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट महानगरको मुख्य भवनसहित विभिन्न संरचना र...

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

गोदावरी (कैलाली)।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका भौतिक संरचनाको अनुगमन गर्नुभएको छ । उहाँले आज धनगढीस्थित प्रदेश मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयमा पुगेर क्षतिको अवस्थाबारे अस्थलगत अवलोकन गर्नुभएको हो । त्यस क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौँ ।  घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको सरोकार भएका निकायको बैठकले दसैँको समयमा सार्वजनिक यातायातलाई सहज ढङ्गले सञ्चालनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।     बैठकले...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९