जगदम्बिके मावि रानीकुण्डाले मनायो ४३ वर्षपछि पहिलो वार्षिकोत्सव

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डामा रहेको जगदम्भिके भगवती माध्यमिक विद्यालयले आफ्नो स्थापनाको करिब ४३ वर्षपछि पहिलोपटक वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । २०३४ सालमा स्थापना भएको विद्यायले हालसम्म यसरी कुनै पनि वर्ष वार्षिकोत्सव मनाएको थिएन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिलन ओलीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो भने विशिस्ट अतिथी बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष तथा प्रमुख अतिथी कर्ण बहादुर कुँवरले पालिकाले बिधालयको भौतिक बिकासमा सहयोग गर्ने बताए । प्रमुख अतिथी कुँवरले भने यश बिधालयको भौतिक बिकासका लागी मन्त्रालय र सरकारका प्रमुख संग पटकपटक आग्रह गरेको बताउदै निर्माणका क्रममा रहेको पक्की भवनका लागि बजेट ल्याउन कुनै कसुर बाकी नराख्ने जिकिर गरे ।

 

यसै गरि विशिस्ट अतिथी पालिका उपाध्यक्ष गणेश राज गिरिले पालिकाले भौतिक बिकास संगै शिक्षा ,स्वास्थ्य र खानेपानीका क्षेत्रमा उल्लेखनीय बिकास गरेको छ । आगामी दिनमा अझै यश बिधालयको बिकासका लागी पालिकाको सिङ्गो टिम लागेर अगाडी बढाउन कुनै कसुर बाकी नराख्ने प्रतिबद्धता जनाए । साथै उपाध्यक्ष गिरिले शिक्षाको गुणस्तर बढाउनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । स्थापनाकालदेखि आजसम्म विद्यालयलाई विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउने संस्थापक प्रध्यानाध्यापक यम बहादुर गौतम,संस्थापक अध्यक्ष लोकेन्द्र मल्ल, पुर्व प्रअ. चन्द्रेस्वर लाल कर्ण, नेत्र बहादुर खडका, पुर्व विद्यालय व्यवस्थापन समिती अध्यक्ष भिम बहादुर कुँवर, कार्यवाहक अध्यक्ष गुरुराज जोशी, रामबहादुर चौधरी, महायज्ञ दाता कर्ण बहादुर कुँवर, जग्गादात दिर्घराज जोशी, कुमारी जोशी, शिक्षिका सत्या देवि कुँवर र शिक्षक धुर्व चौधरी ,कार्यालय सहयोगी राम फल चौधरी, सरस्वती मन्दिर निर्माण दाता पहराम बुढा, ,पुर्व विद्यार्थी विष्णु बिष्ट , २०८० को एसईई मा उत्कृष्ट जिएइए ल्याउने भावना बुढा ,बिमला साउद र निसा बिक लगाएतलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको छ । विद्यालयका शिक्षक भुपेन्द्र रास्कोटीले संचालन गरेको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नाटकसहित नृत्यहरु प्रस्तुत गरेका थिए । शिक्षक अभिभावक संघका अध्यक्ष गोबिन्द बुढा क्षेत्रीले विद्यालय स्थापन देखि हालसम्मको प्रगती विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,पार्टी प्रतिनिधि ,संघ संस्थाका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।

 

कार्यक्रमको समापन गर्दै विद्यालय व्यवस्थापन समिती अध्यक्ष मिलन ओलीले विद्यालयले अहिलेसम्म वार्षिकोत्सव तथा अभिभावक दिवस नमनाएको जानकारी दिए । उनका अनुसार विद्यालयले आफ्नो स्थापनाको ४३ वर्षपछि पहिलोपटक वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । समारोहमा अध्यक्ष ओलिले भने, “विद्यालय स्थापना भएको पनि यतिका वर्ष भइसकेछ, तर हामीले पहिलोपटक वार्षिकोत्सव मनाएका छौँ, आज निकै खुशी लागेकको छ ।” उनले विद्यालयलाई यहाँसम्म ल्याउन साथ र सहयोग गर्ने व्यक्ति सङ्घसंस्था सबैलाई धन्यवाद व्यक्त गरे ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

दुःख र सङ्घर्षमा पनि खुसी हुन सकियो भने जीवनभरका धेरै समय दुःख हुँदैनः मन्त्री खरेल

काठमाडौँ,सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मानिसले आफ्नो जीवनमा आउने दुःख र सङ्घर्षमा पनि खुसी हुन सके जीवनका अधिकांश समय सहज र सुखमय बन्ने धारणा व्यक्त गर्नुभएको छ ।आज प्रेस काउन्सिल नेपालले जीवन विज्ञानसँगको सहकार्यमा सञ्चारग्राममा आयोजना गरेको ‘संवाद र सञ्चारमा स्वजागरणः सुख, शान्ति...

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

अत्तरिया (कैलाली) खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ । यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणमा खरिद गरेको हो । हालसम्म जिल्लाको टीकापुर खरिद...

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस,सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक भ्रमणका लागि वासिङ्टन पुग्नुभएको छ । सिरियाको सरकारी समाचार एजेन्सीका अनुसार यो भ्रमण अमेरिकी सरकारले राष्ट्रपतिलाई ‘आतङ्कवाद कालोसूची’ बाट हटाएको एक दिनपछि सम्पन्न भएको हो ।   गत वर्षको अन्त्यमा लामो समयका शासक बशर अल–असदलाई अपदस्थ...

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस,सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक भ्रमणका लागि वासिङ्टन पुग्नुभएको छ । सिरियाको सरकारी समाचार एजेन्सीका अनुसार यो भ्रमण अमेरिकी सरकारले राष्ट्रपतिलाई ‘आतङ्कवाद कालोसूची’ बाट हटाएको एक दिनपछि सम्पन्न भएको हो ।   गत वर्षको अन्त्यमा लामो समयका शासक बशर अल–असदलाई अपदस्थ...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौँ  स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ ।शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने...

हङकङ इन्टरनेशनल सिक्सेसः नेपाल युएईसँग पराजित

काठमाडौँ, हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएको छ । युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९