बौनिया/नेपाली कांग्रेसका नेता तथा पूर्व महासमिति सदस्य हिमबहादुर रावलले कोरोना स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएका छन् ।
नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा (ख) प्रदेश कार्यसमितिको समन्वयमा बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखालाई सो सामाग्री वितरण गरिएको हो ।
बर्दगोरिया कोरोना अस्थायी अस्पताल, स्वास्थ्य सेवाक्षेत्रमा अहोरात्र खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वास्थ्य जोखिमलाई मध्येनजर गर्दै ५० हजार मूल्य बराबरको स्वास्थ्य सामाग्री प्रदान गरिएको बताइएको छ । फ्रन्टलाईनमा काम गर्ने स्वास्थ्यकर्मीहरुका लागि मास्क, सेनिटाईजर, ह्यान्ड ग्लोब्स, पीपीई उपलब्ध गराइएको हो । नेता रावलले गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्णदेव जोशीलाई उक्त सामाग्री प्रदान गरेका हुन् ।
वितरण गरिएको स्वास्थ्य सामाग्रीमा १२ थान पीपीई, ५० लिटर सेनिटाईजर, ९० थान केएन ९५ मास्क, १७५० थान सर्जिकल मास्क र ३६० जोडा ह्यान्ड ग्लोब्स रहेकोे छ ।
स्वास्थ्य संस्थाहरुको सेवालाई प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य संस्थामा आवश्यक सुरक्षा सामाग्री सहयोग गरिएको छ ।
सामाग्री हस्तान्तरण कार्यक्रममा क्षेत्रीय सभापति भक्तबहादुर थापा, प्रदेश ९ख० का सभापति तेजप्रताप मल्ल, जिल्ला सदस्य कृष्ण पाण्डेय, जिल्ला प्रशिक्षक इन्द्रबहादुर कुँवर, क्षेत्रीय सदस्य खडक विश्वकर्मा, बर्दगोरिया कार्यसमिति सचिव देवानन्द जैशी, गाउँपालिका अध्यक्ष बलिराम डंगौरा, वडा नम्बर ५ की वडाअध्यक्ष श्यामकुमारी चौधरी, गाउँपालिका उपाध्यक्ष पदकी उम्मेदवार तथा कांग्रेस नेतृ ललिता भट्ट, ट्रेड युनियन कांग्रेस बर्दगोरिया अध्यक्ष तथा वडा नम्बर १ का वडाअध्यक्ष पदका उम्मेदवार बृजेश रावल, तरुणदल लम्कीचुहा सभापति रमेश बिष्ट, बर्दगोरिया सभापति जगतबहादुर शाही, वडा नम्बर १ का वडासभापति लालमणि जोशी, वडा नम्बर २ का वडासभापति चन्द्रु कठरिया लगायत नेताकार्यकर्ताको उपस्थिति रहेकोे थियो ।






















































































































































