१७ दिन देखि तालाबन्दी हुँदा कटहरियाका सेवाग्राही कठिनाईमा

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा गरिएको तालाबन्दी लामोसमयसम्म यथावत रहँदा सेवाग्राहीहरु कठिनाईमा परेका छन्। मेयरद्वारा करोडौं अनियमितता गर्ने खेल सुरु भएको भन्दै जनप्रतिनिधिहरुले गरेको तालाबन्दी आज सत्रौंदिन पनी यथावत रहेकाले सेवाग्राहीहरु कठिनाईमा परेका हुन्।तालाबन्दीका कारण मेयरसँगै प्रमुख प्रशासकीय अधिकृत पनि अनुपस्थित भएपछि दैनिक बिभिन्न काम लिएर नगरपालिकाको कार्यालयमा आउने दर्जनौं सेवाग्राही रितोहात फर्किन बाध्य भएका छन्।

 

 

उपमेयर रिता देवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिहरुले गत ९ गते दिउँसो कर्मचारीलाई नगरपालिकाको कार्यालयबाट बाहिर निकालेर तालाबन्दी गरेको थियो। जनप्रतिनिधिहरुले मेयर, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष संगै योजना शाखा र लेखा शाखामा तालाबन्दी गरेका थिए। मेयर अजयप्रकाश जैसवाल र प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी मिलेर नगरको करोडौं रुपैयाँ अनियमितता गर्ने दाउमा रहेको भन्दै उनीहरूले तालाबन्दी गरेका थिए। लगातार १७ दिनसम्म नगरको कार्यालय बन्द हुँदा दर्जनौँ सेवाग्राही कठिनाईमा परेका छन्। तालाबन्दी खुलाउन असन्तुष्ट पक्षसँग वार्ताको लागि मेयर जैसवालले पहल अथवा कुनै वास्ता नगरेको उपमेयर रिता देवी यादवले गुनासो गरेकी छिन्।

 

 

मेयरका आसपासे केही कांग्रेसी नेताहरु ताला खुलाउन कटहरिया ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता र ७ का अध्यक्ष महमद सहिद दर्जी माथि पटक पटक दवाब दिइरहेको देखिएको छ। ‘केही नेताहरु आउँछन, तालाबन्दी खोल्नुस हामी बिचमा बसेर मेयरसँग बार्ता गराउँछु भनेर दवाब दिन्छन जान्छन,’ वडा अध्यक्ष गुप्ताले भने। यस पटक असन्तुष्ट जनप्रतिनिधि र मेयर बिच खुल्ला बार्ता भएर लिखीत सहमती भएपछी मात्र ताला खुल्ने अडान रहेको अर्का वडा अध्यक्ष महमद सहिद दर्जीले जानकारी दिएका छन्।

 

 

मेयर जैसवालको निर्देशनमा गत मंसिर २० गते बसेको नगर कार्यपालिका बोर्डको बैठकमा  करारको कर्मचारी भर्ना र ईलाका प्रहरी कार्यालय कटहरियाको लागि जग्गा खरिदको लागि आएको प्रस्तावमा सहमति हुन सकेको थिएन। सहमती नभएपछि मेयर जैसवालकै निर्देशनमा पुस ८ गते पुनः बैठकको लागि मौखिक सूचना गर्दै उक्त बैठक स्थगित भएको थियो । तर सूचना अनुसार गत पुस ८ गतेको बैठक पनी बसेन र सोही बैठकको निर्णय पुस्तिकामा प्रमुख प्रशासकिय अधिकृत रामजी जोशीले दर्जनौं निर्णय लेखेर कार्यपालिका सदस्यहरु संग घर घरमा घुमाएर हस्ताक्षर गराउने खेल भईरहेको कारण बाध्य भएर तालाबन्दी गरिएको उपमेयर यादवले जानकारी दिएकी छिन्।

 

कटहरियाको ९ वटै वडामा खटिरहेका झण्डै ५० जना करारका कर्मचारीहरुको बक्यौता २० महिनासम्मको तलब भुक्तानी पछी मात्र अर्को भर्ना खुलाउनु पर्ने, गत मंसिर २० गतेको बैठकको निर्णय पुस्तिका दुरुपयोग गरी गरिएको निर्णयहरु बदर गरिनुपर्ने माग अघि सारिएको छ। कटहरियामा जैसवालले मेयरको जिम्मेवारी पाए देखि नै उपमेयरका साथ सम्पूर्ण वडा अध्यक्षहरुको आर्थिक शोषण गर्दैआएका आरोप लागेको छट ।

 

छिमेकी नगरपालिका गुजरा र फतुवा विजयपुरमा यहाँ कै हाराहारीमा बजेट हुँदा उपमेयरलाई बार्षिक डेढ देखि २ करोड र वडा अध्यक्षहरुलाई ७० लाख देखी १ करोडको योजना चलाउने अधिकार दिन्छन्। तर कटहरियामा मेयर जैसवालले ईन्धन खर्च, सैयौं करार कर्मचारीको तलब, दलित बिपन्नलाई आर्थिक सहयोग, बिभिन्न एनजिओसँग सहकार्य देखाएर, शिक्षक भर्ना लगायत म्याचिङ्ग फण्ड गरी आफ्नो हकमा १३ करोड बढीको योजना छुट्याउने गरेको वडा ५ का अध्यक्ष सर्फलाल गुप्ताले बताएका छन्।

 

उता उपमेयर रिता देवी यादव लाई ५० देखि ६० लाख र सबै ९ वटै वडामा वडा अध्यक्ष र ४ जना सदस्यलाई समेत गरी मात्र ३० लाख रुपैयाँको योजना दिँदै आएको वडा १ का अध्यक्ष भूपेन्द्र कुशवाहाले गुनासो गरेका छन्। नगरसभामा असन्तुष्ट जनप्रतिनिधि बिरोध गरिरहँदा आफ्ना नजिकका केही वडा अध्यक्ष र कार्यपालिका सदस्य लाई मिलाएर घर घरमा निर्णय पुस्तिका घुमाएर हस्ताक्षर गराई बहुमत देखाएर मेयर पक्षले एकोहोरो गर्दै आएको उनीहरूले दाबी गरेका छन्।

 

भ्रष्टाचार कै मुद्दामा मेयर जैसवाल सहित जनप्रतिनिधि र कर्मचारी गरी ११ जना केही महिना अख्तियार द्वारा निलम्बित भएर केही समय अघि मात्र बिशेष अदालत बाट सफाई पाएर पुनः पदभार ग्रहण गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

सिरहा,  सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँदा सेवा सञ्चालन हुन नसकेको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष...

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

काठमाडौँ, सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उहाँहरूबीच भएको भेटमा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको थियो ।       भेटमा सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल–जापान...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७०, गोलभेँडा...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९