काठमाडौं,। पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आज भारत जाँदैछन ।भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनका लागि आएको निमन्त्रणा स्विकार गर्दैै पटना, भारत जान लागेको उनको सचिवालयले जनाएको छ। बिहीबार १० बजे बुद्ध एयरको उडानबाट दुई दिनका लागि भारतको पटना जान लागेका हुन । सो क्रममा भारतीय कम्युनिस्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ।





























































































































































