कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ बुटकौवामा रहेको दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समुहको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रवार सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टेक राज जोशीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका वडा नं ३ का वडाध्यक्ष मनऋषि आचार्य रहनु भएको थियो । यसैगरि बिशिस्ट अतिथिमा बर्दगोरिया सव डिभिजन वन कार्यालयका फरिस्टर राम वहादुर रावल रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी आचार्यले वन सबैको साझा भएकाले समुदायलाई फाईदा पुग्ने हुदा बन जोगाउन आवस्यक रहेको बताउनु भयो । साथै वडा अध्यक्ष आचार्यले वन समितीले आर्थिक पारदर्शीताका संगै उपभोक्ता हरुलाई सस्तोमा काठ दाउरा उपलब्ध गराउनु पर्ने बताउनु भयो । सामुदायिक वनका लेखा समिति संयोजक भूपेन्द्र राष्कोटीले आर्थिक वर्ष २०८० / ०८१ को ११ लाख ८४ ह्जार ६ सय ८५ रुपैयाँ बराबरको आय ब्यय प्रस्तुत गर्नु भएको थियो ।
सामुदायिक वनका उपाध्यक्ष नन्दराम विष्टले स्वागत गरेको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य राम वहादुर चौधरी, वडा सदस्य तथा न्यायिक पालिका सदस्य बसन्ती साउँद, वडा सदस्य भावना विक, रानीजरुवा सामुदायीक वन उपभोक्ता समूहका लाल सिंह विश्वकर्मा, लालीगुराँस सामुदायीक वन उपभोक्ता समूहका कार्यालय सचिव यज्ञ राज बन्तोला, शिव शक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडका उपाध्यक्ष यज्ञ राज बन्तोला, न्यू लालीगुराँस ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष अर्जुन कुमार थापा र के के युवा क्लवका अध्यक्ष शिखर विक लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको समापन गर्दै वन जोगाउन एक जना अध्यक्ष मात्र भएर नहुने भन्दै अध्यक्ष टेक राज जोशीले सबै उपभोक्ताहरु जागरुक हुने पर्ने बताउनु भयो । वन समिति बाख्रा वितरण , गरिब दिनदुखी अपाङ्ग अशक्त क्यान्सर पीडित हरूलाई आर्थिक सहयोग गर्दै आएको अध्यक्ष जोशीले बताए । कार्यक्रमको सञ्चालन वनका सह- सचिव चक्र बहादुर विष्टले गर्नु भएको थियो। सामुदायिक वन २०६९/०७० मा दर्ता भएको वनमा ३ सय ५९ जना उपभोक्ता आबद्ध रहेका छन्।














         
        
                                                
                                                
                                                
                                                
                                                
                                                

































                    
                    
                    
                    
                    


























































































































