गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे नि:शुल्क भिसा निर्णयको विरोध, मताधिकार माग

काठमाडौं । सरकारले विधेयकमार्फत गैरआवासीय नेपाली नागरिकता लिएको व्यक्तिले नेपाल बस्दा १० वर्षसम्म निःशुल्क भिसा प्राप्त गर्ने निर्णय गरेको प्रति असन्तुष्टि बढ्दै गएको छ।सरकारको उक्त निर्णयप्रति आपत्ति जनाउँदै नेपाली जनसम्पर्क समिति अमेरिका र प्रवासी नेपाली मञ्च अमेरिकाले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको उक्त कदमको विरोध गरेका छन्। उक्त व्यवस्था खारेज गर्न उनीहरूले विज्ञप्तिमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिलाई लक्षित गरी ल्याउन लागेको अध्यादेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनसम्पर्क समिति सभापति आनन्द विष्टले बताए। ‘हामी प्रधानमन्त्री, परराष्ट्रमन्त्री, गृहमन्त्रीलगायत सिंगो नेपाल सरकारको मन्त्रिपरिषद्समक्ष गैरआवासीय नेपाली नागरिकता वा परिचय पत्र प्राप्त व्यक्ति र तिनका परिवारलाई नेपालमा बसोबास गर्दा १० वर्षसम्म गैरआवासीय भिसा निःशुल्क प्रदान गर्ने व्यवस्था गर्ने भन्ने कानुन संशोधनको बुँदालाई पुनर्विचार गरी संविधान प्रदत्त अधिकारको पूर्ण सुरक्षाको प्रत्याभूतिका लागि अनुरोध गर्दछौं,’ उनले भने।
नेपालको वर्तमान संविधानले प्रवासमा रहेका नेपालीलाई गैरआवासीय नेपाली नागरिकताको सुनिश्चितता गरेको स्मरण गर्दै उनले सांस्कृतिक, सामाजिक र आर्थिक अधिकारसहित गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने संवैधानिक सुनिश्चितताको पूर्ण उपयोग गर्न नपाइरहेको अवस्था विद्यमान रहेको गुनासो गरे।

‘अहिले आफ्नै नागरिकलाई आफ्नै देशमा भिषा लगाउनु पर्ने भन्ने व्यवस्था गरिनु संविधानको भावना विपरित कदम हो। प्रवासमा रहेका नेपाली आफूले सिकेको सीप, आर्जन गरेको धन नेपालकै हितमा लगाउन चाहन्छौं। प्रधानमन्त्रीको समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारालाई सार्थक बनाउन गैरआवासीय नेपालीको सहभागिताले महत्त्वपूर्ण योगदान पुर्‍याउने हाम्रो बुझाइ छ,’ विष्टले भने। तर, त्यसका लागि विद्यमान कानुन बाधक बन्दै रहेको विष्टले औंल्याएका छन्।

गैरआवासीय नेपाली नागरिकता सम्बन्धी नियमावली पूर्ण रुपमा कार्यान्वयनमा आई नसकेका कारण नेपाल सरकारको सम्बन्धित निकायबाट प्रदान गर्ने सेवा र सुविधासमेत प्राप्त गर्न नसकिरहेको मञ्चका अध्यक्ष कृष्ण लामिछानेको गुनासो छ।

‘हाल १० वर्षसम्म भीसा नलाग्ने व्यवस्था गर्न खोजिएको हामीलाई स्वीकार्य छैन। १० वर्षसम्म गैरआवासीय भिसा नि:शुल्क व्यवस्था गर्ने भन्ने माग हाम्रो कदापी होइन। यो व्यवस्था प्रवासमा रहेका नेपालीको भावना विपरित छ। हामी नेपालको संविधानले प्रदत्त गरेको नागरिकताको पक्षमा छौं। र, सरकारसँग हाल प्राप्त गैरआवासीय नेपाली नागरिकतालाई थप अधिकार सम्पन्न बनाएर कार्यान्वयन गर्नका लागि जोडदार माग गर्दछौं,’ छामिछानेले भने।

अहिले संविधान संशोधनको चर्चा चलिरहेको अवस्थामा संविधान संशोधन गर्दा नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने व्यवस्थाका लागि संसदका सबै दल र जनप्रतिनिधिसमक्ष आफूहरूले आग्रह गरिरहेको उनले बताए।

‘सरकारले व्यवस्था गर्न लागेको भिसा नि:शुल्क सम्बन्धी प्रावधान स्थगित गरी देश बाहिर रहेका आम नेपालीहरुको भावना अनुसार थप छलफलका लागि सरकारको ध्यानाकर्षण समेत गराउन चाहन्छौं,’ संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ।नेपालको संविधानले ग्यारेन्टी गरेको र सर्वोच्च अदालतले विदेशमा बसेका आफ्ना नागरिकलाई मताधिकार दिनु भन्ने आदेशलाई तत्काल पालना गर्नसमेत उनीहरूको आग्रह छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ,  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो ।   कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गर्नुभएको आयोगका प्रवक्ता...

ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ

पाटन (ललितपुर),  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा देशको अर्थतन्त्र र रोजगारीमा असर परेको बताउनुभएको छ ।   नेपाल पूर्वाधार पत्रकार समाजले आज ललितपुरमा आयोजना गरेको रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको संवादलाई सम्बोधन...

उखुको मूल्य निर्धारणमा चित्त बुझाउँदै किसान

महोत्तरी,  सरकारले सोमबार उखुको मूल्य र अनुदान रकम निर्धारण गरेको छ । तर महोत्तरीका उखु किसानले भने सरकारले आपूmहरुको मागअनुसार मूल्य नतोके पनि गत वर्षभन्दा केही बढाएको उल्लेख गर्दै चित्त बुझाएका छन् ।   “हाम्रो त खेतीमा बढ्दो लागत र आम उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि हेरेर...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

भन्सार एजेन्टद्वारा ‘पेन डाउन’को घोषणा

भैरहवा (रुपन्देही), भन्सार एजेन्ट महासङ्घ नेपालले मङ्सिर २० गते जारी भएको भन्सार ऐन २०८२ को विरोधमा देशभरका भन्सार कार्यालयमा आजदेखि ‘पेन डाउन’ गर्ने घोषणा गरेको छ ।   महासङ्घले आज जारी गरेको प्रेस विज्ञप्तिमा ऐनमा रहेका कतिपय दफाहरूले भन्सार एजेण्टको पेसा÷व्यवसायलाई प्रत्यक्ष असर पार्ने र अन्तरराष्ट्रिय...

सुदूरपश्चिम महोत्सव सुरु

कैलाली,  सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन्दै आएको ‘सुदूरपश्चिम महोत्सव’ सुरु भएको भएको छ । सुदूरपश्चिम महोत्सवको १९औँ संस्करण सोमबारदेखि कैलालीको धनगढीमा सञ्चालनमा आएको छ । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा ‘पर्यटन, संस्कृति, उद्योग र व्यापारः समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने मूल नाराका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…

चौरभिग्म (कालिकोट),  श्री जनता आधारभूत विद्यालयका बालबालिकाले बल्ल पक्की भवनका कक्षा कोठामा बसेर पढ्न पाउने भएका छन् । तिलागुफा नगरपालिका–१ चौरभिग्मस्थित सो विद्यालय भवनलाई विसं २०७२ वैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्प एवं विसं २०७९ को वर्षाका कारणले केही क्षति पु¥याएको थियो । हालसम्म...

झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु

बनियानी (झापा),  झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ ।जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/८० मा १७ जना, २०८०/८१ मा २३ जना र...

धुलोमै खेल्छन् खेलाडी, धुलोमै बस्छन् दर्शक

गलकोट (बागलुङ),  बागलुङ नगरपालिका–१ रामरेखास्थित बाङ्गेचौर खेलमैदानमा मङ्सिर लागेपछि गतिविधि बढेको छ । विद्यालयस्तरीय साना खेल होस वा यहाँ आयोजना हुने ठूला राशिका खेल हुन् सबै यही मैदानमा हुन्छ ।   हालै बागलुङ नगरपालिकाको तेस्रो मेयरकप प्रतियागिता यही मैदानमा भयो । तत्कालै बागलुङ नगरपालिकास्तरीय राष्ट्रपति रनिङ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९